छापा पत्रकारिताको डिजिटल भविष्य
सूचना तथा प्रविधिको युगमा छापा पत्रकारिताको भविष्य पनि डिजिटल रूपान्तरणमा निर्भर भइसकेको छ । विश्व परिदृश्य अनुसार अब नेपाली छापा पत्रकारिताको पनि व्रmमिक गन्तव्य त्यही डिजिटल स्वरूप हो । निश्चय पनि भौतिक स्वरूपका अखबार एवं म्याग्जिनको सट्टा मोबाइल, ट्याब्लेट र कम्प्युटरमा समाचार पढ्न रुचाउने पाठक दिनानुदिन बढ्दै छन् । नीतिगत रूपबाटै छापा मिडियाले सामाजिक सञ्जालमार्फत आफ्नो समाचारको स्रोत आमडिजिटल प्लेटफर्ममा प्रसार गर्न सक्नु पर्छ ।सूचनाको खेती गर्ने पत्रकारको पेसा नै पत्रकारिता हो । पत्रकारितामा सूचना सङ्कलन, सत्यापन र सार्वजनीकरण गर्ने अभ्यास हुन्छ । सबैलाई सत्य, निष्पक्ष, सन्तुलित एवं विश्वसनीय समाचार सम्प्रेषणमार्फत पत्रकारितामा जनउत्तरदायी भूमिका निर्वाह गर्ने प्रयत्न भइरहन्छ । सूचनाजन्य समाचारसँगै यसले घटनाको विश्लेषण र विवेचनात्मक टिप्पणीलाई पनि समेट्ने गर्छ । पत्रकारिताको पहिचान सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक उत्प्रेरणाको प्रवर्धनसमेत हो । यसले राज्यको ‘चौथो अङ्ग’ का रूपमा रहेर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निरन्तर निगरानी गर्ने ‘वाच डग’ को भूमिका निर्वाह गर्छ । छापा, प्रसारण र अनलाइन पत्रकारितामार्फत जनताको सुसूचित हुन पाउने नैसर्गिक हकको रक्षार्थ अहम् भूमिका निर्वाह हुँदै आएको छ । अनलाइन पत्रकारिताको केन्द्रीयतामा छापा पत्रकारितालाई समेत डिजिटल भविष्यमा जोड्ने अभ्यास दिनानुदिन बढाउनु अपरिहार्य हुँदै छ ।छापा पत्रकारिताको उन्नयनमा सामाजिक सञ्जाल नै प्रमुख आधारशिला बन्ने स्पष्ट छ । यसले विश्वव्यापी रूपमा मानिसलाई सञ्जालमा जोड्ने सन्दर्भमा सबैभन्दा बढी सूचना प्रवाह गरिरहेको भेटिन्छ । यस्तै आफ्ना विचार अरूमाझ साझा गराउने, व्यापार प्रवर्धन गर्ने र मनोरञ्जन प्राप्त गराउने विषयमा पनि सामाजिक सञ्जालको बढी प्रयोग हुने गर्छ । मानव जीवनको पर्याय बन्दै गएको सामाजिक सञ्जाललाई विश्वसनीय ढङ्गबाट छापा पत्रकारितामा जोड्नु युगीन आवश्यकता मात्र नभई नवीन चुनौतीसमेत बनिरहेको छ ।वर्तमान अवस्था विश्व इतिहास पल्टाएर हेर्ने हो भने पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारितामार्फत भएको पाइन्छ । यसपछि व्रmमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताको उन्नयन भएको हो । नयाँ प्रविधिको विकाससँगै अहिले पत्रकारिताको प्रणेता मानिने स्वयम् छापा पत्रकारिता ओझेलमा पर्दै छ । उसलाई प्रविधिको तीव्रतर विकासले थप विश्वव्यापी रूपमा चलायमान बनाउन मार्ग प्रशस्त गरेको आभास हुन्छ । परम्परागत छापा पत्रकारिताको ठाउँमा अहिले अनलाइन पत्रकारिता मौलाइरहेको छ । इन्टरनेटको प्रयोगमार्फत हुने डिजिटल पत्रकारिताले जति लोकप्रियता हासिल गरेको छ, त्योभन्दा बढ्ता सामाजिक सञ्जालको प्रयोगमा आमनेपाली अभ्यस्त भइरहेको पाउँछौँ । अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत नै ‘नागरिक पत्रकारिता’ को अवधारणा विकास हुन पुगेको छ । नेपाली पत्रकारितामा समेत छापा पत्रकारिताको प्रभाव घट्दो छ । अखबार तथा म्याग्जिनसम्बद्ध