कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारीस्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ ।
कृषि क्षेत्र ग्रामीण पर्यटनको विशिष्ट सम्भावना बोकेको क्षेत्र हो । पर्यटन क्षेत्रको विकासका लागि पनि कृषि नभई हुँदैन । यसको पूर्ण सम्मिलन बाँकेको गाभर भ्याली होमस्टे, इलामको चिया बगान, कास्की सार्दीखोलाको गण्डकी रेन्वो ट्राउट फार्मलगायत मुलुकका धेरै स्थानमा देखियो । ग्रामीण क्षेत्रमा कृषि जीवनयापनको एउटा पाटो हो भने सहरी क्षेत्रमा बसोबास गर्नेका लागि यो नौलो र आकर्षणको क्षेत्र पनि हो । यसको विविधता थप आकर्षण हुन सक्ने सम्भावना पनि छ । खाद्य र कृषि संस्कृतिको विविधताको धनी देश भएकाले यसको पर्यटनसँग सकारात्मक सम्बन्ध पनि छ । कृषि क्षेत्रसँग सम्बन्धित भएर हुने पर्यटन नै कृषि पर्यटन हो । कृषि पर्यटन मुख्यतः प्रकृतिसँग जोडिएको हुन्छ, परम्परासँग जोडिएको हुन्छ र संस्कृतिसँग जोडिएको हुन्छ । यसबाट मनोरञ्जन मात्र होइन प्रशस्त ज्ञान पनि हासिल हुन्छ । सहरमा हुर्केको पुस्ताका लागि त प्रकृति र संस्कृतिसँग जोड्ने अनुपम उदाहरण पनि हुन सक्छ । थाकेको शरीर वा मनलाइ स्फूर्ति दिन मात्र होइन आफ्नो भूगोल, संस्कार र संस्कृति चिनाउन पनि यसले सहयोग गर्न सक्छ ।
ग्रामीण पर्यटनको एउटा माध्यमका रूपमा कृषि पर्यटन स्थापित हुँदै गएको छ र यसको प्रवर्धन गर्ने पर्याप्त सम्भावना छन् । खास गरी ग्रामीण पर्यटनका रूपमा स्थापित घरवाससँग जोडेर काम गर्न सके अझ सुन्दर हुन सक्छ । अहिले घरवास प्रचलन लोकप्रिय हँुदै गएका छन् । घरवासमा खुवाउने खाद्यवस्तु त्यही घरको उत्पादन भए असाध्य राम्रो अझ त्यही स्थानको भए झनै राम्रो । स्थानीय कृषिजन्य उत्पादन घरवाससँग जोडिएको अभिन्न विशेषता हो । पाहुनाले बारीबाट रुचि अनुसारका फलफूल, तरकारी टिपेर पकाउन र खान पाए कस्तो सन्तुष्टि अनुभूति गर्लान् सहजै अनुमान गर्न सकिन्छ ।
मौसम अनुसारका स्थानीय बालीनाली, तरकारी, फलफूल, दुध, घिउ, मासु, अण्डा उत्पादन गरी पाहुनालाई भोजन व्यवस्थापन गर्न सके अति उत्तम हुन्छ । उत्पादित वस्तु प्राङ्गारिक भए त अझै राम्रो । घरवासमा पनि सहरकै खाद्यवस्तु खान पाहुनालाई इच्छा हँुदैन । त्यही उत्पादन गर्दा ग्रामीण क्षेत्रमा आर्थिक व्रिmयाकलाप पनि बढ्ने र रोजगारी पनि सिर्जना हुन सक्छ । घरवास भएका स्थान लगायतमा कृषि हाटबजार पनि बाहिरका पाहुनाका आकर्षण हुन सक्छन् । स्थानीय कृषिजन्य र अन्य घरेलु उद्यमका वस्तुका कोसेली घर पनि ग्रामीण पर्यटनका विषय हुन । रैथाने बालीनालीका बिउ सङ्ग्रह, संरक्षण र प्रवर्धन गर्न सामुदायिक बिउ बैङ्क स्थापना गरेर सञ्चालन गर्न सकिन्छ । यसलाई विद्यालयसँग जोडेर विद्यार्थीलाई शैक्षिक ज्ञानसमेत बढाउन सहयोग गर्छ । यसबाट स्थानीय उत्पादनलाई प्रोत्साहन र आर्थिक व्रिmयाकलाप बढाउन सकिन्छ । खास गरी ग्रामीण महिलालाई आर्थिक उपार्जनमा जोड्न र आयआर्जनको माध्यम बनाई रोजगारी सिर्जना गर्न ग्रामीण कृषि पर्यटन उपयोगी हुने रहेछ । ग्रामीण पर्यटनसँगै जोडिएको कृषि पर्यटनमा विभिन्न सम्भाग उपयोगी हुन सक्ने देखिन्छन् ।
