कागबेनीमा रामनवमी श्राद्ध
आइतबार कागबेनीमा रामनवमीका दिन आफ्ना पितृ उद्वारका लागि श्राद्व गर्न लागेको भिड
चैते दशैँ मेलामा छेलो प्रतियोगिता
चैते दशैँ मेलाका अवसरमा आइतबार सुन्दरबजार नगरपालिका–११ ऐतिहासिक तुर्लुङकोटमा छेलो प्रतियोगिता गरिँदै।
किसानलाई गहुँ भित्र्याउने चटारो
दाङको घोराही उपमहानगरपालिका–१२ स्थित हापुर, रमाना क्षेत्रमा गहुँ काट्दै गरेका स्थानीय किसान। यतिखेर दाङका खेतबारीहरूमा गहुँ काट्ने र भित्र्याउने चटारो चलिरहेको छ।
घोडाघोडी क्याम्पसको स्ववियु् निर्वाचनमा अनेरास्ववियु विजयी
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी हुनुभएको छ।
शिक्षा सुधार गर्न सिकाइ मेलाको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत सिकाइ मेला आयोजना गर्ने भएको हो।
आगलागीका घटना बढ्दै, छैन दमकल
कावासोती नगरपालिका–११, कुंडौलीका थनुराम थनेतको घर शनिबार आगलागीमा परेर पूरै नष्ट भयो । त्यसैदिन कावासोती–१७ गोछडाका सोहाना चौधरीको एक तले घर जलेर नष्ट भयो ।
आगलागीमा ११ करोडभन्दा बढीको क्षति
पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । स्थानीय अमर श्रेष्ठको काठ, पात र टिनको छानाले बनेको दुई तले घरमा आगलागी भएको हो । शनिबार साँझ ७ः३० बजे टिभि कोठाबाट अचानक आगो सल्किएको हो ।
बिम्स्टेकको ऐतिहासिक उपलब्धि
विश्वमा क्षेत्रीय सहयोगको संस्कृति तथा प्रवर्धन पछिल्लो युगको सबैभन्दा सफल कूटनीतिक अभ्यास हुँदै गएको छ ।
मध्य रातमा जल्यो व्यवसायीक बन्ने कमलको सपना
विद्युत सर्ट भएर आगलागी हुँदा गोठसहित सात सय कुखुरा जलेर नष्ट भएपछि मालिका गाउँपालिका–६ अर्जेका कमल अर्याल विक्षिप्त हुनुहुन्छ । परदेश छोडेर गाउँमै व्यवसायीक बन्ने सपना उहाँको मध्ये रातमा लागेको आगलागीले तुहियो ।
आर्थिक वृद्धि र मूल्यमा सन्तुलन
अहिले नेपाल सरकारको अर्थ मन्त्रालय तथा सम्बन्धित निकाय आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रियामा व्यस्त छन् ।
एसइई सकियो, अब के गर्ने ?
शिक्षा क्षेत्रमा एसइईको विशेष महत्व छ ।
जलवायु न्यायको आवाज
अन्तर्राष्ट्रिय मञ्चमा राज्यका उच्च पदस्थ व्यक्तिको सहभागिता, संवाद, सम्बोधन र उच्चस्तरीय समन्वयले नेपालमा जलवायु परिवर्तनले निम्त्याएका सङ्कटको न्यूनीकरण र उचित न्यायको पहलकदमी, खबरदारी र हकको आवाज पछिल्लो समय मुखरित हुँदै गएको छ ।
बहिरा र सुस्त श्रवणको पहिचान
अपाङ्गताको विषयलाई सतही पाराले बुझ्ने, बुझाउने र अर्थ लगाउनेहरूको हाम्रो समाजमा कुनै कमी छैन ।
श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी
रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरूलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारूले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ ।
दाउन्नेमा अब सवारी साधन रोकेर बाटो विस्तार गरिने
नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा अब दिउँसो पाँच घण्टा र राति ६ घण्टा आवागमन बन्द गरी सडक विस्तारको काम गरिने भएको छ ।
जाजरकोट भूकम्पमा आठ जना घाइते
जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घाइते भएको छ ।
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो ।
रायोको सागमा ९९ प्रतिशत विषादी
