परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले शसनबा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
अमालकोटमा जुवा खेल्ने संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
प्रहरीले पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहनुभएका जापानका उपविदेशमन्त्री इक्युना आकिकाले शनिबार शिष्टाचार भेट गर्नुभएको छ ।
वाटरल्यान्ड पार्कमा झडप : दस जना पक्राउ, पाँच प्रहरी घाइते
धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, स्थित रमदैयामा रहेको वाटरल्यान्ड झडप हुँदा दस जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार वाटरल्यान्ड पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको थियो ।
सवारी साधन कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय
कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७.६४ प्रतिशत हो ।
मस्तिष्कघात बिरामीका लागि नेपालगन्जमा विशिष्टिकृत उपचार सेवा सुरु
सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नेपालगन्जस्थित अस्पतालमा मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरिएको छ ।
मिथिला नगरपालिकामा ६४ परिवारलाई लालपुर्जा वितरण
धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी जीवन बिताइरहेका ६४ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । शनिबार ढल्केबरमा आयोजित एक समारोहबिच ती परिवारलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
बागलुङमा हावाहुरीले आधा दर्जन घरमा क्षति
बागलुङमा हावाहुरीका कारण आधा दर्जन घरमा क्षति पुगेको छ । निसीखोला गाउँपालिका वडा नं. १ लेवाङमा शुक्रबार दिउँसो हावाहुरीसँगै आएको वर्षातले आधा दर्जन घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो ।
क्यानबेरामा पशुपति मन्दिर
अहिले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली तीन लाखभन्दा बढी रहेको आँकडा छ । तीमध्ये धेरै सिड्नीमा अध्ययन र रोजगारी गरिरहेका छन् । उनीहरूको तन अस्ट्रेलियामा भए पनि मन भने नेपालमै छ । त्यसैले त भनिएको होला– आखिर यो मन त नेपाली नै हो । झन्डै डेढ लाख नेपाली सिड्नी बस्छन् भने बाँकी अन्यत्र छरिएका छन् ।पछिल्लो जनगणनाले नेपालको जनसङ्ख्या करिब तीन करोड रहेको तथ्याङ्क छ । त्यसमध्ये झन्डै एक करोड गैरआवासीय रहेको अनुमान छ । यति धेरै सङ्ख्यामा नेपाली विदेशमा बसोबास गरे पनि नेपालीपन भने सबैको मन मनमा रहने गर्छ । विदेशमा बस्ने नेपाली आफ्नो मौलिक संस्कृति र पहिचानका खातिर संवेदनशील रहने गर्छन् । त्यसैले पछिल्ला वर्षमा विदेशमा रहेका नेपालीले मौलिक परम्परा र पहिचान झल्काउने कार्यव्रmम आयोजना गर्ने गरेका छन् । त्यसमध्ये अस्ट्रेलियामा बस्ने नेपालीको पनि आफ्नै पहलमा नेपाल र नेपाली चिनाउने विभिन्न कार्यव्रmम बेलाबेला आयोजना हुने गरेको छ । यद्यपि अस्ट्रेलियामा नेपालीको बाक्लो बसोबास सुरु भएको धेरै समय भएको छैन । करिब दुई दशकयता भने नेपालीको उपस्थिति बाक्लो पाइन्छ । पछिल्लो तथ्याङ्कले अहिले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली तीन लाखभन्दा बढी रहेको आँकडा छ । तीमध्ये धेरै सिड्नीमा अध्ययन र रोजगारी गरिरहेका छन् । उनीहरूको तन अस्ट्रेलियामा भए पनि मन भने नेपालमै छ । त्यसैले त भनिएको होला–आखिर यो मन त नेपाली नै हो । झन्डै डेढ लाख नेपाली सिड्नी बस्छन् भने बाँकी अन्यत्र छरिएका छन् । अस्ट्रेलिया बहुसंस्कृति र पहिचानमा विश्वास गर्ने मुलुक हो । यहाँ नेपालका मात्र होइन अन्यत्रबाट आएका लाखौँको सङ्ख्यामा बसोबास गर्नेहरू छन् । आप्रवासीमा चिनियाँ मूलका धेरै छन् । त्यस्तै भारतीय मूलका पनि उल्लेख्य छ । सबैले आआफ्ना मौलिक परम्परा र संस्कृतिको जगेर्नामा जोडबल गर्छन् । अब नेपाली समुदायले पनि अस्ट्रेलियामा मौलिक पहिचान झल्काउने काम थालेको छ । दसैँ, तिहार जस्ता चाडबाड भव्य रूपमा मनाइन्छ । नेपाली मौलिक चाडका रूपमा नयाँ वर्ष वैशाख १ धुमधाममा साथ मनाइने गरेको छ । राजधानी क्यानबेरामा विगत चार वर्षदेखि नेपाली नयाँ वर्ष भव्यताका मनाउन थालिएको छ । उक्त कार्यव्रmममा अस्ट्रेलिया सरकारका प्रतिनिधि र राजनीतिक दलका नेताहरूको सहभागिता हुने गरेको छ । जसले गर्दा अस्ट्रेलियामा बसोबास गर्ने संसारभरिका मानिसले नेपाल र नेपाली परम्परा बुझ्न र अनुभूत गर्न पाएका छन् । यसैव्रmममा नेपाली समुदायले अर्काे मौलिक काम गर्ने अठोट गरेको छ । त्यो हो– भगवान् श्री पशुपतिनाथको मन्दिर स्थापना गर्ने । यो अभियानको नेतृत्व सनातन समाज अस्ट्रेलियाले गरिरहेको छ । मन्दिर निर्माणका लागि आवश्यक रकमको जोहो नेपाली समुदायबाटै हुने प्रतिबद्धता जाहेर भइसकेको छ । त्यसका लागि आवश्यक जमिनको जोहो हुँदै छ । अस्टे«लिया सरकारले यस प्रयोजनका लागि आवश्यक जमिन दिने प्रव्रिmया थालिसकेको छ । जमिनको टुङ्गो लागेपछि मन्दिर निर्माण अभियानले गति लिने विश्वास छ । श्री पशुपतिनाथको मन्दिर बनाउने अभियान चानचुने होइन । यसलाई सफल बनाउन धेरै चुनौतीको सामना गर्नु पर्छ । नेपाली समुदायले यो अठोट गरिसकेकाले अवश्य पनि सफल हुने छ । यो महान अभियानलाई सफल तुल्याउन सबै नेपालीको साथ र सहयोग आवश्यक छ । एउटा दुःखद पक्ष के छ भने विदेश आएर पनि हामी राजनीतिको गोटी बनिरहेका छौँ । नेपालकै जस्तो कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपाको टोपी लगाउन छाडेका छैनौँ । त्यो सोचबाट मुक्त नभई यो महान् अभियान सार्थक तुल्याउन सकिन्न । साथै, गैरआवासीय नेपालीका नाममा हुने गरेका राजनीतिको छायाबाट जोगिएर चल्न सकियो भने मात्रै लक्ष्य पूरा हुने छ । नेपाली समयुदायलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले पाँच वर्षअघि मात्रै सनातन समाज अस्ट्रेलिया स्थापना भएको छ । यो संस्था अस्ट्रेलियन सरकारसँग औपचारिक रूपमा जोडिएको छ । साथै, सबैखाले राजनीतिभन्दा माथि छ । जसले गर्दा मन्दिर स्थापनाको पुण्य कामका लागि सफलता प्राप्त हुने विश्वास छ । मन्दिर बनाउने मुद्दामा सबैको मतैक्यता छ । अस्ट्रेलियामा सबै धर्म र आस्थालाई सम्मान गर्ने नीति रहेकाले सरकारले मन्दिर बनाउन जमिन दिने विश्वास गरिएको