काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र एक सय २५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका पत्रकार–कर्मचारी सम्मानित हुनुभएको छ ।
सो अवसरमा आठ उत्कृष्ट समाचारदाता कोशी प्रदेशबाट बाबुराम कार्की, मधेशबाट विजयकुमार साह, बागमतीबाट अनिल पराजुली, गण्डकीबाट ठाकुरप्रसाद आचार्य, लुम्बिनीबाट जानु पाण्डे, कर्णालीबाट मुना हमाल, सुदूरपश्चिमबाट पुष्कर भण्डारी र उपत्यका समाचारदाताबाट नगेन्द्र सापकोटा सम्मानित हुनुभएको छ ।
सो अवसरका कोशी प्रदेशबाट बाबुराम कार्की, मधेशबाट विजयकुमार साह, बागमतीबाट अनिल पराजुली, गण्डकीबाट ठाकुरप्रसाद आचार्य, लुम्बिनीबाट जानु पाण्डे, कर्णालीबाट मुना हमाल, सुदूरपश्चिमबाट पुष्कर भण्डारी र उपत्यका समाचारदाताबाट नगेन्द्र सापकोटा सम्मानित हुनुभएको छ ।
उत्कृष्ट कर्मचारी छनौट कार्यदल २०८२ ले गरेको सिफारिस अनुसार नेपाली प्रुफरिडरतर्फ प्रमुख प्रुफरिडर लीलाराज अधिकारी, प्रेसम्यान अनिल तामाङ र लेखापाल रवि घिमिरे पुरस्कृत हुनुभएको छ ।
गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार
गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ द्वारा प्रदान गरिएको ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट फोटो पत्रकार शेखरनाथ चौलागाई र वरिष्ठ कम्प्युटर अपरेटर अनिल राजवंशी सम्मानित हुनुभएको छ ।
जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार
गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ द्वारा प्रदान गरिएको ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार २०८१’ बाट ब्रम्हदेव महतो र राजेन्द्रप्रसाद उपाध्याय सम्मानित हुनुभएको छ ।
पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाबाट ६ जना
नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले प्रदान गर्दै आएको ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार – २०८२’ बाट बरिष्ठ पत्रकार तथा साहित्यकार विजयकुमार चालिसे सम्मानित हुनुभएको छ । उहाँलाई पुरस्कार राशी ५० हजार रुपियाँ र सम्मनपत्रसहित सम्मान प्रदान गरिएको छ ।
यसैगरी, युवामञ्च मासिकका सम्पादक उमेश ओझा ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मनित हुनुभएको छ । उहाँलाई पुरस्कार राशी दश हजार रुपियाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
यस्तै, दि राइजिङ नेपालका बिनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमका सपना थामी ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
गोरखापत्र दैनिकका भेषराज बेल्वासे र प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारी ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ । उहाँहरु पुरस्कार राशी पाँच हजार ५५५ रुपियाँ र सम्मानपत्रसहित सम्मान हुनुभएको हो ।
तस्बिरः विकास द्वारे, मनोजरत्न शाही, केशब गुरुङ, कविन अधिकारी, सागर बस्नेत, सुजन गुरुङ