• २५ चैत २०८१, सोमबार

आगलागीमा ११ करोडभन्दा बढीको क्षति

blog

धनकुटाको उत्तरपानीमा आएको आगलागी । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले (
धनकुटा), चैत २४ गते । पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । स्थानीय अमर श्रेष्ठको काठ, पात र टिनको छानाले बनेको दुई तले घरमा आगलागी भएको हो । शनिबार साँझ ७ः३० बजे टिभि कोठाबाट अचानक आगो सल्किएको हो ।

पीडित श्रेष्ठका अनुसार आगलागीबाट घरसँगै सञ्चालनमा रहेको किरानाको होलसेल पसल र नगद पाँच लाख रुपियाँ पूर्णरुपमा जलेर नष्ट भएका छन् । त्यसैगरी श्रेष्ठकै निर्माणाधीन दुई तले पक्की घरको झ्याल, ढोका र भित्तामा समेत क्षति पुग्दा झण्डै ११ करोड रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काले जानकारी दिनुभयो । विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

श्रेष्ठकै घरसँगै जोडिएको खगेन्द्र घिसिङको निर्माणाधीन दुई तले घर आंशिकरूपमा क्षति भएको छ । उक्त घरमा करिब छ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करीब चार घण्टापछि मात्र नियन्त्रणमा लिइएको थियो । आगलागी हुँदा समयमै दमकम नपुगेका कारण बढि क्षति भएको स्थानियको आरोप छ ।