सामग्री उत्पादन, छपाइ र वितरणमा धेरै चुनौती थपिएका छन् । यिनै चुनौतीले गर्दा अहिले देशभरबाट प्रकाशन भइरहेका कैयौँ अखबार बन्द भइरहेका छन् भने कतिपय बन्द हुने स्थितिमा देखिन्छन् । प्रकाशन भइरहेका अखबारको पनि पहिलेको जत्तिकै पृष्ठ सङ्ख्या पाइँदैन । देशका ठुला भनिएका अखबारले पनि पृष्ठ सङ्ख्या घटाउँदै मूल्य बढाउनुपर्ने बाध्यता बहन गरिरहेका छन् । म्याग्जिनको पनि उस्तै हबिगत छ । जसोतसो नियमित प्रकाशन भइरहेका पत्रिका पनि पाठक घट्दै गएका कारण नोक्सानी बेहोर्न बाध्य छन् । ठुला आकारमा रङ्गीन स्वरूपमा प्रकाशन हुने अखबार अहिले सादा (श्यामश्वेत) रङमा देखिन्छन् । केही दैनिक पत्रिकाले त हप्तामा एक दिनको अङ्क नै प्रकाशन बन्द गर्ने गरेको पाइन्छ । केन्द्रीय राजधानीभन्दा बाहिरका प्रमुख सहरबाट क्षेत्रीय संस्करण प्रकाशन गर्दै आएका कैयाँै राष्ट्रिय स्तरका दैनिक पत्रिकाले समेत उक्त संस्करण कटौती गर्दै छन् । यस्तो ‘निर्मम नियति’ भोग्दै नेपाली छापा पत्रकारिताले अहिले आफ्नो अस्तित्व र पहिचान रक्षार्थ ‘बहुपक्षीय लडाइँ’ लडिरहेको छ ।सामाजिक सञ्जालको प्रभावसामाजिक सञ्जाल भनेको डिजिटल प्लेटफर्म तथा प्रविधि हुन् जसले प्रयोगकर्तालाई अनलाइन सामग्री उत्पादन, साझेदारी, प्रसार र अन्तव्रिर्mया गर्न सक्षम बनाउँछ । यी प्लेटफर्महरूले सञ्चार, नेटवर्किङ, मनोरञ्जन र सूचनाको आदानप्रदान गर्न सहयोग गर्छन् । सामाजिक सञ्जालमा विभिन्न प्रकृतिका एप्लिकेसन रहेका छन् । यिनमा फेसबुक, लिन्क्डइन जस्ता व्यक्तिगत तथा व्यावसायिक नेटवर्किङका सामाजिक साइटसँगै ट्वुइटर, थ्रेड्स जस्ता द्रुत गतिमा अद्यावधिक हुने र छलफल गर्न प्रयोग गरिने माइव्रmोब्लगिङ प्लेटफर्महरू पर्छन् । फोटो र भिडियो सेयर गर्न अब्बल मानिएका इन्स्ट्राग्राम, टिकटक, युट्युब जस्तै छलफल र ज्ञान आदानप्रदानका लागि बनाइएका रेडिट र क्वोरा जस्ता प्लेटफर्म छन् । व्यक्तिगत वा सामूहिक रूपमा कुनै पनि सन्देश, फोटो, भिडियो आदि पठाउन प्रभावकारी मानिएका वाट्सएप, भाइबर जस्ता मेसेजिङ एप्लिेकसन पनि नेपाली समाजमा प्रचलित छन् । यी विभिन्न एप्समध्ये पनि आमसर्वसाधारणले बढीभन्दा बढी प्रयोग गर्नेमा फेसबुक, युट्युब र टिकटक देखिन्छन् । प्रसारण र अनलाइन पत्रकारिताको सापेक्षतामा निकै ओझेलमा परेको छापा पत्रकारितालाई सामाजिक सञ्जालले अझ बढी तरङ्गित तुल्याएको छ । सामाजिक सञ्जालको प्रभावमा छापा पत्रकारिताले स्वपहिचान जोगाई प्रवर्धनका लागि पर्याप्त आधार भेट्टाए पनि आशातीत सफलता चुम्न सकेको छैन । साक्षर पाठकलाई अनलाइन पत्रकारितामार्फत पाइने तात्कालिक निःशुल्क सामग्रीले जति प्रभावित तुल्याइरहेको छ, त्यति नै सामाजिक सञ्जालको प्रभावले आव्रmान्तसमेत बनाइरहेको छ । छापा पत्रकारितामा सामाजिक सञ्जालको प्रयोगले ‘भौतिक र अभौतिक’ बिचको सम्बन्ध जोड्ने काम गर्छ । खासमा पत्रपत्रिका तथा म्याग्जिन आदि प्रकाशन गरेर भौतिक स्वरूपमा वितरण गरिन्छ । अहिलेको सामाजिक सञ्जालको दुनियाँमा भौतिक स्वरूपमा अखबार, म्याग्जिन आदि किनेर पढ्ने पाठक निकै कम पाइन्छन् । यसर्थ अब भने छापा पत्रकारितालाई पनि सामाजिक सञ्जालमार्फत प्रवर्धन गर्नुपर्ने