हो । राजधानी क्यानबेरामा बसोबास गर्ने जमिन थोरै छ । धेरै जसो भूभागमा बन जङ्गल छ । त्यसैले जमिन पाउन सजिलो छैन । नेपाली समुदायको प्रभावकारी पहलमा यो सम्भव बन्दै छ । कानुनी प्रव्रिmया झन्झटिलो भएकाले समय लागेको हो । अस्ट्रेलियन सरकारले समुदायको उपस्थिति, प्रभाव र उपयोगितासमेतलाई आधार बनाएर जमिन दिने गरेको छ । जमिन दिइसकेपछि मन्दिर बनाउने स्रोत छ कि छैन भन्ने आधार बलियो छ छैन त्यो हेर्ने गर्छ । त्यसपछि मात्रै सरकारले दिने निर्णय गर्छ । मानिस स्वभावैले खुसी र दुखी हुन्छ । खुसी र दुखी दुवै अवस्थामा ऊ शान्तपूर्वक आस्थाको केन्द्रसँग जोडिन चाहन्छ । अझ दुःखका बेला आफ्ना पीडा बेसाउन मन्दिरको सहारा खोज्छ । त्यसैले अस्ट्रेलियामा बसोबास गर्ने हरेक नेपालीको मन मनमा एउटा मन्दिर बनोस् भन्ने चाहना छ । त्यसका लागि क्यानबेरा नै उपयुक्त थलो हो । किनभने यो राजधानी पनि हो । सरकारले पशुपतिनाथको मन्दिर बनाएपछि हरेक नेपाली अझ विश्वभरिका हिन्दु दर्शनका लागि यहाँ आउने विश्वास गरेको छ । जसबाट धार्मिक पर्यटनमा यसले ठुलो बल प्रदान गर्ने देखिन्छ । क्यानबेरामा पशुपतिनाथको मन्दिर स्थापना गर्न सकियो भने विश्वभरिका हिन्दुलाई आकर्षित गर्न सफलता मिल्ने छ । त्यसैले यो पवित्र उद्देश्य पूरा गर्न सबै नेपालीको सद्भाव आवश्यक छ ।
जबजका प्रणेता
आज नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवस । उहाँको २०५० साल जेठ ३ गते चितवनको दाशढुङ्गामा जिप दुर्घटनाबाट मृत्यु भएको थियो । जननेता भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनका एक प्रखर नेता, सिद्धान्तकार र जनप्रिय व्यक्तित्व हुनुहुन्थ्यो । भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रगामी, दूरदर्शी र लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको “जनताको बहुदलीय जनवाद” (जबज) सिद्धान्तले नेपाली कम्युनिस्ट आन्दोलनलाई शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा डो¥याउन महìवपूर्ण भूमिका खेलेको छ । भण्डारी नेपाली राजनीतिका एक प्रखर वक्ता पनि हुनुहुज्थ्यो, जसका भाषणले जनतालाई सशक्त बनाउने, राजनीतिक चेतना जगाउने र राष्ट्रियता तथा प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए । उहाँका भाषण आज पनि प्रेरणादायी मानिन्छन् । प्रारम्भिक जीवन र शिक्षाभण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघु गाविसको ठोट्ने भन्ने ठाउँमा भएको थियो । उहाँका बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारी हुनुहुन्थ्यो । १५ वर्षको उमेरमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न भारतको बनारस विश्वविद्यालय जानुभयो । त्यहाँ उहाँले दुई विषयमा स्नातकोत्तर अध्ययन गर्नुभयो । बनारसमा अध्ययन गर्दै गर्दा उहाँ राजनीतिमा आकर्षित हुनुभयो र सामन्ती राज्यसत्ताको विरोधमा सव्रिmय हुन थाल्नुभयो ।राजनीतिक यात्राबनारसमा रहँदा उहाँले भारतका समाजवादी नेता ज्योति बासु, हरिकिशन सुरजीत र नेपाली नेताहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविव्रmम सिंह, बिपी कोइराला, साहना प्रधानसँग सम्पर्क राख्नुभयो । २०२८ सालमा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा सव्रिmय भूमिका निर्वाह गर्न थाल्नुभयो । २०३३ सालमा पुष्पलाल समूहबाट अलग भएर नेकपा (माले) मा सव्रिmय हुनुभयो । पार्टीभित्र नयाँ सोच र व्याख्या अगाडि सार्दै उहाँले सशस्त्र सङ्घर्षको कार्यनीति स्थगित गरी पार्टी विस्तार र विकासको नीति लिने निर्णयमा महìवपूर्ण भूमिका निर्वाह गर्नुभयो । जनताको बहुदलीय जनवाद (जबज)भण्डारीले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद “सिद्धान्तले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ दिशा प्रदान गर्यो । यस सिद्धान्तले शान्तिपूर्ण सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धाको माध्यमबाट समाजवादमा पुग्ने मार्गचित्र प्रस्तुत गर्यो । नेकपा (एमाले) को २०४९ सालमा सम्पन्न पाँचौँ महाधिवेशनले यस सिद्धान्तलाई अनुमोदन गर्यो ।निधन र प्रभाव२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा भण्डारीको निधन भयो । यद्यपि यो दुर्घटना आकस्मिक थियो वा षड्यन्त्रपूर्ण हत्या भन्ने विषयमा आजसम्म बहस जारी छ । उहाँको निधनले नेपाली कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति पु¥यायो । उहाँको योगदानलाई स्मरण गर्दै, उहाँका विचार आज पनि नेपाली राजनीतिमा मार्गदर्शकको रूपमा रहेका छन् । भण्डारीसँगै तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो । दुर्घटनामा चालक अमर लामा मात्र जीवित बचेका थिए । दुर्घटनापछि घटनास्थलमा मदन भण्डारीको शव तत्काल फेला नपर्नु, चालक अमर लामाको १० वर्षपछि काठमाडौँको कीर्तिपुरमा हत्या हुनु र घटनाको निष्पक्ष छानबिन नहुनु जस्ता कारणले यो घटना अझै रहस्यमय बनेको छ ।राजनीतिक प्रतिक्रिया एमालेले लामो समयदेखि यो घटनालाई हत्या भएको दाबी गर्दै आएको छ । घटनाको सत्यतथ्य अझै सार्वजनिक हुन सकेको छैन । प्रत्येक वर्ष पार्टी नेताहरूले घटनाको सत्य उजागर गर्ने प्रतिबद्धता जनाए पनि ठोस प्रगति भएको देखिँदैन । भण्डारीले विद्यादेवी भण्डारीसँग विवाह गर्नुभएको थियो । विद्या दुई कार्यकाल नेपालको राष्ट्रपति बन्नुभयो । उहाँ यतिबेला नेकपा एमालेको सव्रिmय राजनीतिमा आउने चर्चा चलिरहेको छ । विद्याको जीवनशैली पनि सरल र जनतासँग नजिकको छ ।मुख्य विशेषताराजनीतिक यात्रा: मदन भण्डारी पुष्पलाल समूहबाट सुरु गरी नेकपा (माले) हुँदै नेकपा (एमाले) को प्रमुख नेता बन्नुभयो ।विचारधारात्मक योगदान : माक्र्सवाद–लेनिनवादलाई नेपाली समाजमा सान्दर्भिक बनाउँदै लोकतान्त्रिक अभ्यासलाई समेटेर ‘जबज’ को प्रतिपादन गर्नुभयो ।नेतृत्व क्षमता: उहाँको सङ्गठनात्मक क्षमता र ओजपूर्ण भाषण शैलीले जनमानसमा गहिरो प्रभाव पारेको थियो । मदन भण्डारीका केही चर्चित भाषणचाबहिल सभा (२०४७ साल चैत ५)यस भाषणमा उहाँले नेपाली कांग्रेसको सरकारको आलोचना गर्दै जनताको पक्षमा दृढ आवाज उठाउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “राष्ट्रियता वा प्रजातन्त्रको मसिहा भनेको त जनता हुन् । अब त्यो सार्वभौमसत्ता जनताको हातमा आइसक्यो । चाहे यहाँका ठुला महाराज हुन्, चाहे साना महाराज हुन्, सबैले जनताको सार्वभौमिकतालाई मान्नु पर्छ ।”लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्बन्धी भाषण यस भाषणमा उहाँले नेपालको भूभागको रक्षा र राष्ट्रियताको पक्षमा दृढता प्रकट गर्नुभएको थियो । उहाँको यो भाषण राष्ट्रिय स्वाभिमानको प्रतीक मानिन्छ ।राजसंस्थासँग सम्बन्धित भाषण राजसंस्थाको भूमिकाबारे उहाँले स्पष्ट धारणा राख्दै जनताको सर्वोच्चता र सार्वभौमिकताको पक्षमा आवाज उठाउनुभएको थियो । उहाँका अनुसार “राष्ट्रियता वा प्रजातन्त्रको भगवान् भनेको त जनता हुन् ।”निष्कर्ष भण्डारीको मृत्युको रहस्य अझै समाधान हुन सकेको छैन । यो घटनाले नेपाली राजनीतिमा गहिरो प्रभाव पारेको छ र अझै पनि जनचासोको विषय बनेको छ । उहाँकी पत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल देशको राष्ट्रपति भइसक्दासमेत घटनाको बारेमा सत्यतथ्य सार्वजनिक हुन नसक्नु आफैँमा रहस्यको विषय बनेको छ ।
सामाजिक सञ्जालको नवीन भाष्य
दल, अभियन्ता, प्राज्ञिक र बौद्धिक व्यक्ति कोही कतै पनि सुसंस्कृति निर्माणमा लागेको, गलत मानक भत्काएर असल मानक बनाउन देखिएका छैनन् । दृष्टान्त नै सिद्धान्त बनाएर हिँड्ने र पथप्रदर्शन गर्ने अगुवाको कमी देखिन्छ । समाज यस्तै हो, समाजभन्दा भिन्न किन हुनु प¥यो र भनेर केही आशालाग्दा अनुहार पनि सैद्धान्तिक विचलनतिर गएको देखिन्छ । तथ्य, सत्य र निष्ठाको बाटो दुरूह, कहालीलाग्दो र पट्यारलाग्दो हुन्छ ।निराशा, अवसाद र विषादको कुरा गर्ने मान्छे संसारमा थुप्रै छन् । सामान्य असहमतिमा पनि मान्छेहरू उदासीन बन्छन् र नकारात्मक विचार प्रकट गर्छन् । सामान्य इस्युलाई ‘जनरलाइज्ड’ गरेर प्रतिव्रिmयात्मक हुने आममान्छेको प्रवृत्ति बनेको पाइन्छ । ‘ब्याड न्युज इज गुड न्युज’ भन्ने वैचारिकी अब पनि तोड्न सकिएन र ‘गुड न्युज इज गुड न्युज’ को भाष्य हाम्रा पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल र समाजमा बनाउन सकिएन भने भोलिको पुस्ताले हामीले बनाएको गलत भाष्य र वैचारिकीको कारण हामीलाई धिक्कार गर्ने छ । दुत्कार गर्ने छ । भ्रम र बेइमानीको व्यापार गर्ने पुस्ता र दस्ताका रूपमा मूल्याङ्कन गर्ने छ । असल संस्कृति बसाउन नसकेको पठनपाठनको आदत नबनाएको र सार्वजनिक सञ्चार माध्यममा आएका विषय र कुराको सत्यापन नगरी प्रचार प्रसार गर्ने अभ्यास गरे गराएकोमा भाबी पुस्ताले हाम्रो योग्यता, क्षमता, आचरण र अभ्यासमा नैतिक र धारिलो प्रश्न गर्ने छन् । गलत प्रवृत्ति र परिपाटीका लागि साहसी भएर आफ्नो धारणा, विचार र ट्रेन्ड बनाउन नसकेको भन्दै आपत्ति गर्ने छन् । सम्बन्धित निकाय र सरोकारवालालाई खबरदारी गरेर सच्याउन नसकेकोमा खेद प्रकट गर्ने छन् । निकम्मा पुस्ताको दज्र्यानी चिह्न प्रदान गर्ने छन् । स्वतन्त्रता र लोकतन्त्र गणतन्त्रको दुहाई दिएर जे पनि भने, जे पनि (जायज नाजायज, अराजक, अश्लील र अनैतिक) बोलिने सामाजिक सञ्जालमा जे पनि राखिने वृत्ति र प्रवृत्तिको कारण समाज मनोरोगी बन्दै गएको कुरा छर्लङ्ङ छ । यसतर्फ खतरा आउँदै छ भनेर विज्ञहरूले भनिरहेका पनि छन् । बालबच्चा, युवा, वृद्धा सबै जना सामाजिक सञ्जालमा आएका खराब कुराको सिकार बनेका र लतमा परेका कुरा पनि सर्वविदितै छ । सामाजिक सञ्जाल प्रयोगलाई सिर्जनात्मक बनाउन र लतलाई छोड्न धेरै कुरा गर्नुपर्ने छ । सामाजिक सञ्जालका कारण पारिवारिक विगठन, आत्महत्या दुरुत्साहन, ‘ब्ल्याक मेलिङ,’ सामाजिक नैतिक चरित्र ध्वस्त, बिजनेस व्यापार चौपट मानसिक समस्या, मानसिक यातना थ्रेट, गोप्यता भङ्ग, समयको बरबादी आदि जस्ता विकृति सर्वत्र देखिएका छन् । गलत मनोविज्ञानका कारण देश बर्बादीको खाडलमा जाँदा पुस्तौँपुस्ताले आजको पढेलेखेको र प्राज्ञिक वर्गलाई तिनले प्राप्त गरेको शिक्षा, समझ र विवेकप्रति धारिलो व्यङ्ग्य गर्ने छन् । विरासतमा गर्व गर्नुपर्ने पुस्ताले नफरत ग¥यो भने हाम्रो ज्ञानको उपहास हुने छ । ज्ञान एउटा महìवपूर्ण शक्ति र सत्ता हो । सही ज्ञान र शक्तिले संसार हल्लाउन सक्छ तर ज्ञानको रूपमा गलत ज्ञान र स्वच्छन्द ज्ञान वितरण गरियो, प्रचारप्रसार गरियो भने त्यसले समाज राष्ट्र र विश्वलाई पार्ने प्रभाव दीर्घकालीन हुन्छ । गलत ज्ञानका कारण समाजमा आएको र बनेको मनोवृत्तिले गर्ने हानिले देशको अस्तित्व र मनोविज्ञानमाथि नै प्रहार गर्ने छ । अतः सकारात्मक मनोविज्ञान र नवीन ऊर्जाका लागि अबको ज्ञान, विज्ञान, साहित्य, कला, सङ्गीत र राजनीतिले काम गर्नु पर्छ, त्यतातिर आमबौद्धिक प्राज्ञिक र विवेकशील मान्छेहरू किन घोत्लिएका छैनन् ? खराब संस्कृति उत्पादन प्रसारण र प्रयोग गर्ने काममा हामी जानेर नजानेर दुरुपयोग भएको कुरा अब बिर्सन मिल्दैन । सार्वजनिक भएका कुनै पनि विषयको फ्याक्ट चेक नगरी विषयलाई हाइलाइट गरिदिने काम तथाकथित बौद्धिक र प्राधिकारपूर्ण व्यक्तिहरू प्राडामार्फत भएका छन् । विश्व त्यस्तो युग र समयमा छ, जहाँ लाखौँ सन्देश र विचारहरू क्षणभरमा प्रवाहित भइरहेका हुन्छन् । दुर्भाग्यवश सबै सन्देश र विचार सधैँ सत्य विवेक र निष्ठामा आधारित भएर आउँदैनन् । अनेक अफवाह र भ्रमका भाष्यहरू बनेर समाजलाई तरङ्गित गर्न आइपुगेका हुन्छन् । यस्तो विषम समयमा बौद्धिक र प्राज्ञिकहरूको धर्म हुन्छ सत्य र असत्यबारे समाजलाई सुसूचित गरिदिनु । के हामी निराशातर्फ मात्र उन्मुख छौँ ? आशाको उज्यालो बाँकी छैन ? विदेश जानेहरू नेपाल फर्केर आफ्नै माटो खोस्रेर पसिनाले सिञ्चित गरिरहेका छैनन् ? स्वदेशमै बसेर देशको लागि मात्र काम गर्नेहरू नभएका हुन् ? आशावादिताको कुनै सूचकाङ्क हामीसँग बाँकी छैन ? गलत न्यारेटिभ रोक्ने कुनै विधि र पद्धति छैनन् । स्वतन्त्रता भनेको निर्बाध र अकन्टक हुन्छ ? स्वतन्त्रताका सीमा परिधि र मानकहरू हुँदैनन् ? विधि पद्धति प्रव्रिmया नियम र नैतिकताबिनाको स्वतन्त्रता कस्तो हुन्छ ? अधिकार र कर्तव्य स्वतन्त्रतासँग हिँड्ने र कहिल्यै छुटाउन नमिल्ने विषय होइनन् ? स्वतन्त्रता समता र न्यायिक आवाज सत्ता र शक्तिको आसन अनुकूल र प्रतिकूल हुन्छ र ? दोहोरो मापदण्ड अपनाएर गरिने व्यवहार