गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २५ गते । गोरखापत्र दैनिकको १२५ औँ वार्षिक उत्सव तथा गोरखापत्र संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विज्ञापन एजेन्सी तथा बिक्री सेन्टरलाई सम्मान गरिएको छ । बुधबार आयोजित कार्यक्रममा तीन विज्ञापन एजेन्सी र तीन बिक्री एजेन्टलाई सम्मान गरिएको हो । सम्मानित हुने विज्ञापन एजेन्सीमा जोइन मिडिया प्रालि पहिलो, फ्युचर हब मिडिया मल्टिप्रपोज प्रालि दोस्रो र अल मिडिया प्रालि तेस्रो रहेका छन् ।
त्यस्तै बिक्री एजेन्टमा पवित्रा कार्की काठमाडौँ, दुर्गा थपलिया भरतपुर चितवन र ज्ञानेन्द्रबहादुर श्रेष्ठ, श्रेष्ठ बुक्स एन्ड न्युज सेन्टर रहेका छन् ।