फलफूल बगैँचा: तरेली परेका गरामा आकर्षण ढङ्गले लगाइएका फलफूल खेती ग्रामीण पर्यटनको आकर्षण हुन सक्छ । मध्य पहाडी भागका भएका सुन्तला बगैँचा सुन्तला पाक्ने समयमा चित्ताकर्षक देखिन्छन् । केरा, किबी, ड्रागन फल, अङ्गुर बगैँचा पनि सुन्दर देखिन्छ । उच्च पहाडी भागमा स्याउ पाक्ने बेलाको बगैँचा त्यस्तै लोभलाग्दो हुन्छ । हालै विस्तार गरिएको उच्च घनत्वको स्याउ खेती पनि स्याउ पाक्ने बेला गजबकै देखिन्छ । पाहुनाले आफँै फलफूल टिपेर खान पाउने हुँदा यो कृषि पर्यटनको राम्रो माध्यम हुन सक्छ । हालै स्ट्रवेरी खेतीमा यस खालको सम्भावनालाई युवाले सुरुवात गरेका पनि छन् ।
वनस्पति उद्यान: स्थानीय आबहवामा मिल्ने फूल फुल्ने र नफुल्ने खालका वनस्पतिको सङ्ग्रह गरी सार्वजनिक बगैँचाका रूपमा यस्ता बगैँचा बनाउने प्रचलन संसारभर नै छ । यसमा वनस्पतिहरूका साथै फलफूल, मौसमी फूललगायतका बालीनाली पनि लगाउन सकिन्छ । यो पर्यटकका लागि आनन्ददायक मात्रै नभई मनोरञ्जन र ज्ञान दुवैका लागि महìवपूर्ण हुन्छ ।
चिया बगान: चिया बगानको सौन्दर्यका बारे हामी सबै जानकार नै छौँ । तरेली पारेर काटेका चियाका बुटा र हरियाली पाखाको आकर्षण इलाम भ्रमण गर्ने पर्यटकको सङ्ख्याले पुष्टि गरेको छ । पूर्वी पहाडी अन्य पहाडी जिल्लामा मात्र नभई झापाका चिया बगानमा जाने पर्यटकको
सङ्ख्या पनि कम छैन ।
धान, तोरी, फापर: पहाडी भागका तरेली परेका गरामा लगाइएका यी बाली आफैँमा कम्ती सुन्दर हुँदैनन् । तराई र मध्य पहाडको तोरी र उच्च पहाडको फापर फुलेको बेला गरा मनमोहक हुन्छन् । यस्ता खेतीका बिचबिचमा आराम गर्ने स्थान र सुन्दर ढुङ्गे सिँढीको बाटो बनाएर घुमफिर गर्ने स्थान बनाउन सकिन्छ । म्याग्दी रत्ने चौरको तोरी बारी भाइरल नै हुने गरेको छ । असार १५ मा मनाइने धान दिवस र रोपाइ महोत्सव विदेशी पर्यटक लोभ्याउने माध्यम भइसकेको छ । यस अवसरमा हिलोमा विभिन्न व्रिmयाकलाप गरी रमाइलो गर्ने चलन आइसकेको छ । त्यसै गरी धानको दाइँ पनि रमाइलो गरी मनाउन सकिन्छ । खर्कहरू वा गोठको पशुपालन, तिनीहरूको चरन र व्यवस्थापन आफैँमा नौलो हुन्छ । हरिया खर्कमा चर्दै गरेका चौँरी, भेडा, च्याङ्ग्राको बथानका दृश्य निकै सुन्दर हुन्छन् । कतिपय पाहुना घाँस कुडो खुवाउन र दुध दुहुन पनि लालायित हुन्छन् । नुवाकोट, लमजुङलगायतका विभिन्न स्थानमा गोरु जुधाइलाई मेलामा रूपमा स्थापित गरेर पर्यटक आकर्षित गरिएको छ । भेडाको उन कटाई र राडी पाखी बुनाइ पनि आकर्षण हुन सक्छ ।
पन्छीपालन: नेपालमा कुखुरा, कालिज, बट्टाइ, परेवा, हाँस, टर्कीलगायतका विभिन्न पन्छीपालन र तिनका पनि विभिन्न प्रजाति पाइन्छन् । विभिन्न किसिमका पन्छी एकै स्थानमा पालेर चिडिया घर बनाएर पनि पाहुनालाई सन्तुष्ट गराउन सकिन्छ ।
मत्स्यपालन : पहाडी भेकको बगेको चिसो पानीमा रेस वे बनाएर पालिने रेन्वो ट्राउट मस्त्यपालन वा समथर बेँसी र तराईमा पोखरीमा पालिने मत्स्यपालनसँगै जोडेर माछा समात्ने खेल सञ्चालन गर्न सकिन्छ । साथसाथै मत्स्य परिकारका रेस्टुरेन्ट सहितको व्यवसाय गर्दा राम्रो आर्थिक उपार्जन हुन सक्छ । कास्की सार्दीखोलाको गण्डकी ट्राउट फार्म यसको राम्रो उदाहरण हो ।