स्वतन्त्रताको हकमा न्यायको हकमा कति उचित कति अनुचित ? बोली व्यवहार र सिद्धान्त पानी रङको मात्र हुने हो ? जुन रङ भेट्यो त्यसैमा रङ्गिने ? खै विश्वसनीयता ? खै सिद्धान्त ? खै निष्ठा ? खै नैतिकता ? दलहरू, अभियन्ताहरू, प्राज्ञिक र बौद्धिक व्यक्तिहरू कोही कतै पनि सुसंस्कृति निर्माणमा लागेको, गलत मानक भत्काएर असल मानक बनाउन देखिएका छैनन् । दृष्टान्त नै सिद्धान्त बनाएर हिँड्ने र पथप्रदर्शन गर्ने अगुवाहरूको कमी देखिन्छ । समाज यस्तै हो, समाजभन्दा भिन्न किन हुनु प¥यो र भनेर केही आशालाग्दा अनुहारहरू पनि सैद्धान्तिक विचलनतिर गएको देखिन्छ । तथ्य, सत्य र निष्ठाको बाटो दुरूह, कहालीलाग्दो र पट्यारलाग्दो हुन्छ । समाजले एक्लै हिँडेको देखेर खिसिट्युरी पनि गर्छ ती सब पचाएर समाजलाई लिड गर्नेले आफू एक्लै र निसाहय हुँदा पनि निष्ठाको बाटो यो हो र यस्तो हुन्छ भनेर दृष्टान्त प्रस्तुत गर्नु पर्छ । त्यसो गर्ने व्यक्तिहरू अपवादको पनि अपवादमा मात्र बाँकी छन् । समाज र सोच बदल्ने भाष्यसमाज बदल्न सोच्ने तरिका बदल्नु पर्छ । आमव्यावहारिक जीवनको लय फेर्नु पर्छ । शैली पृथक् र आकर्षक बनाउनु पर्छ । नवीन भाष्यको खोजी गर्नु पर्छ । काम नगरी खाने संस्कृति निरुत्साहित गरी काम गरेर खाने संस्कृतिलाई बढवा दिनु पर्छ । इतिहासको पुनर्लेखन गर्नु पर्छ । इतिहास लेख्न छुटाइएका इतिहासमा योगदान गरेका दलित र जनजाति महिलाको इतिहासको सही व्याख्या आवश्यक छ । समाज र समयलाई यो अध्यायसम्म ल्याइपु¥याउने समुदायको योगदानको चर्चा गरिनु पर्छ । नवीन भाष्य यस्तो सोच दृष्टिकोण र आयाम हो, जसले गलत ज्ञान अवैज्ञानिक र नकारात्मक धारणा, प्रवृत्तिलाई चुनौती दिएर सकारात्मकताको स्थापनार्थ काम गर्छ । स्वास्थ्यमा अन्धविश्वासको बदला वैज्ञानिकता र औषधोपचारमा जोड, जातीय भेदभाव र परम्पराको नाममा हुने विभाजन र छुवाछुतको प्रतिवाद सिकाउनु पर्छ । जन्मकै आधारमा श्रेष्ठ हुने र कोही अयोग्य, कोही पवित्र र कोही अपवित्र ठान्ने प्रवृत्तिको विरुद्ध योग्यता तन्त्रका बारेमा विमर्श गर्ने जनमत तयार पार्नु पर्छ । मानव जन्मले होइन, उसको सामाजिक मूल्य उसले गर्ने कर्मले, चेतनाले र विवेकले निर्धारण गर्छ भन्ने भाष्यको निर्माण गर्नु पर्छ । लैङ्गिक असमताविरुद्ध समताको भाव विकास गर्ने र छोरा होस् या छोरी दुवैलाई शिक्षा, स्वतन्त्रता र आत्मनिर्भरताका लागि उत्प्रेरित गर्ने वातावरण सिर्जनाका लागि । महामारी, भूकम्प, बाढी, पहिरो, वर्षात र हिमपात बारेका गलत सूचना अफवाहविरुद्ध वैज्ञानिक अनुसन्धान र तथ्य विश्लेषणमा विश्वास गर्ने बानी र सूचना लिन आग्रह गर्ने । सामाजिक सञ्जालमा प्रकट हुने, सामूहिक, सामुदायिक, जातीय र धार्मिक हिंसाका विरुद्ध प्रेम विवेक र न्यायको सन्देश प्रवाह गर्ने । हामी सबै विविधतामा बाँचेका छाँै । समाज विविध रङको छ । यो सत्यलाई स्वीकार गरेर अन्य समुदाय समूहको अस्तित्वको सम्मान गर्दै व्यक्ति दोषी जतासुकै र जो कोही हुन सक्छ तर व्यक्तिको दोषलाई सामुदायिक धार्मिक र सामाजिक दोष भनेर कुनै पनि धर्म सम्प्रदाय र समुदायलाई दोषी देखाउने परिपाटीको सामूहिक प्रतिवाद गर्न सिकाउने । संवाद र समझदारीमा समस्याको समाधान सम्भव छ भन्ने विचारलाई व्यावहारिक रूप दिन प्रयत्न गर्ने । घृणा, उत्तेजना र आवेगलाई विवेकको मलम लगाउने सिद्धान्त निर्माण गर्ने । सामाजिक सन्जालमार्फत प्रेरणा लिएर सत्कर्म गरेका सिर्जनात्मक काममा लागेका र सफल भएका उदाहरण पेस गर्ने । सामाजिक सञ्जालको समुचित प्रयोगलाई अभिप्रेरित गर्ने विषयलाई नीति र निरन्तरता दिने विचारलाई प्रश्रय दिनु पर्छ । जागिर मात्र सबै कुरा हो भन्ने मानसिकता त्यागेर जल, जमिन, जङ्गल र जडीबुटीमा काम गर्नु पनि राम्रो र महìवपूर्ण काम हो भन्ने भावनाको विकास गर्नु पर्छ । सर्वप्रथम हामीले पढाउने पाठ्यव्रmमको सामयिक सुधार आवश्यक हुन्छ । भिडमा सच्चाइ देख्ने र भिडको पछि लागेर धारणा बनाउने परिपाटीले सामाजिक नैतिकता ध्वस्त बनाउँछ । भिड हरेक कुराको समाधन होइन भन्ने तìवबोध गर्न ढिलाइ गर्नु हुन्न ।
राष्ट्रिय पर्यटनमा साना होटेल
व्यवसायीले उठाएका विषय सम्बोधन हुन सके मात्र सरकारद्वारा लक्षित पर्यटक आउने र सोह्रौँ योजनामा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई प्रतिशतबाट सात प्रतिशत पुर्याउने लक्ष्य पूरा हुने छ । सबै तहका व्यवसायीलाई समान सहयोग गर्ने र सबैले अनुभूति गर्न सक्ने नीति कार्यव्रmमसहितको बजेट आउन सक्यो भने मात्र सरकारले प्रक्षेपण गरेको आर्थिक विकास, पर्यटन विकास सम्भव छ ।नेपालमा पर्यटनको अथाह सम्भावना छ भन्ने कुरालाई विभिन्न अध्ययनले समेत देखाएका छन् । सरकारकै वार्षिक बजेटमा पर्यटनका सम्भावनाका विषयमा निकै कुरा बोलिएका छन् । बजेटका पाँच प्रमुख प्राथमिकतामा कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन उद्योगको विकास तथा पूर्वाधार निर्माण र पाँच रूपान्तरणकारी क्षेत्रमध्ये पर्यटन प्रवर्धनलाई मुख्य क्षेत्रको रूपमा उल्लेख गरिएको छ र चालु आर्थिक वर्ष १६ लाख पर्यटन भिœयाउने पर्यटन प्रवर्र्धनका कार्यव्रmम सञ्चालन गर्ने भनिएको छ । नेपाल सरकारको चालु १६ औँ पञ्चवर्षीय योजनाका प्रमुख कार्यव्रmममा पर्यटन प्रवर्धन अन्तर्गत पर्यटन पूर्वाधारको विकास, पर्यटन बजारको विकास, विस्तार तथा सुदृढीकरण, गुणस्तरीय लगानी आकर्षण र पर्यटकीय व्रिmयाकलाप तथा गन्तव्यको विविधीकरण गर्ने, पर्यटन व्यवसायबाट उच्च मूल्य अभिवृद्धि गर्ने, वातावरणीय उत्तरदायित्व र दिगो अभ्यासको सुनिश्चितता, एक जिल्ला न्यूनतम एक पर्यटकीय गन्तव्य र एक स्थानीय तथा बहुपर्यटन गाउँ प्रवर्धन गर्ने र कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने, आतिथ्य व्यवस्थापनमा सुधार गर्ने उल्लेख छ । अहिले १०÷११ लाखको पर्यटन आगमनलाई अवको पाँच वर्ष अर्थात् २०८५÷८६ सम्म २५ लाख पु¥याउने, जिडिपीमा पर्यटन क्षेत्रको योगदान दुई प्रतिशतबाट सात प्रतिशत पु¥याउने लक्ष्य सोह्राँै योजनाको छ । पर्यटन प्रवर्धनका लागि वार्षिक बजेट, सरकारका आवधिक योजना, नीति कार्यव्रmममा पर्यटन विकासमा मार्फत देशलाई समृद्धिको मार्गमा लैजाने जुन लक्ष्य तय