• २४ वैशाख २०८२, बुधबार

गोरखापत्र इतिहासको दस्तावेज हो : उपसभामुख राना

blog

उपसभामुख इन्दिरा राना मगर। फाइल तस्बिर

काठमाडौँ, वैशाख २४ गते । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले गोरखापत्र इतिहासको दास्तावेज भएको बताउनुभएको छ । गोरखापत्र एक सय २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिनुहुँदै उपसभामुख रानाले यस्तो बताउनुभएको हो । 

‘‘गोरखापत्र एउटा इतिहासको दस्तावेजको साथसाथै कुनै पनि कुरा खोज्नपर्‍यो भने एउटा म्युजियमको रुपमा, गोरखापत्रलाई लिन सक्छौं’’, उहाँले भन्नुभएको छ ।

शुभकामना सन्देश जस्ताको तस्तैः 

आज एक सय २५ औं वर्षमा प्रवेश गर्दै गरेको गोरखापत्रको यो वार्षिकोत्सवको अवसरमा मैले बोल्ने मौका पाएँ । म धन्यवाद दिन चाहन्छु । गोरखापत्रले लामो इतिहास बोकेको नेपालीको ऐतिहासिक दस्तावेजको रुपमा यसले ठूलो भूमिका खेलेको छ । यसलाई सुरुवात गर्ने देव शमशेर राणालाई पनि म सम्झन चाहन्छु । कुनै पनि कामको सुरुवात गर्नु भनेको ठूलो कुरा हो । र यसलाई जुन निरन्तरता दिनुभएको छ, गोरखापत्रको टिमले उहाँहरुलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु । आज ४५ भाषामा समाचार तथा सामाग्रीहरु यहाँहरुले दिनुभएको छ, पाठकहरुलाई पढ्ने मौका दिनुभएको छ । मैले मधुपर्क, युवामञ्च पढ्थे । यसले धेरै युवाहरुलाई, पढ्ने सौभाग्य पाउनुभएको छ । त्यसबाट पनि मैले ऊर्जा लिने, देशप्रति सपना बुन्ने मैले गर्थे । त्यहाँबाट मैले कोटेसनहरु पढेर भोलि मैले कसरी भविष्य तय गर्ने भन्ने कुराहरुमा मैले त्यहाँबाट धेरै सिकाइहरु सिकेको छु । विभिन्न जातजाति, सीमान्तकृत वर्गहरुको भाषा, संस्कृतिलाई पनि समेटेर यहाँहरुले निरन्तर ल्याउनुभएको छ । विभिन्न देशमा आएका आपत्हरुमा पनि इभन ३६ सालको आगलागीमा पनि त्यो दिन, एउटा दिन पनि नबिराइ निरन्तर गोरखापत्रलाई निकाल्ने काम गर्नुभएको छ । गोरखापत्रलाई जहिले पनि समाचार सम्प्रेषण गर्ने गर्नुभएको छ । कोही बेला त, यहाँहरुले जुन भूकम्पको बेलामा, बत्ती नहुँदाखेरी पनि जेनेरेटरबाट पनि गोरखापत्र निरन्तर जनताको समक्ष सूचना, समाचार सम्प्रेषण गरिरहनुभएको कुरा पनि मैले बुझ्ने मौका पाएँ ।

 त्यो एउटा ठूलो प्रयास, मिहेनतबाट ठू्रलो एउटा योजनाबाट । कति पत्रिकाहरु सुरुवात हुन्छन्, बन्द हुन्छन् र ब्रेकिङ न्युज हुन्छन् । तर, गोरखापत्रले विवादरहित भएर जहिल्यै पनि जनताका कुराहरु उत्खनन् गरेर सबै जनताहरुलाई समेट्ने, अराजक नहुने किसिमले कस्तो किसिमको समाचार दिनपर्ने, जनताको एउटा आशा, भरोसा दिएर सकारात्मक सोच अगाडि लिएर जाने किसिमको समाचार सम्प्रेषण गर्नुहुन्छ । त्यसले समाजको कयौं कुराहरु समेटेर जनतालाई समेटेर लान सक्छौं । त्यस्तो हरेक तथ्यपूर्ण कुराहरु उत्खनन् गरेर गोरखापत्रले आगामी आफ्नो कार्ययोजना लानुहुन्छ भन्ने पनि आशा गर्दछु ।

 गोरखापत्रले संसदका कुरा, इतिहासलाई, अभ्यासहरुलाई पनि अझ हामी कहिलेदेखि सुरु भयो भन्दा २०१५ भन्छौं । वास्तवमा, गोरखापत्रका कुनै हामीले पेजहरुमा हे¥यौं भने २००३ साल, २००७ साल अगाडिदेखि नै सुरुवात भएको, ससद २००७ साल अगाडि नै सुरु भएको भनेर पढ्ने मौका हामीले पाएका छौं । ती दस्तावेजका रुपमा गोरखापत्रमा छ । गोरखापत्र एउटा इतिहासको दस्तावेजको साथसाथै कुनै पनि कुरा खोज्नप¥यो भने एउटा म्युजियमको रुपमा, गोरखापत्रलाई लिन सक्छौं ।

समाचारको कुरा मात्रै नभएर एउटा फोटो मैले प्रदर्शनी हेर्ने मौका पाएकी थिएँ, पछिल्लो वर्ष । मैले कल्पना नै नगरेका कुराहरु, पहिलाका नेताहरु कस्ता थिए ? जस्तो, विभिन्न उद्घाटनका कुराहरु, पहिला लेखेका लेटरहरु । लेटरबाट पनि कतिपय कुरा निर्णय हुँदो रहेछ । त्यो कुुराहरु गोरखापत्रको दस्तावेजमा पाउने गरेका थिए । केही साथीहरुले प्रस्तुतीकरण गर्दा पनि मैले सिक्ने मौका पाएको थिए । यो गोरखापत्र चाहिँ एउटा म्युजियमको रुपमा हुनुपर्छ । सरकारले यसलाई जगेर्णा गर्नुपर्छ ।  गोरखापत्रमा भएका दस्तावेजलाई, सूचनाहरुलाई एटउा म्युजियम, फ्रेममा कैद गरेर नयाँ पुस्तालाई युनिभर्सिटीकोरुपमा लानपर्छ भन्ने कुरा म राख्न चाहन्छु । 

किनभने, ती कुराहरु स्कुलमा पढ् पाउँदैनौं । बुकहरुमा सबै कभरेज भएको हुँदैन । यसलाई एउटा म्युजिमको रुपमा पनि राख्नपर्छ भन्ने एक सय २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा त्यसको पनि योजना पनि अगाडि सार्नुहोस् भन्ने सन्देश दिँदै गोरखापत्रका सम्पुर्ण टिमलाई शुभकामना दिन चाहन्छु । शुभ रहोस्, जय देश ।