युगीन आवश्यकता खड्किँदै छ । यसका लागि सबै जसो पत्रपत्रिका तथा म्याग्जिनले अनलाइन संस्करण सार्वजनिक गर्नुपर्ने हुन्छ । ती अनलाइन संस्करणको लिङ्क सामाजिक सञ्जालमा समूहगत रूपमा सम्प्रेषण गर्दा सम्बन्धित समाचारमा सञ्जाल प्रयोगकर्ताको सहज पहुँच पुग्छ । आज सुदूर क्षेत्रका गाउँदेखि ठुला सहरसम्ममै सामाजिक सञ्जाल प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढिरहेको पाइन्छ । सामाजिक सञ्जालमा विभिन्न मिश्रित प्रकृतिका सूचना र मनोरञ्जनात्मक सामग्री पाइने गरेको छ । त्यसो त विभिन्न भ्रामक अनलाइनका लिङ्क, प्रचारमुखी सामग्री सम्प्रेषण र आधारहीन युट्युबका सामग्रीले धेरैजसोलाई रनभुल्लमा समेत पारिरहेको पाइन्छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नसक्दा धेरैले बेहोर्नु परेको दुःख र हैरानीलाई बयान गर्न सकिँदैन । यस्तो अवस्थामा सही तरिकाबाट सामाजिक सञ्जाललाई आधार बनाएर स्वच्छ पत्रकारिताको विकास र उन्नयनमा सम्बद्ध पक्षले विभिन्न तौरतरिका अपनाउन सक्नु पर्छ । सामाजिक सञ्जालको प्रयोगमार्फत विद्युतीय र अनलाइन पत्रकारिता मात्र नभई छापा पत्रकारिताको प्रवर्धन गर्न सकिन्छ ।मिडिया साक्षरता कार्यक्रमछापा पत्रकारिताको उन्नयनका लागि सामाजिक सञ्जाल प्रत्यक्ष एवं परोक्ष रूपमा जोडिरहेको अवस्थामा यसलाई सही तरिकाबाट उपयोग गर्ने ‘मिडिया साक्षरता’ का कार्यव्रmम सञ्चालन गरिनु पर्छ । मिडिया साक्षरताले नै मिडियामार्फत प्रस्तुत सन्देश वा जानकारी बुझ्न, विश्लेषण गर्न र उचित प्रतिव्रिmया दिन सक्षम बनाउँछ । आज पनि सामाजिक सञ्जालमार्फत विभिन्न तरिकाबाट धेरै दुष्प्रचार भइरहेको छ । यसलाई रोक्न पत्रकार आफैँ जागरूक हुनुपर्ने युगीन आवश्यकता बनेको छ । समाजका सही मार्गदर्शक र सत्य सूचनाका संवाहकसमेत मानिएका पत्रकारले यस्तो कुप्रचारलाई रोक्न त्यही सामाजिक सञ्जाललाई विवेकपूर्ण प्रयोग गर्नुको विकल्प छैन । सञ्जाल प्रयोगकर्तालाई ‘यो विषयवस्तु पत्रकारिताको आधिकारिक न्युज पोर्टलको हो र यो होइन’ भनी पहिचान गर्न सक्ने अवस्थामा पु¥याउने जिम्मेवारी स्वयम् पत्रकारकै बनेको छ । कतिपय पत्रकारले समाचारमा आउनुपर्ने विषय पहिले नै सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको पाइन्छ । यस्तै समाचारको पूर्ण विवरण नै ‘फेसबुक स्टाटस’ को रूपमा सम्प्रेषण गर्ने परिपाटी पनि मौलाउँदो छ । कुनै न्युज पोर्टल वा मिडियाबिना नै सामाजिक सञ्जालमा ‘आधिकारिक समाचार’ पढ्न पाइन्छ । यस्ता दृष्टान्तले आधिकारिक समाचार पोर्टलको महìव घटाई पत्रकारितामाथिको विश्वसनीयतामा प्रश्नचिह्न खडा गरेका छन् । सामाजिक सञ्जालमा धेरै ‘लाइक’ र ‘भ्यु’ पाउने आशामा पनि कतिपय असम्बन्धित व्यक्तिका तस्बिर, अश्लील प्रकृतिका फोटो एवं दृश्य सम्प्रेषण हुने गरेको छ । अप्रामाणिक विषय सन्दर्भले सामाजिक सञ्जालमार्फत समग्र पत्रकारितालाई बद्नाम गराउँछ । आकर्षक शीर्षक दिने र हुँदै नभएको पत्रिकाको वेबसाइट डिजाइन गरी भ्रमको खेती गर्ने गिरोह पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पाइन्छन् । मिडिया साक्षरता नभएको व्यक्तिले त्यही भ्रमित समाचारलाई सत्य ठानी खास