गरिएका छन्, त्यसलाई सफल बनाउने विभिन्न औजारमध्ये होटेल व्यवसाय प्रमुख हो भन्ने कुरामा दुईमत हुँदैन । आन्तरिक एवं बाह्य पर्यटकलाई बस्न, खान दिने सुविधासहित पहिलो आतिथ्यता गर्ने होटेल क्षेत्रले नै हो । अतिथि देवो भवःको भावमा साना ठुला सबै तहका होटेल तथा रेस्टुरेन्टहरूले समग्र पर्यटन क्षेत्रमा गरेको सहयोग उत्कृष्ट छ । अर्थतन्त्रमा यी क्षेत्रको योगदानलाई नजर अन्दाज गर्न सकिँदैन । तैपनि होटेल सङ्घ नेपालको सञ्जालभन्दा बाहिर रहेका साना होटेलहरू सरकारी नीति नियमका कारण चेपुवामा परेको दुःखेसो गर्छन् । होटेल व्यवसायी महासङ्घ नेपाल, आफू अन्तर्गतका सदस्य होटेल व्यवसायमा लगभग पाँच खर्ब हाराहारीमा लगानी रहेको र १३ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको दाबी गर्छ । लगानी र रोजगारीका हिसाबले पनि ठुलै योगदान दिएको यो क्षेत्रले विभिन्न कठिनाइका बाबजुद पनि पर्यटन उद्योगमा राम्रै योगदान दिएको छ । करिब करिब दुई लाखको हाराहारीमा रहेका यस्ता होटेल÷रेस्टुरेन्टमा बैङ्क तथा वित्तीय संस्थाको करिब दुई खर्बको लगानी रहेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी वार्षिक ६० अर्ब जति नेपाल सरकारलाई कर बुझाइरहेको दाबी छ ।सरकारले पर्यटन विकासमा जति कार्यव्रmम घोषणा गरे पनि त्यसको कार्यान्वयन खासै भएको पाइँदैन । सरकारले ठुला कार्यव्रmम घोषणा गर्छ तर नतिजा लक्ष्य अनुसार आएको पुष्टि हँुदैन । एउटा प्रत्यक्ष उदाहरण नेपाल सरकारले वार्षिक बजेट कार्यव्रmममा नेपाल सरकारका निजामती तथा संस्थानतर्फका कर्मचारीलाई अनिवार्य बिदा दिएर उनीहरूलाई घुम्न जाने वातावरण बनाई दिने कार्यव्रmम ल्याएको थियो तर त्यो कार्यव्रmम कार्यान्वयन नभई त्यसै गुमनाम भयो, होटेल व्यवसायी दिनेश चुके भन्छन्, “यदि त्यो कार्यव्रmम कार्यान्वयन भइदिएको भए सिङ्गो पर्यटन उद्योग नै लाभान्वित हुन्थ्यो ।” मुलुकको अर्थतन्त्र, रोजगारीमा समेत ससानो लगानीबाट पनि सामूहिक रूपमा ठुलो सहयोग गरिरहेका होटेलहरूलाई सहयोग गर्ने मामिलामा सरकार निकै उदासीन रहेको दुःखेसो व्यवसायीको छ । ३० भन्दा बढी कोठाका व्यावसायिक होटेलको वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य गरिएको छ । एउटा होटेलको मूल्याङ्कन गराउँदा कम्तीमा पनि तीनदेखि पाँच लाख रुपियाँ खर्च लाग्छ । यता ७० प्रतिशत होटेलहरू भाडामा छन्, उनीहरूको आफ्नै घर छैन, घरबेटीले निस्केर जाउ भनेको दिन होटेल बन्द गरेर जानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा ईआईए जस्ता व्यवस्थालाई अलि बढी सहज र लचक बनाई दिँदा यो क्षेत्रलाई राहत मिल्ने सुझाव व्यवसायीको छ । पर्यटकलाई सेवा दिने होटेल र रेस्टुरेन्टहरूले नै हुन । उनीहरूका जायज माग गुनासा सम्बोधन हुन सक्यो भने मात्र वातावरण सहज हुने र पर्यटन क्षेत्र थप प्रस्फुटित हुन पाउँथ्यो । अधिकांश होटेल व्यवसाय भाडामा रहेको अवस्थामा यस क्षेत्रलाई स्थायित्व दिन सरकारले नै भाडा नीति ल्याउनुपर्ने सुझाव व्यवसायीको छ ।औद्योगिक व्यवसाय ऐनमा विभिन्न क्षेत्रलाई उद्योग सरहको मान्यता दिइएको छ तर अर्थतन्त्रमा यति ठुलो योगदान दिएका साना होटेलहरूले उद्योग सरहको मान्यता नपाउँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित छन । यो क्षेत्रले अहिले पनि बिजुलीमा डिमान्ड शुल्क तिरिरहनु परेको अवस्था छ, यो खारेज गर्न भने पनि भएको छैन । खारेज हुनुपर्ने व्यवसायीको माग छ । सरकारले बर्सेनि अर्बांै रुपियाँ पर्यटन प्रवर्धनका लागि भनेर छुट्याउँछ तर मुलुकभित्र पर्यटन प्रवर्धनका लागि कुनै कार्यव्रmम भएको पाइँदैन । भइहाले पनि त्यसले कुनै प्रभाव पार्न सकेको छैन । आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि सांस्कृतिक र ‘फुड फेस्टिबल’ जस्ता कार्यव्रmम गरिरहनु पर्छ । जति भएका छन्, निजी क्षेत्रले आफ्नै बलबुतामा मात्र गरेको पाइन्छ । यति सङ्ख्यामा पर्यटन भिœयाउछौँ भनेर बजेटमा जति ठुला कुरा गरे पनि नेपाललाई चिनाउने कार्यव्रmम नै भएन भने कागजमा भनेर मात्र पर्यटक नआउने कुरा पक्का छ । अझ कुरा त हाम्रा सडकलगायतका पूर्वाधारको अवस्था त झन् दयनीय छन् ।व्यवसायीका लागि सरकारका निकायै पिच्छे दर्ता गर्नुपर्ने, नवीकरण गर्नुपर्ने व्यवस्थाले पनि व्यवसायीहरू वाक्क छन् । करिब आधा दर्जन सरकारी निकायमा दर्ता नवीकरणका लागि धाउनुपर्ने बाध्यता छ । यो समस्या सबै क्षेत्रका व्यवसायीहरूका लागि छ । यस्तो झन्झटिलो व्यवस्थाले व्यवसायीहरू हतोत्साहित भएकाले सबै कार्य एकै ठाउँबाट गर्न मिल्ने एकद्वार प्रणाली अविलम्ब लागु गर्नुपर्ने सुझाव व्यवसायीको छ । यसमा सरकारको वार्षिक बजेट पनि आउने चरणमा छ, यो कुराको सुनिश्चितता आगामी बैठकले गरोस् भन्ने चाहना आमव्यवसायीको छ । व्यवसायको अनुगमनका सम्बन्धमा सरकारी कार्य प्रणाली उदेक लाग्दो देखिन्छ । सिजनल ढङ्गबाट र कही कतै उजुरी प¥यो वा हाकिमलाई सनक चढ्यो भने व्यवसाय अनुगमन गर्ने प्रायः देखिन्छ । यसमा व्यवसायी, वाणिज्यका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र उपभोक्तावादी प्रतिनिधि सम्मिलित एउटा टिम स्थायीरूपमा स्थानीय तहमै गठन गरेर नियमित जसो अनुगमन गर्न सकियो भने त्यो प्रभावकारी हुने, आमउपभोक्ताले गुणस्तरीय सेवा पाउने र व्यवसाय स्तरीकरणमा समेत सहयोग पुग्थ्यो । हाम्रोमा चाडपर्वअघि मात्र अलि बढी चासो दिएर र व्यवसायीलाई तर्साएर अनुगमन गर्ने जुन अभ्यास छ, त्यो सर्वथा अव्यावहारिक र व्यवसायिक वातावरण धमिल्याउने खालको छ यसमा तत्काल सुधार आवश्यक छ ।