सन्तानकी धनी महिला
भ्यालेन्टिना भासेलियभालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वमा सर्वाधिक बच्चा जन्माउने महिला मानेको छ । उनले आफ्नो जीवनकालमा कुल ६९ बच्चा जन्माइन् ।
आगलागीविरुद्ध सचेतना अभियान
सीमावर्ती मटिहानी नगरपालिका जरलहवा टोलमा सशस्त्र प्रहरीले स्थानीयको सहभागितामा आइतबार आगलागीसम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ । मुस्लिम समुदायको घना ब
अधिकांश व्यक्ति बिमाको पहुँचबाहिर
बागलुङमा ४५ प्रतिशत व्यक्ति अहिले पनि स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङको तथ्याङ्क अनुसार एक लाख १४ हजार ५३८ जना व्यक्ति बिमाको पहुँचभन्दाबाहिर छन् ।
साँढे र बोकाबाट वीर्य उत्पादन बढ्यो
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट वीर्य सङ्कलन, उत्पादन तथा वितरण गर्दै आएको छ ।
मुस्ताङ आउनेलाई फोहोर नफाल्न आग्रह
मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको कोराला नाकाबाट सुरु भएको सफा मुस्ताङ अभियान शनिबार थासाङ गाउँपालिका–४, घाँसा काभ्रेभिरमा पुगेर समापन भएको छ । छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, दानासँग सिमाना जोडिएको स्थान हो ।
कञ्चनजङ्घा हीरक महोत्सव सम्पन्न
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको ७० वर्ष पुगेको अवसरमा आयोजित तीनदिने कञ्चनजङ्घा हीरक महोत्सव सकिएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँ
दस हजारभन्दा बढी पर्यटक
चालु आर्थिक वर्षको असारदेखि फागुन मसान्तसम्म ढोरपाटन सिकार क्षेत्रमा झन्डै १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।
९० लाखको शौचालय निर्माण कार्य अलपत्र
कैलालीको गौरीगङ्गा नगरपालिकामा ९० लाखमा खर्च गरेर बनेको हर्बल पार्कको काम अलपत्र परेको छ ।
जितगढी किल्लामा विजयोत्सव सम्पन्न
बुटवलको जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गरेको स्मरणमा आइतबार त्यहाँ विजयोत्सव मनाइएको छ ।
रावाबेँसी गाउँपालिकाका कर्मचारी मृत फेला
राजकुमार भट्टराईखोटाङ, वैशाख ८ गते । खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँको बारीमा मृत भेटिएका हुन् ।बारीको उनी मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । गोरेटो बाटोबाट करिब ८, ९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि रहेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष राईले बताउनुभयो । दाइको घरबाट आइतबार राति करिब साढे ८ बजे चिया खाएर हिँडेकोसम्म जानकारी पाइएको उहाँको भनाइ छ । उनी सोमबार बिहान मृत भेटिएका हुन् ।कार्यालय सहयोगी रेग्मी गोरेटो बाटोबाट लडेर मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । थप कुरा घटनाको अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङबाट घटना स्थलमा पुग्नुभएका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभयो ।
बाघलाई आहाराको समस्या
बर्दिया राष्ट्रिय निकुञ्जले मानव आक्रमण गर्ने वा समस्याग्रस्त भएका पाटेबाघलाई नियन्त्रणमा लिएर खोरमा राखेर पालनपोषण गर्दै आइरहेको छ ।
उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका
वीरेन्द्रनगर नगरपालिका–२ की ४४ वर्षीय यशोदा अधिकारी महिला स्वास्थ्य स्वयंसेविकाको काम गर्दै आउनुभएको छ । उहाँले २०६५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्दै आउनुभएको हो ।
सडक बनेको २२ वर्षपछि मनाङमा गाडी
ट्र्याक खुलेको २२ वर्षपछि मनाङ सदरमुकाम चामेसम्म आइतबारदेखि नियमित बस सेवा सुरु भएको छ । नेपाली सेनाको सक्रियतामा बेँसी सहर–चामे ट्र्याक खोल्ने कार्य सुरुआत गरेको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
-याफ्टिङ गर्न आउनेको घुइँचो
गर्मी छल्न सुकुटे क्षेत्रमा रहेको सुनकोशी नदी र बाह्रबिसे माथिको भोटेकोशी नदीमा -याफ्टिङ गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटे र बाह्रबिसे नगरपालिकाको सीमा क्षेत्रका नदीमा अहिले -याफ्टिङ गर्न आउने पर्य
बाटो बनाउने पैसा निकुञ्जको छेकबारमा
बर्दियाको ठाकुर बाबा नगरपालिकाले नगर क्षेत्रका सडक स्तरोन्नति गर्ने रकम निकुञ्जको छेकबारमा लगाएको छ । सडक भन्दा बढी जङ्गली जनावरबाट नगरवासीलाई जोगाउन महत्त्वपूर्ण ठानेर नगरपालिकाले निकुञ्जको छेउमा आर सी सी पर्खाल बनाएको हो ।
खानेपानीको पहुँच विस्तार गरिने
सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकको घरमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच पुर्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
वन विनाशले लोप हुँदै वन्यजन्तु
यहाँका लेकाली भेगमा पाइने दुर्लभ वन्यजन्तु वन विनाशका कारण लोप हुने अवस्थामा पुगेका छन् ।
शिविरले फर्कायो आँखाको ज्योति
बृहत् स्वास्थ्य शिविरबाट पुर्चौडीमा दुई हजार आठ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये करिब चार सय जनाको आँखा परीक्षण गर्दा ७५ जनाको मोतिविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको छ ।
क्षयरोगी खोज्न एआईको प्रयोग
क्षयरोगी खोज्न बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग भएको छ । एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौडी नगरपालिकामा तीन जना र बैतडी कारागारका दुई जना बन्दी गरेर नौ जना क्षयरोगी पत्ता लगाएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।
पर्यटकको रोजाइमा विचित्र गुफा
यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।
संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल
यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।