नवलपुर सदरमुकाम कावासोतीमा बेच्न राखेको रायोको सागमा अत्याधिक विषादी प्रयोग गरेको पाइएको छ । कावासोतीको हाट बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको हो ।
पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प
पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
घोडाघोडी बहुमुखी क्याम्पसमा स्ववियु मतदान जारी
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा शनिबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियनको मतदान जारी रहेको छ । शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि बिहान ८ः२० बाट मतदान कार्य सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
डिजिटल दर्पण
सहरको मध्य भागमा अवस्थित एउटा सानो क्याफे, ‘चिया अड्डा’, जहाँ हरेक उमेरका मानिसहरू आउँथे । एक साँझ, त्यही क्याफेमा दुई पुस्ताको जम्काभेट भयो, संयम, ६५ वर्षीय एक सेवानिवृत्त शिक्षक, जसले जीवनभ
ग्रामीण कृषि पर्यटनको सम्भावना
कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारीस्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ ।कृषि क्षेत्र ग्रामीण पर्यटनको विशिष्ट सम्भावना बोकेको क्षेत्र हो । पर्यटन क्षेत्रको विकासका लागि पनि कृषि नभई हुँदैन । यसको पूर्ण सम्मिलन बाँकेको गाभर भ्याली होमस्टे, इलामको चिया बगान, कास्की सार्दीखोलाको गण्डकी रेन्वो ट्राउट फार्मलगायत मुलुकका धेरै स्थानमा देखियो । ग्रामीण क्षेत्रमा कृषि जीवनयापनको एउटा पाटो हो भने सहरी क्षेत्रमा बसोबास गर्नेका लागि यो नौलो र आकर्षणको क्षेत्र पनि हो । यसको विविधता थप आकर्षण हुन सक्ने सम्भावना पनि छ । खाद्य र कृषि संस्कृतिको विविधताको धनी देश भएकाले यसको पर्यटनसँग सकारात्मक सम्बन्ध पनि छ । कृषि क्षेत्रसँग सम्बन्धित भएर हुने पर्यटन नै कृषि पर्यटन हो । कृषि पर्यटन मुख्यतः प्रकृतिसँग जोडिएको हुन्छ, परम्परासँग जोडिएको हुन्छ र संस्कृतिसँग जोडिएको हुन्छ । यसबाट मनोरञ्जन मात्र होइन प्रशस्त ज्ञान पनि हासिल हुन्छ । सहरमा हुर्केको पुस्ताका लागि त प्रकृति र संस्कृतिसँग जोड्ने अनुपम उदाहरण पनि हुन सक्छ । थाकेको शरीर वा मनलाइ स्फूर्ति दिन मात्र होइन आफ्नो भूगोल, संस्कार र संस्कृति चिनाउन पनि यसले सहयोग गर्न सक्छ । ग्रामीण पर्यटनको एउटा माध्यमका रूपमा कृषि पर्यटन स्थापित हुँदै गएको छ र यसको प्रवर्धन गर्ने पर्याप्त सम्भावना छन् । खास गरी ग्रामीण पर्यटनका रूपमा स्थापित घरवाससँग जोडेर काम गर्न सके अझ सुन्दर हुन सक्छ । अहिले घरवास प्रचलन लोकप्रिय हँुदै गएका छन् । घरवासमा खुवाउने खाद्यवस्तु त्यही घरको उत्पादन भए असाध्य राम्रो अझ त्यही स्थानको भए झनै राम्रो । स्थानीय कृषिजन्य उत्पादन घरवाससँग जोडिएको अभिन्न विशेषता हो । पाहुनाले बारीबाट रुचि अनुसारका फलफूल, तरकारी टिपेर पकाउन र खान पाए कस्तो सन्तुष्टि अनुभूति गर्लान् सहजै अनुमान गर्न सकिन्छ । मौसम अनुसारका स्थानीय बालीनाली, तरकारी, फलफूल, दुध, घिउ, मासु, अण्डा उत्पादन गरी पाहुनालाई भोजन व्यवस्थापन गर्न सके अति उत्तम हुन्छ । उत्पादित वस्तु प्राङ्गारिक भए त अझै राम्रो । घरवासमा पनि सहरकै खाद्यवस्तु खान पाहुनालाई इच्छा हँुदैन । त्यही उत्पादन गर्दा ग्रामीण क्षेत्रमा आर्थिक व्रिmयाकलाप पनि बढ्ने र रोजगारी पनि सिर्जना हुन सक्छ । घरवास भएका