अर्को घर बहाल कर पनि ठुलो समस्याको रूपमा रहेको छ । व्यवसायीलाई घर बहाल करको समस्याले निरन्तर नै सताइरहेको हुन्छ । अन्य व्यवसाय जस्तै साना होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू बढी सताइएका छन् । कानुन त घर बहाल कर घरधनी स्वयम्ले तिर्ने हो तर हाम्रोमा यो कर बहालमा बस्नेले तिर्दै आएका छन् । घर बहाल दिने सम्बन्धमा पनि सरकारको एउटा स्पष्ट नीति आउन सके कसैले पनि अन्यायको अनुभूति गर्न पर्दैनथ्यो । नेपाल सरकारका विभिन्न समिति, फोरम, परिषद्, बोर्डमा सम्बन्धित क्षेत्रका उद्योग वाणिज्य सङ्घहरूको प्रतिनिधित्व आवश्यक छ । त्यस्ता सबै निकायमा सही मानिसलाई समावेश गरिएको पाइँदैन । सही निकायमा सही प्रतिनिधित्व हुन सक्यो भने मात्र जुन प्रयोजनका लागि ती निकाय गठन गरिएका हुन त्यसको उद्देश्य पुरा हुन्थ्यो । सही निकायमा सही प्रतिनिधित्व नहँुदा जिम्मेवार क्षेत्रले आफू समावेश हुन नसकेको महसुस सधैँ गरिरहने र त्यस्ता निकायबाट उचित कार्य सम्पादन पनि नहुने रोगले सधैँ गाजिरहने छ । होटेल व्यवसायीहरूले ठुला र पर्यटकीय सहरहरूमा २४ सै घण्टा व्यवसाय खुल्ने वातावरण बनाई दिन पनि निरन्तर पहल गर्दै आएका छन् । यसबाट पर्यटनसहित आमसर्वसाधारण पनि लाभान्वित हुने व्यवसायीको दाबी छ । साना होटेलहरूले मुलुकको पर्यटनमा गरेको योगदानलाई राज्यबाट उचित कदर हुन नसकेको गुनासो व्यवसायीको छ । यो क्षेत्रले अहिलेसम्म पनि उद्योगको मान्यता पाउन सकेको छैन । अर्बौंको लगानी छ, लाखौँलाई रोजगारी दिएका छौँ, सरकारको राजस्वमा पनि राम्रै योगदान गर्छौं, अझ त्योभन्दा पनि आन्तरिक बाह्य पर्यटकलाई मुस्कानसहित सेवा दिन्छौँ तर बारम्बार कराउँदा पनि सरकारले यो क्षेत्रलाई उद्योगको मान्यता नदिएको उनीहरूको दुःखेसो छ । उद्योगको मान्यता पाउन सके सरकारबाट प्राप्त हुने सुविधा लिई व्यवसाय विस्तार गर्न सहयोग पुग्ने आशा उनीहरूको छ । पर्यटन प्रवर्धनमा कनिका छरे जसरी बजेट छुटयाइन्छ । त्यसले केही हुन सकेको पनि छैन । अन्धाधुन्ध बजेट खर्च भएको छ तर त्यसको सही सदुपयोग भएको महसुस हुन सकेको छैन । बजेटमा कार्यव्रmम राख्दा कुन कार्यव्रmम कोसँग मिलेर आयोजना गर्ने हो, त्यसको क्षेत्रगत निकायसमेत तोकेर कार्यव्रmम सम्पन्न गर्ने कुरा स्पष्ट उल्लेख गर्न सकिए त्यसको प्रभावकारिता पनि बढ्ने र कार्यव्रmम पनि सफल रूपमा कार्यान्वयन गर्न सकिने दाबी निजी क्षेत्रको छ । तिनै तहका सरकारको वार्षिक बजेट अब व्रmमशः आउँदै छ । बजेटमा ठुला कार्यव्रmमभन्दा पनि गर्न सकिने खालका कार्यव्रmम मात्र आउन भन्ने चाहना निजी क्षेत्रको छ । करको दायरा बढाउनुपर्ने कुरामा व्यवसायीको एकमत छ । होटेल व्यवसायीहरू खास गरी साना होटेल व्यवसायीहरूले भन्दै आएका रैथाने खाना, संस्कृतिको प्रवर्धनमा सरकारको राम्रो सहयोग यो क्षेत्रले खोजेको छ । पर्यटन बोर्ड जस्ता निकायले साना होटेलहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूसँग समेत सहकार्य गरेर पर्यटन प्रवर्धनमा काम गर्नुपर्ने आवाज बलियो छ । ‘विजनेस क्लास लेभल’ का होटेलमा वातावरण प्रभाव मूल्याङ्कन गर्ने व्यवस्थामा संशोधन गरिनुपर्ने, यस क्षेत्रलाई उद्योगको मन्यता दिनुपर्ने, एकद्वार प्रणालीमार्फत व्यवसाय दर्ता गर्ने सुनिश्चितता, जनशक्ति विकास लगायतका कार्यव्रmमलाई बजेटमा समेटिनुपर्ने सुझाव होटेल व्यवसायीको छ । व्यवसायीले उठाएका विषय सम्बोधन हुन सके मात्र सरकारद्वारा लक्षित पर्यटक आउने र सोह्राँै योजनामा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई प्रतिशतबाट सात प्रतिशत पु¥याउने लक्ष्य पुरा हुने छ । सबै तहका व्यवसायीहरूलाई समान सहयोग गर्ने र सबैले अनुभूति गर्न सक्ने नीति कार्यव्रmमसहितको बजेट आउन सक्यो भने मात्र सरकारले प्रक्षेपण गरेको आर्थिक विकास, पर्यटन विकास सम्भव छ ।
सिभिल अस्पतालले सन्ध्याकालीन सेवा सञ्चालन गर्ने
अस्पताल प्रशासनले शुक्रबार सूचना निकाल्दै जेठ ४ गतेदेखि सन्ध्याकालीन सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
८० प्रतिशत बजेट ठूला आयोजनामा केन्द्रित गर्न सांसद भट्टराईको सुझाव
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसद योगेश भट्टराईले पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि गर्न सरकारलाई आग्रह गर्नुभयो।
वनमन्त्री शाहीसँग युएईका सहायक विदेशमन्त्री बलालाको भेटवार्ता
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगोपन मामिलाका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
माओवादी केन्द्रको मध्यपहाडी अभियान बैतडीबाट सुरु
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आज बैतडीबाट सुरु भएको छ ।
कुलिङ पिरियड दुई वर्ष : निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
सङ्कटसँग जुध्न ‘सग्लो सगरमाथा’
हिउँले ढाकिएर सेताम्मे हुने हिमाल अब बिस्तारै काला हुन थालेका छन् । यो भन्ने सम्पूर्ण मानव जातिको भविष्यका लागि अँध्यारो सङ्केत पनि हो । विश्वलाई हामीले यही बुझाउन जरुरी छ । ‘सगरमाथा संवाद’ जलवायु परिवर्तन र त्यसको असरलाई नेपालले कसरी भोगिरहेको छ अनि मानव जातिको भविष्य कसरी अँध्यारो हुँदै छ भनेर देखाउन खोजिएको एउटा ऐना पनि हो । ‘जसरी विकासको नाममा शक्ति राष्ट्रले कार्बन उत्पादन गरिरहेका छन्, त्यसले नेपालका हिमाल कसरी पग्लिरहेका छन् भन्ने मेरा आँखाअघिका यी काला हिमालहरू साक्षी छन्’ दुई वर्षअघि सर्वोच्च शिखर सगरमाथाको फेदीमा उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले विश्वका नेतालाई भन्नुभएको थियो, “अब यो पागलपन बन्द गरौँ...।”पश्चिम अफनास्तानदेखि उत्तरपश्चिम पाकिस्तान अनि सुदूरदक्षिणको ताजकिस्तानसम्म लगभग ३५ हजार किलोमिटरसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रलाई चिनाउने एउटा ‘अग्लो’ परिचय हो, सगरमाथा । नेपाली भूमिको यो सेतो अटल स्तम्भ भनेको एसियाली महाद्वीपको ‘वाटर टावर’ पनि हो । जसका पाखा कन्दरामा अनेकौँ त्यस्ता हिमालय शृङ्खला छन् । यी तिनै हिमाल हुन्, जसले यहाँका करिब दुई अर्ब मान्छे अनि करोडौँ प्राणीको प्यास मेटाइरहेका छन् । जलवायु परिवर्तनका असरसँगै ‘अग्लो’ परिचयमाथि मडारिन थालेका धुमिल बादलहरूका बिच नेपालले ‘सगरमाथा संवाद’ सुरु गरेको छ । जलवायु परिवर्तनको असरले बिस्तारै सङ्कटको सँघारमा लत्रिँदै गरेको विश्व अनि यो ब्रह्माण्डका आधाभन्दा धेरै मान्छेको जीवन गाँसिएको यो सिङ्गो सगरमाथा मात्रै संसारले चिन्ने एउटा ‘माउन्ट एभरेस्ट’ होइन, अहिलेको सन्दर्भमा यो अर्बौं÷खर्बौं प्राणी जगत्को एउटा प्राण स्तम्भ पनि हो । नेपालले सुरु गरेको ‘सगरमाथा संवाद’ त्यसैको प्राण रक्षा गर्ने एउटा प्रस्थान विन्दु पनि जसमा हामीले बिस्तारै सारा विश्वका पाइला डो¥याउन सक्छौँ ।