पत्रकारितालाई बुझ्न सक्दैन । उसले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नै पत्रकारको रूपमा बुझ्ने गर्छ । यसर्थ मिडिया साक्षर व्यक्तिले पत्रकारिताको स्वरूपमा आउने भ्रामक सूचनाका स्रोत पहिचान गरी नियमनकारी निकायमा उजुरी गर्ने परिपाटी सुरुवात गर्नु पर्छ । अनर्गल प्रचार गर्ने गरी आएका मिडियालाई सामाजिक सञ्जालमार्फत नै सुधारका लागि मार्गनिर्देश गर्नुपर्ने हुन्छ । डिजिटल भविष्यको खोजी सामाजिक सञ्जालमार्फत छापा पत्रकारिताको उन्नयनका लागि डिजिटल भविष्यको खोजी गर्नुपर्ने भएको छ । समाचार सम्प्रेषणमा सनातनी विधिको सट्टा सामाजिक सञ्जालमार्फत पत्रकारितालाई द्रुत, थप प्रभावकारी, बढी जनउत्तरदायी र सबैमा पहुँचयुक्त बनाउनुपर्ने आवश्यकता देखिन्छ । दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक वा मासिक नै किन नहोऊन् सबै प्रकारका अखबार एवं म्याग्जिनलाई तुरुन्तै पिडिएफमार्फत सामाजिक सञ्जालमा अद्यावधिक गरिहाल्नु पर्छ । प्रत्येक अखबार एवं म्याग्जिनमा आएका सामग्रीको लिङ्कलाई तिनै सञ्जालमार्फत समूहगत रूपमा लाइक, सेयर एवं कमेन्ट गर्दै आमजनमानसमा पु¥याउनु पर्छ । समाचारको छरितो प्रवाहमा ट्विटर, फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता प्लेटफर्मलाई बढीभन्दा बढी प्रयोग गर्ने संयन्त्र विकास गरिनु पर्छ । आमजनताको सहभागिता बढाउन ‘पाठक आवाज,’ ‘सम्पादकलाई मेरो भनाइ’ जस्ता फोरम विकास गरी अघि बढ्नुपर्ने हुन्छ । अनलाइन स्रोतहरू, डिजिटल अभिलेखहरू र सामाजिक सञ्जालमा आएका सूचनाका आधारमा समाचारको स्रोत पहिचान गरी खोज पत्रकारितालाई नयाँ उचाइ दिनुको विकल्प देखिँदैन । अतः सूचना तथा प्रविधिको युगमा छापा पत्रकारिताको भविष्य पनि डिजिटल रूपान्तरणमा निर्भर भइसकेको छ । विश्व परिदृश्य अनुसार अब नेपाली छापा पत्रकारिता पनि क्रमिक गन्तव्य त्यही डिजिटल स्वरूप हो । निश्चय पनि भौतिक स्वरूपका अखबार एवं म्याग्जिनको सट्टा मोबाइल, ट्याब्लेट र कम्प्युटरमा समाचार पढ्न रुचाउने पाठक दिनानुदिन बढ्दै छन् । नीतिगत रूपबाटै छापा मिडियाले सामाजिक सञ्जालमार्फत आफ्नो समाचारको स्रोत आमडिजिटल प्लेटफर्ममा प्रसार गर्न सक्नु पर्छ । तिनै प्लेटफर्ममा विज्ञापन सार्वजनिक गरी आम्दानीको स्रोत बढाउनुपर्ने हुन्छ । प्रिन्ट मिडियाको समेत अभौतिकीकरण गरी विश्वव्यापी प्रसार गर्न सकिने एउटा काइदाको प्लेटफर्मको रूपमा सामाजिक सञ्जाललाई उपयोग गर्न सके केही हदसम्म भए पनि यस क्षेत्रको दीर्घकालीन भविष्य सुरक्षित हुन्थ्यो कि ?
‘लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठुलो हो’
नेपालको प्रसारण इतिहासको पहिलो संस्था रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव एवं हीरक महोत्सवको गौरवमय क्षणमा म रेडियो नेपालमा कार्यरत पत्रकार, पदाधिकारी, कर्मचारी एवं शुभेच्छुकसहित सबैलाई हार्दिक बधाइ तथा शुभकामना दिन चाहन्छु ।