स्थान लगायतमा कृषि हाटबजार पनि बाहिरका पाहुनाका आकर्षण हुन सक्छन् । स्थानीय कृषिजन्य र अन्य घरेलु उद्यमका वस्तुका कोसेली घर पनि ग्रामीण पर्यटनका विषय हुन । रैथाने बालीनालीका बिउ सङ्ग्रह, संरक्षण र प्रवर्धन गर्न सामुदायिक बिउ बैङ्क स्थापना गरेर सञ्चालन गर्न सकिन्छ । यसलाई विद्यालयसँग जोडेर विद्यार्थीलाई शैक्षिक ज्ञानसमेत बढाउन सहयोग गर्छ । यसबाट स्थानीय उत्पादनलाई प्रोत्साहन र आर्थिक व्रिmयाकलाप बढाउन सकिन्छ । खास गरी ग्रामीण महिलालाई आर्थिक उपार्जनमा जोड्न र आयआर्जनको माध्यम बनाई रोजगारी सिर्जना गर्न ग्रामीण कृषि पर्यटन उपयोगी हुने रहेछ । ग्रामीण पर्यटनसँगै जोडिएको कृषि पर्यटनमा विभिन्न सम्भाग उपयोगी हुन सक्ने देखिन्छन् ।फलफूल बगैँचा: तरेली परेका गरामा आकर्षण ढङ्गले लगाइएका फलफूल खेती ग्रामीण पर्यटनको आकर्षण हुन सक्छ । मध्य पहाडी भागका भएका सुन्तला बगैँचा सुन्तला पाक्ने समयमा चित्ताकर्षक देखिन्छन् । केरा, किबी, ड्रागन फल, अङ्गुर बगैँचा पनि सुन्दर देखिन्छ । उच्च पहाडी भागमा स्याउ पाक्ने बेलाको बगैँचा त्यस्तै लोभलाग्दो हुन्छ । हालै विस्तार गरिएको उच्च घनत्वको स्याउ खेती पनि स्याउ पाक्ने बेला गजबकै देखिन्छ । पाहुनाले आफँै फलफूल टिपेर खान पाउने हुँदा यो कृषि पर्यटनको राम्रो माध्यम हुन सक्छ । हालै स्ट्रवेरी खेतीमा यस खालको सम्भावनालाई युवाले सुरुवात गरेका पनि छन् ।वनस्पति उद्यान: स्थानीय आबहवामा मिल्ने फूल फुल्ने र नफुल्ने खालका वनस्पतिको सङ्ग्रह गरी सार्वजनिक बगैँचाका रूपमा यस्ता बगैँचा बनाउने प्रचलन संसारभर नै छ । यसमा वनस्पतिहरूका साथै फलफूल, मौसमी फूललगायतका बालीनाली पनि लगाउन सकिन्छ । यो पर्यटकका लागि आनन्ददायक मात्रै नभई मनोरञ्जन र ज्ञान दुवैका लागि महìवपूर्ण हुन्छ ।चिया बगान: चिया बगानको सौन्दर्यका बारे हामी सबै जानकार नै छौँ । तरेली पारेर काटेका चियाका बुटा र हरियाली पाखाको आकर्षण इलाम भ्रमण गर्ने पर्यटकको सङ्ख्याले पुष्टि गरेको छ । पूर्वी पहाडी अन्य पहाडी जिल्लामा मात्र नभई झापाका चिया बगानमा जाने पर्यटकको सङ्ख्या पनि कम छैन ।धान, तोरी, फापर: पहाडी भागका तरेली परेका गरामा लगाइएका यी बाली आफैँमा कम्ती सुन्दर हुँदैनन् । तराई र मध्य पहाडको तोरी र उच्च पहाडको फापर फुलेको बेला गरा मनमोहक हुन्छन् । यस्ता खेतीका बिचबिचमा आराम गर्ने स्थान र सुन्दर ढुङ्गे सिँढीको बाटो बनाएर घुमफिर गर्ने स्थान बनाउन सकिन्छ । म्याग्दी रत्ने चौरको तोरी बारी भाइरल नै हुने गरेको छ । असार १५ मा मनाइने धान दिवस र रोपाइ महोत्सव विदेशी पर्यटक लोभ्याउने माध्यम भइसकेको छ । यस अवसरमा हिलोमा विभिन्न व्रिmयाकलाप गरी रमाइलो गर्ने चलन आइसकेको छ । त्यसै गरी धानको दाइँ पनि रमाइलो गरी मनाउन सकिन्छ । खर्कहरू वा गोठको पशुपालन, तिनीहरूको चरन र व्यवस्थापन आफैँमा नौलो हुन्छ । हरिया खर्कमा चर्दै गरेका चौँरी, भेडा, च्याङ्ग्राको बथानका दृश्य निकै सुन्दर हुन्छन् । कतिपय पाहुना घाँस कुडो खुवाउन र दुध दुहुन पनि लालायित हुन्छन् । नुवाकोट, लमजुङलगायतका विभिन्न स्थानमा गोरु जुधाइलाई मेलामा रूपमा स्थापित गरेर पर्यटक आकर्षित गरिएको छ । भेडाको उन कटाई र राडी पाखी बुनाइ पनि आकर्षण हुन सक्छ ।