कसैले हिर्काएको हतियार सबैभन्दा पहिला कुनै अग्लो ठाउँमै लाग्छ । त्यस्तै अहिले विश्व शक्तिले उत्पन्न गरिरहेको कार्बनको सिधा प्रहार पनि यही अग्लो हिमालले खेपिरहेका छन् । जसको प्रतिफल हिमालका हिउँ बिस्तारै रित्तिइरहेका छन् । हिउँले ढाकिएर सेताम्य हुने हिमाल अब बिस्तारै काला हुन थालेका छन् । यो भन्ने सम्पूर्ण मानवजातिको भविष्यका लागि अँध्यारो सङ्केत पनि हो । विश्वलाई हामीले यही बुझाउन जरुरी छ । ‘सगरमाथा संवाद’ जलवायु परिवर्तन र त्यसको असरलाई नेपालले कसरी भोगिरहेको छ अनि मानवजातिको भविष्य कसरी अँध्यारो हुँदै छ भनेर देखाउन खोजिएको एउटा ऐना पनि हो । अन्टार्कटिका महाद्वीपपछि पृथ्वीमा पानीको सबैभन्दा ठुलो भण्डार यही हिन्दकुश क्षेत्र नै हो । जहाँ कैयौँ ठुला जलप्रणालीका नदी बेसिनहरू छन् । विश्वका करिब एक दर्जन ठुला नदी प्रणालीहरूको मूल मुहान भनेका यही क्षेत्रमा फैलिएका हिमाल हुन् । जसले पृथ्वीको जलप्रणालीमध्ये आधाभन्दा धेरै हिस्सा योगदान दिइरहेका छन् । यी हिमालका हिउँ भनेका यिनै नदीको पानीका मूल पनि हुन् । पछिल्ला केही दशकयता हिमालमा निरन्तर हिउँको कमी देखिइरहेको कैयाँै प्रतिवेदनहरूले विश्वलाई नै सूचित गरिरहेका छन् । हुन त हिउँको चरित्र नै हो यो पग्लिन्छ । हिउँ पग्लिनु कुनै नौलो कुरा होइन तर केही दशकयता जुन गतिमा हिमालयहरूको पग्लिरहेको छ त्यसले छिट्टै नै पृथ्वीमा भयानक सङ्कट निम्त्याउने छ भन्नेमा द्विविधा छैन । हामीले ‘सगरमाथा संवाद’ को रचना गर्दैगर्दा यो क्षेत्रकै हिमालय जीवन अध्ययन गरिरहेका विभिन्न निकायले हिमालको हिउँ पग्लिरहेका बारे धेरै अनुसन्धान प्रतिवेदनहरू दिएका छन् । तीमध्ये नेपालमै मुख्यालय रहेको अझ खास गरी हिन्दुकुश हिमालय क्षेत्रमै काम गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ताजा तथ्याङ्कले पक्कै पनि हामीलाई झस्काएकै हुनु पर्छ । त्यो प्रतिवेदन अनुसार हाम्रा हिमालयका हिउँ निकै अद्वितीय ढङ्गबाट हिउँको मात्रा घट्ने र छिटो पग्लिने व्रmम बढिरहेको पाइएको छ । त्यसले गर्दा यिनै हिमालको हिउँको पानीमा निर्भर रहेका कम्तीमा दुई अर्ब मानिसका पिउनेपानी, ऊर्जा र खाद्यसुरक्षा गम्भीर चेतावनी पनि अध्ययन प्रतिवेदन दिएको छ । ‘२०२५ को हिउँ अपडेट रिपोर्ट अनुसार, हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रमा लगातार तेस्रो पटक सामान्यभन्दा कम हिउँ परेको छ । यस वर्ष हिउँको स्थायित्व अर्थात् हिमपातपछिको अवधिमा जमेको हिउँ जमिरहने अनुपात विगत २० वर्षको कीर्तिमानी न्यूनतम स्तर माइनस २३.६ प्रतिशतमा झरेको छ । यो स्थिति हिन्दुकुश हिमालयबाट उद्गम हुने १२ ठुला नदी बेसिनहरूमा निर्भर लगभग दुई अर्ब मानिसको पानी सुरक्षाका लागि गम्भीर चिन्ताको विषय हो’ प्रतिवेदनले भने अनुसार यो निकै भयानक र डरलाग्दो अवस्था हो । यही अवस्था केही समयसम्म रहिरहे हाम्रो भविष्यको तवाही धेरै टाढा रहँदैन । यी हिमालय शृङ्खलाहरूमा निर्भर रहेका प्रमुख १२ नदीको पानीमा हिउँको स्थायित्व पनि घटिरहेको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदन अनुसार यस क्षेत्रका प्रमुख नदी बेसिनहरूको अवस्था यस प्रकार छ ः मेकोङ नदी – सन् २०१९ मा प्लस ८०.३ प्रतिशतबाट सन् २०२५ मा माइनस ५१.९ प्रतिशत गिरावट आएको छ । सलविन नदी – २०२० मा प्लस ४१.९ प्रतिशतबाट सन् २०२५ मा माइनस ४८.३ प्रतिशत गिरावट आएको छ । यलो रिभर – सन् २००८ मा प्लस ९८.२ प्रतिशतबाट २०२३ मा माइनस ५४.१ प्रतिशतमा झरेको थियो । सन् २०२५ मा भने माइनस १८.६ प्रतिशत घटेको छ । ब्रह्मपुत्र नदी – सन् २०१९ मा प्लस २७.७ प्रतिशतबाट सन् २०२५ मा माइनस २७.९ प्रतिशत घटेको छ । तिब्बती पठार – सन् २०२२ मा प्लस ९२.४ प्रतिशतबाट सन् २०२५ मा माइनस २९.१ प्रतिशत घटेको छ । याङत्से नदी – सन् २०२५ मा –२६.३ प्रतिशत घटेको छ । गङ्गा नदी – सन् २०१५ मा प्लस ३०.२ प्रतिशतबाट सन् २०२५ मा माइनस २४.१ प्रतिशत छ । यो भनेको लगभग २३ वर्ष यताकै कम हो । टारिम बेसिन – सन् २००६ मा प्लस २८.७ प्रतिशतबाट सन् २०२४ मा माइनस २६.९ प्रतिशत । सन् २०२५ मा माइनस चार प्रतिशत कायम देखिएको छ । सिन्धु नदी – सन् २०२० मा प्लस १९.५ प्रतिशतबाट सन् २०२४ मा माइनस २४.५ प्रतिशत । सन् २०२५ मा माइनस १६ प्रतिशत कायम देखिएको छ । हेलमन्द नदी – सन् २०१८ मा माइसन ४५.० प्रतिशतबाट सन् २०२० मा प्लस ४९.२ प्रतिशत । सन् २०२५ मा माइनस १५.२ प्रतिशत छ । अमू दरिया – सन् २००८ मा प्लस ४०.४ प्रतिशतबाट सन् २०२४ मा माइनस ३१.९ प्रतिशत । सन् २०२५ मा माइनस १८.८ प्रतिशत देखिएको छ । २००३ देखि २०२५ सम्मको २३ वर्षमा हिउँको स्थायित्वमा लगातार कमी र हरेक वर्ष जस्तो निकै तीव्र उतार चढाव देखिएको छ । जसका कारण जल प्रणाली र नदी बेसिनहरूमा व्यापक परिवर्तन देखिएको छ । यी नदीको पानीमा हाम्रा यिनै हिमालयका हिउँ पग्लिएर लगभग एक चौथाइ हिस्सा योगदान दिन्छ । यसमा आइरहेको निकै नाटकीय परिवर्तनका कारण त्यसले निम्त्याउने सङ्कट सन्निकट देखिन्छ । योसँगै अर्कोतिर हाम्रा हिमतालहरू पनि निरन्तर जोखिममा छन् । यस्तै हिउँको स्थायित्वमा आएका परिवर्तनका नेपालमा रहेका कैयौँ हिमतालमध्ये ४७ वटा हिमताल निकै जोखिममा छन् । जो कोशी प्रदेशमा ४२ वटा, गण्डकी प्रदेशमा ३ र कर्णाली प्रदेशमा २ वटा त्यस्ता हिमताल छन् । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका भनिएका नेपालमा करिब ३ हजार २५२ हिमनदी छन् । नेपालको कुल भूभागको लगभग ३ प्रतिशत हिस्सा ओगट्ने यी हिमताल र हिमनदीहरूबिच एकअर्कामा नङ मासु जत्तिकै अन्योन्याश्रित सम्बन्ध गाँसिएको हुन् । पछिल्ला दशकमा हिमाली क्षेत्रमा पनि निरन्तर तापव्रmम बढिरहेको छ । तराई क्षेत्रमा फैलिएको डेङ्गु हिमाली काखका मानिसहरूलाई समेत ग्रस्त बनाइरहेको यथार्थता त्यसको बलियो आधार हो । एउटा तथ्याङ्क अनुसार नेपालको उच्च हिमाली क्षेत्रमा हरेक वर्ष औसत ०.०६ डिग्री सेल्सियसका दरले तापमान वृद्धि भइरहेको छ । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र पृथ्वीको तापमानलाई एउटा निश्चित विन्दु (१.