मौरीपालन र भिरमौरी: लहरै मिलाएर राखिएका मौरीका गोला र मौरीका व्रिmयाकलाप पनि निक्कै आकर्षक हुन्छन् । महका विभिन्न परिकारका भोजन पनि थप्न सकिन्छ । मह मेला वा मह काढ्ने मेला पनि रमाइला कर्म हुन सक्छन् । भिर मौरीको मह काढ्ने मेला आफैँमा धेरै पर्यटन तान्ने सक्ने व्रिmयाकलाप हुन सक्छ । महको घारबाट निस्कने ग्याँस लिएर गरिने थेरापी र मौरीले टोकायर गरिने थेरापी पनि हाल बढ्दै गएका छन् ।
कृषि मेला महोत्सव ग्रामीण कृषि पर्यटनका महत्वपूर्ण विषय हुन् । आफ्नो स्थानीय सम्भाव्यताका आधारमा सुन्तला, स्याउ, च्याउ, आलु, केरा, आँप, चिया, कफी, स्थानीय खाना र खाद्य परिकारका मेला महोत्सव गर्दा धेरै पर्यटक आकर्षण गर्न सकिन्छ । स्थानीय खाद्य वस्तुका खाद्य विविधीकरण गरी मेलामा खुवाउनु आफँैमा धेरै महìवपूर्ण हुन्छ । हाम्रो समाजमा स्थानीय रूपमा परम्परा नै भइ आएका धेरै परिकार छन्, तर ज्ञान, चेतना, बजारीकरणको अभावले प्रचारप्रसारमा आउन सकेका छैनन् । यस्ता परिकारलाई पनि प्रवर्धन गर्न सकिन्छ । यीलगायत ग्रामीण स्तरमा हुने सांस्कृतिक कार्यव्रmम, खेलकुदको मेला महोत्सवमा पनि स्थानीय उत्पादित वस्तु राख्न सकिन्छ ।
माथि उल्लेखित विभिन्न सम्भावना सबै ठाउँमा हुँदैनन् र यीलगायत स्थानीय सम्भावनाका अरू धेरै क्षेत्र र विषय हुन सक्छन् । हाम्रो जस्तो विविधताको धनी देशमा स्थान अनुसार नयाँ नयाँ अवधारणा तयार हुन सक्छन् । त्यसको अन्वेषण गरी कार्यान्वयनका ल्याउन सकिन्छ । यसले ग्रामीण पर्यटनको अवधारणालाई सार्थक बनाउँछन् । कृषि उपजलाई कृषि पर्यटनको विकासमा रूपान्तरण गर्न सरकारी स्तरबाट पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता न्यूनतम पूर्वाधार हुनै पर्छ । त्यसका अलावा स्थानीय कृषक र व्यवसायीलाई प्रोत्साहन, सहजीकरण गरी त्यसमा कृषक र पर्यटन व्यवसायी समुदायले व्यक्तिगत लाभ लिन सक्ने गरी लगानी, सिप र प्रविधियुक्त ज्ञान बढाउनु पर्छ । कृषि उत्पादनका लागि सिपमूलक तालिम मात्र नभई कलात्मक हिसाबले सजाउने खेती प्रविधि र विविध परिकारका खाना तयार गर्न पनि सिप विकास हुन पर्छ ।
व्यवसायीलाई पुँजी र सूचनामा पहुँच अर्को कार्य हुन्छ । ग्रामीण पर्यटन प्रवर्धनका लागि पर्यटन व्यवसायी र कृषकमा लाभप्रद हुने योजना, रणनीति, कार्यव्रmम पनि सरकारी निकायबाट आउनु आवश्यक हुन्छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नु, उपलब्ध स्थानीय स्रोतसाधनमा उद्यम व्यवसायीको पहुँच बढाउनु, आफ्नै गाउँ क्षेत्रमा छरिएर रहेका स्रोतसाधनलाई पहिचान गरी असङ्गठित पुँजीलाई समूह वा सहकारीका माध्यमबाट परिचालन गर्नु आवश्यक छ । कृषि पर्यटन निजी मात्र नभई सामुदायिक लाभको क्षेत्र पनि हो । यसको प्रवर्धनका लागि सामूहिक प्रयासको आवश्यकता हुन्छ । यी सबै कार्यका लागि सरकारी, सामुदायिक र गैरसरकारी सबै निकायको निरन्तर प्रयास जरुरी हुन्छ । खास गरी स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुन्छ ।