२००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना हुन् । २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँ गाउँ र जनजनमा पु¥याउन रेडियो नेपालले महìवपूर्ण भूमिका निर्वाह गरेको हो । आजको दिनमा म यसका संस्थापक तारिणीप्रसाद कोइरालालाई यसको स्थापनामा खेल्नुभएको विशिष्ट योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यो मुलुकमा प्रजातन्त्र स्थापनाको ऐतिहासिक घटनाव्रmमसँग जोडिएको मात्र होइन देश प्रसारण माध्यमको युग प्रवेशको प्रस्थान विन्दु पनि थियो । राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाको व्रmान्तिलाई सघाउन मुक्ति सेनाले चलाएको ‘प्रजातन्त्र नेपाल रेडियो’ प्रजातन्त्रको उदयसँगै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेत र मूल्यमान्यता यसको मुख्य कारण थियो । खासमा, २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो भन्ने म ठान्दछु । मुलुककै प्रमुख आमसञ्चार माध्यमका रूपमा साढे सात दशकदेखि अनवरत सत्यतथ्य सूचना, सन्देश र मनोरञ्जनात्मक कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थाहा पाउँदा मलाई खुसी लागेको छ । सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्य अनुसार यसले आगामी दिनमा प्रभावकारी तवरले काम गर्नुपर्ने चुनौती तपाईंहरूसामु छ । स्वतन्त्र, स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको हो । त्यसैले, लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरूप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात् गर्ने मैले विश्वास लिएको छु । म र हाम्रो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता हो । समाचार र कैयौँ शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यव्रmम हाम्रा स्मृतिमा आजपर्यन्त मिठो सम्झना बनेर झञ्कृत हुन्छन् । लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको विदितै छ । संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्धनमा महìवपूर्ण योगदान पु¥याएको छ । सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाको खास लक्ष्य पूरा हुन्छ । सञ्चार माध्यम विपत्का बेला आमनागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीलगायतका विपत्तिका बेलामा रेडियो नेपालसहितका सञ्चार माध्यमले गरेको योगदानबाट पुष्टि भएको छ । इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको छ । यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको छ । यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो । सञ्चार जगत्को यो महìवपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको हो । लामो सङ्घर्ष, त्याग र बलिदानबाट जनता आफँैले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो तर संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनु पर्छ भन्ने कुरा पनि त्यत्तिकै महìवपूर्ण छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चार माध्यमको महìवपूर्ण भूमिका रहेको छ । केही दिनअगाडि काठमाडौँमा भएको घटनाको व्रmममा जनधनको जुन क्षति भएको छ, त्यसप्रति म गहिरो दुःख व्यक्त गर्दछु । एक होनाहार पत्रकार र एक नागरिकको मृत्यु हुनु दुःखद हो । नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेको छ तर स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुने छ भन्ने मैले