पन्छीपालन: नेपालमा कुखुरा, कालिज, बट्टाइ, परेवा, हाँस, टर्कीलगायतका विभिन्न पन्छीपालन र तिनका पनि विभिन्न प्रजाति पाइन्छन् । विभिन्न किसिमका पन्छी एकै स्थानमा पालेर चिडिया घर बनाएर पनि पाहुनालाई सन्तुष्ट गराउन सकिन्छ ।मत्स्यपालन : पहाडी भेकको बगेको चिसो पानीमा रेस वे बनाएर पालिने रेन्वो ट्राउट मस्त्यपालन वा समथर बेँसी र तराईमा पोखरीमा पालिने मत्स्यपालनसँगै जोडेर माछा समात्ने खेल सञ्चालन गर्न सकिन्छ । साथसाथै मत्स्य परिकारका रेस्टुरेन्ट सहितको व्यवसाय गर्दा राम्रो आर्थिक उपार्जन हुन सक्छ । कास्की सार्दीखोलाको गण्डकी ट्राउट फार्म यसको राम्रो उदाहरण हो ।मौरीपालन र भिरमौरी: लहरै मिलाएर राखिएका मौरीका गोला र मौरीका व्रिmयाकलाप पनि निक्कै आकर्षक हुन्छन् । महका विभिन्न परिकारका भोजन पनि थप्न सकिन्छ । मह मेला वा मह काढ्ने मेला पनि रमाइला कर्म हुन सक्छन् । भिर मौरीको मह काढ्ने मेला आफैँमा धेरै पर्यटन तान्ने सक्ने व्रिmयाकलाप हुन सक्छ । महको घारबाट निस्कने ग्याँस लिएर गरिने थेरापी र मौरीले टोकायर गरिने थेरापी पनि हाल बढ्दै गएका छन् ।कृषि मेला महोत्सव ग्रामीण कृषि पर्यटनका महत्वपूर्ण विषय हुन् । आफ्नो स्थानीय सम्भाव्यताका आधारमा सुन्तला, स्याउ, च्याउ, आलु, केरा, आँप, चिया, कफी, स्थानीय खाना र खाद्य परिकारका मेला महोत्सव गर्दा धेरै पर्यटक आकर्षण गर्न सकिन्छ । स्थानीय खाद्य वस्तुका खाद्य विविधीकरण गरी मेलामा खुवाउनु आफँैमा धेरै महìवपूर्ण हुन्छ । हाम्रो समाजमा स्थानीय रूपमा परम्परा नै भइ आएका धेरै परिकार छन्, तर ज्ञान, चेतना, बजारीकरणको अभावले प्रचारप्रसारमा आउन सकेका छैनन् । यस्ता परिकारलाई पनि प्रवर्धन गर्न सकिन्छ । यीलगायत ग्रामीण स्तरमा हुने सांस्कृतिक कार्यव्रmम, खेलकुदको मेला महोत्सवमा पनि स्थानीय उत्पादित वस्तु राख्न सकिन्छ ।माथि उल्लेखित विभिन्न सम्भावना सबै ठाउँमा हुँदैनन् र यीलगायत स्थानीय सम्भावनाका अरू धेरै क्षेत्र र विषय हुन सक्छन् । हाम्रो जस्तो विविधताको धनी देशमा स्थान अनुसार नयाँ नयाँ अवधारणा तयार हुन सक्छन् । त्यसको अन्वेषण गरी कार्यान्वयनका ल्याउन सकिन्छ । यसले ग्रामीण पर्यटनको अवधारणालाई सार्थक बनाउँछन् । कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारी स्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ । कृषि उत्पादनका लागि सिपमूलक तालिम मात्र नभई कलात्मक हिसाबले सजाउने खेती प्रविधि र विविध परिकारका खाना तयार गर्न पनि सिप विकास हुन पर्छ । व्यवसायीलाई पुँजी र सूचनामा पहुँच अर्को कार्य हुन्छ । ग्रामीण पर्यटन प्रवर्धनका लागि पर्यटन व्यवसायी र कृषकमा लाभप्रद हुने योजना, रणनीति, कार्यव्रmम पनि सरकारी निकायबाट आउनु आवश्यक हुन्छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नु, उपलब्ध स्थानीय स्रोतसाधनमा उद्यम व्यवसायीको पहुँच बढाउनु, आफ्नै गाउँ क्षेत्रमा छरिएर रहेका स्रोतसाधनलाई पहिचान गरी असङ्गठित पुँजीलाई समूह वा सहकारीका माध्यमबाट परिचालन गर्नु आवश्यक छ । कृषि पर्यटन निजी मात्र नभई सामुदायिक लाभको क्षेत्र पनि हो । यसको प्रवर्धनका लागि सामूहिक प्रयासको आवश्यकता हुन्छ । यी सबै कार्यका लागि सरकारी, सामुदायिक र गैरसरकारी सबै निकायको निरन्तर प्रयास जरुरी हुन्छ । खास गरी स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुन्छ ।