काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिक १२५ औं वर्ष प्रवेश गरेको अवसरमा प्रकाशित स्मारिका ‘युग साक्षी’ लोकार्पण गर्नुभएको छ ।
संस्थानको ६३ औँ र गोरखापत्र दैनिकको १२५ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्थानले प्रकाशित गरेको स्मारिका लोकार्पण गर्नुभएको हो ।