विश्वास लिएको छु । संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा हाम्रै संविधानले एउटा लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको छ भन्ने पनि हामीले बिर्सन हुन्न र लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठुलो हो । संविधानको यो व्यवस्था, मर्म र भावना हामीले भुल्यौँ भने नेपाली जनतालाई स्वीकार्य हुने छैन । अन्त्यमा राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी राष्ट्रिय प्रसारण माध्यमका रूपमा रेडियो नेपालले आगामी दिनमा अझै प्रभावकारी तवरले काम गर्ने नै छ भन्ने विश्वासका साथ संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।जय नेपाल !(सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपालको हीरक महोत्सवका अवसरमा चैत २० गते गर्नुभएको सम्बोधनको पूर्ण पाठ)
तनहुँ बस दुर्घटनाः घाइते चार जनालाई चितवन पठाइयो
डुम्रे-बेँसीसहर खण्डमा पर्ने तनहुँको भानु नगरपालिका–१ अँधेरीखोला नजिक शुक्रबार ४:२५ बजे दुर्घटना हुँदा घाइते चार जनालाई चितवन रिफर गरिएको छ।
तनहुँको भानुमा बस पल्टियो : १५ जना घाइते, चालक फरार
तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दीपक कुँवरले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले सिंहदरबार, संसद् र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गर्याैँ : प्रहरी प्रमुख
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको प्रदर्शनमा प्रदर्शनकारीहरू हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको बताउनुभएको छ ।
कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन
काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिनुभएको छ ।
सप्तरी मालपोतद्वारा १४ करोड ४८ लाख भन्दा बढी राजस्व सङ्कलन
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजले चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड ४८ लाख ६९ हजार सात सय ८४ राजस्व सङ्कलन गरेको छ ।
वनको डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
वनमा लागेको डढेलो आगो निभाउने क्रममा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट गाउँपालिका–७, पालुङ्मैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गीमगर रहनुभएको छ ।
पाँचथरमा डढेलो : दुई जनाको मृत्यु, चार घाइते
पाँचथरमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका १३ का ४७ वर्षीया उषाकला राई नेम्वाङ र कुम्मायक ३ का २२ वर्षीया प्रतिमा सम्वाहाम्फे हुनुहुन्छ ।
कञ्चनपुरमा यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र
कञ्चनपुरमा यातायात व्यवसायीहरुले यातायातका साधन ठप्प पारेका छन् । यातायात व्यवसायीहरुले महेन्द्रनगरबाट पूर्वपश्चिम राजमार्ग भएर चल्ने यातायातका साधनहरू ठप्प पारेका छन् ।
जानुपर्ने ठाउँ छाब्दीवाराही
नेपालमा रहेका घुम्नुपर्ने ठाउँमध्ये छाब्दीवाराही पनि एक हो।
बिदाको योजना
कुशल र आरोग्य मिल्ने साथी हुन् । दुवै जना एउटै विद्यालयमा कक्षा ४ मा पढ्छन् । एकदिन उनीहरू विद्यालयबाट घर फर्कंदा भएको कुराकानी– कुशल– आरोग्य तिमी सन्चै छौ ?
नेपाल र थाइल्यान्ड असल मित्र
कहिल्यै पराधिन नभएका नेपाल र थाइल्यान्ड असल मित्र हुन् ।
आफैँतिर फर्केर हेर !
केही दिनपहिले प्रदीप गिरीले सम्पादन गरेको बिपीका रचना, चिठीपत्रहरू, भाषण, अदालती बयान र अन्तर्वार्ताको सङ्कलन पल्टाउँदै थिएँ । लामो कालखण्ड ओगटेका र विषयगत विविधता भएका उहाँका अभिव्यक्ति अत्यन्त सरल र सम्प्रेषणीय लाग्यो ।
वायु प्रदूषणको जटिलता
केही दिनयता काठमाडौँको वायु प्रदूषण निकै अस्वस्थ्यकर अवस्थामा पुगेको नेपाल सरकारले जडान गरेको काठमाडौँको वायु गुणस्तर मापन केन्द्रले देखाएको छ । ती मापन केन्द्रको तथ्याङ्कले काठमाडौँमा मात्र होइन पूर्वी तराईमा पनि वायु प्रदूषण बढेको देखाएको छ ।
नओइलाऊन् लोकतन्त्रका सुन्दर फूल
बिपी कोइरालाले एक पटक भन्नुभएको थियो ‘राजा भनेको अलग्गै हो भनेर हामीले सोच्नु पर्दैन । राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी एकै ठाउँमा जोडिएको छ...।’
गणतन्त्रको विकल्प उन्नत गणतन्त्र !
नेपालको राजगद्दीबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र शाह गत महिना पोखरा भ्रमणबाट काठमाडौँ फर्किंदा उहाँको स्वागतका लागि त्रिभुवन विमानस्थलमा मानिसको ससानो भिड देखियो । २००७ सालमा राजा त्रिभुवन दिल्लीबाट फर्केकै शैलीमा पूर्वराजा फर्किएको दृश्य देखिन्थ्यो ।
नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो
विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेको छैन ।
जनताको सहज पहुँचबाट टाढिदै सरकारी अस्पताल
जिल्ला अस्पतालमा हाडजोर्नी लगायत अन्य औषधी उपचारका लागि धादिङ अस्पताल आइपुगेका बिरामीहरू ठगिने गरेका छन् ।
पत्रकार रजकका परिवारको मागप्रति प्रेस सेन्टरको ऐक्यबद्धता
काठमाडौँको तीनकुनेमा भएको राजावादी आगजनीमा परी ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घरमा पुगेर प्रेस सेन्टरको नेतृत्वले रजकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरमा भक्तजनको भीड
मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ ।
बागलुङमा जिप दुर्घटनाः एकको मृत्यु, तीन घाइते
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं. ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्ष (डिएसपि) बिजय यादवले जानकारी दिनुभयो ।
वायुप्रदूषणको जोखिम
नेपालमा वायुप्रदूषणले सीमा नाघेको छ ।
सार्वजनिक खरिद प्रक्रियामा दुविधा
सेवा प्रवाह प्रभावकारी बनाउने पहिलो शासकीय सर्त हो ।