५) भन्दा माथि उठ्न नदिनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९२ मा तयार गरेको एउटा वैश्विक वाचालाई पनि निकै ठुलो धक्का हो । सन् २०२० को दशकसम्म आइपुग्दा हिन्दुकुश–हिमालय क्षेत्रमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको पाइएको छ । २०१० को दशकसम्ममा नेपालले लगभग २५ प्रतिशत हिमनदी गुमाइसकेको छ । त्यसको दर अझ तीव्र र निकै अद्वितीय पनि छ । जमेको हिउँमध्ये हरेक वर्षजसो एक मिटरभन्दा बढी क्षयीकरण भइरहेको छ ।उसै पनि शक्ति राष्ट्रहरूको अन्धविकास प्रतिस्पर्धाका कारण नेपाल र नेपाल जस्ता कैयौँ विकासशील देश जलवायु परिवर्तनको निकै भयानक सङ्कटसँग जुधिरहेका छन् । आफूले नगरेको गल्तीका कारण पनि सङ्कटको यो कर्कस परिस्थितिसँग जुध्नुपर्ने यस्तै नियति विश्व शक्तिहरूलाई सुनाउनका लागि सगरमाथा संवाद महìवपूर्ण साबित हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफँैले पनि भन्नुभएकै छ, “पृथ्वीको भविष्य सुनिश्चित होस् । मानव जातिको भविष्य सुनिश्चित होस् । यसका निम्ति हामी १६ देखि १८ मे २०२५ सम्म काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्दै छौँ । विश्वको साझा समस्या समाधान गर्न विश्वले साझा प्रयास अगाडि बढाउनु पर्ने छ ।”त्यसका निम्ति ... एक ठाउँमा बसेर छलफल गरौँ ... समस्या पहिचान गरौँं र ... समाधान निकाल्ने प्रयास गरौँ । यसैका लागि हामीले सगरमाथा संवादको आयोजना गरेका हौँ । यो मानव जातिको भविष्य, धर्तीको भविष्यसँग जोडिएको साझा समस्याको समाधानका लागि आउनुहोस्, सगरमाथा संवादलाई सफल बनाऔँ...!आउनुहोस् हामी सबै मिलेर सगरमाथाको यो सग्लो स्वरलाई विश्वमाझ पु¥याऔँ ।
पत्रकारितामा नैतिक प्रतिबद्धता
लोकतन्त्रलाई जगैदेखि बलियो बनाएर समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्ने हो भने अन्य क्षेत्रमा जस्तै पत्रकारिताका क्षेत्रमा पनि स्वतन्त्र मात्र होइन, उत्तरदायी समृद्ध पत्रकारिता आवश्यक हुन्छ ।नेपालमा पत्रकार आचारसंहिताका विषयमा निकै गम्भीर हुनुपर्ने अवस्था हिजो पनि थियो, आज पनि छ । नेपालबाट प्रकाशित हुने ‘ब्रोडसिट’, ‘ट्याबलोइड’, ‘म्यागेजिन’ र अरू अनलाइन र ‘सोसल मिडिया’ लाई हेर्ने हो भने अधिकांशमा आचारसंहिताको खिल्ली उडाएको देखिन्छ । स्रोत नै उल्लेख नगरी हावाका भरमा समाचार भनेर प्रकाशन प्रसारण गरिदिँदा त्यसले निम्त्याउन सक्ने भयावह अवस्था सहजै आँकलन गर्न सकिन्छ । नेपालमा आमसञ्चार माध्यमको तीव्र विकाससँगै पत्रकारिताको अभ्यास पनि दिन दोगुणा रात चौगुणा रूपमा फैलिँदै गएको छ । पत्रकारिता लोकतन्त्रको एक सबल आधारस्तम्भ हो भन्ने कुरामा दुई मत हुँदैन । लोकतन्त्रको बलियो आधार मानिँदै आएको भए पनि पत्रकारिताको प्रभावकारिता आमसञ्चार माध्यममा काम गर्ने पत्रकारले कतिको आचारसंहिताको परिपालना गरेका छन् भन्ने कुरामाथि निर्भर हुन्छ । पत्रकार आचारसंहिता तयार पारेर लागु गर्ने आधिकारिक संस्था प्रेस काउन्सिल नेपाल हो, जसले पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घसित सहकार्य गरेर मुलुकको पत्रकारितालाई विश्वसनीय, भरपर्दो र दिगो बनाउनका लागि आचारसंहिता तयार पारी त्यसको परिपालना गराउने काममा महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रेस काउन्सिलले एकाङ्की रूपमा नगरेर पत्रकार महासङ्घको संलग्नताले गर्दा यसले निर्माण गरेर लागु गरेको पत्रकार आचारसंहिता पत्रकारहरू आफैँले निर्माण गरेको भन्न सकिने भए पनि व्यावहारिक रूपमा आचारसंहिताको परिपालनामा थुप्रै चुनौती देखापरिरहेका छन् । हाम्रो पत्रकार आचारसंहिताले निष्पक्षता, वस्तुनिष्ठता, सूचनाको सत्यता, स्रोतको गोपनीयता, निजी जीवनको सम्मान, आपसी विश्वास, सूचनाको हकको रक्षा, उच्च व्यावसायिक अभ्यास, मानवीय त्रुटिका रूपमा कुनै सामग्री पस्कँदा गल्ती भइहाले छ भने त्यस्तो गल्ती सच्याउने तत्परता, मानव अधिकारको सदैव रक्षा, प्रेस स्वतन्त्रताको रक्षा, सामाजिक सदभाव कायम गराउन सदा तत्पर हुने जस्ता मूल्यमान्यतालाई समेटेको हुँदा पेसागत पत्रकारिताका लागि यी आचारसंहिताका बुँदा मेरुदण्ड नै हो भन्दा अत्युक्ति नहोला । खास गरी अनलाइन तथा डिजिटल माध्यमको व्यापक विकास र विस्तार अनि सामाजिक सञ्जालको विकासमा आएको बाढीले पत्रकार आचारसंहिताको परिपालन निकै कमजोर देखिएको छ । मुलुकको विकासमा योगदान गर्ने खालको पत्रकारिताको आवश्यकता आजको खाँचोका रूपमा रहेको छ । यस्तै पुष्टि नै नभएका गलत सूचनाहरू कागले कान लग्यो भन्दा कान नछामी कागका पछि दगुर्ने प्रवृत्तिले गर्दा धन्य अनुजा बानियाँ र रसेन्द्र भट्टराईका जस्ता उडन्ते हल्लालाई समाचार बनाउने प्रवृत्तिमा कमी आउन सकेको छैन । पहिले प्रकाशन प्रसारण गरिहालौँ अनि पछि हेरौँला भन्ने जस्तो प्रवृत्ति मौलाउँदा आज प्रकाशन प्रसारण गरेर भरे खण्डन र क्षमा याचना गर्नुपर्ने अवस्था आउँदा पत्रकारिता क्षेत्रकै निदारमा आज कलङ्कको कालो टिको लागेको छ । आमसञ्चार माध्यममा विज्ञापनको महìव सर्वोपरि छ । विज्ञापनबाट प्राप्त हुने आम्दानीले नै सञ्चार माध्यमको चुलो तातेको हुन्छ । विज्ञापन दाता र पत्रकारबिचको अनैतिक साँठगाँठले गर्दा कतिपय विज्ञापन पनि समाचारका रूपमा प्रकाशन प्रसारण गरिनु आमपाठकप्रति र सम्बन्धित सञ्चार माध्यममाथिको गद्दारी हो । बुझेर पनि बुझ पचाएका कारणले बेला बेला पत्रकारले नै आलोचना खेप्नु परेको छ । यस्तै कतिपय आमसञ्चार माध्यममा कुनै व्यक्तिले आफ्नो निहित स्वार्थ सिद्ध गर्ने ध्येयले मोटो रकम बुझाएर समाचार प्रकाशन प्रसारण गर्न लगाउने गरेको देखिन्छ । त्यसबाट पाठक दर्शकहरू सत्य तथ्य, सन्तुलित समाचारबाट वञ्चित हुन पुग्छन् । पेड न्युजको प्रवृत्ति ब्रोडसिटदेखि टेबलोइड र विद्युतीय माध्यममा पनि देखिँदै गएको धब्बा हो, यसलाई निस्तेज गर्न सबै तह र तप्का लाग्नु पर्छ । आमसञ्चार माध्यममध्ये अधिकांश आन्तरिक सम्पादकीय नीति, आचारसंहिताको कार्यान्वयन र स्वनियमन जस्ता कुरामा कमजोर देखिएका छन् । यसमा समयानुकूल सुधारका लागि सञ्चार माध्यमका प्रकाशक र सम्पादक तथा पत्रकारलाई समय समयमा तालिम र कार्यशाला गोष्ठीको आयोजना गर्नुपर्ने देखिन्छ । पत्रकारहरू यो वा त्यो कुनै पनि राजनीतिक आस्थामा विभाजित भइदिँदा उनीहरूले काम गर्ने आमसञ्चार माध्यमको निष्पक्षतामाथि नै प्रश्नचिह्न लाग्ने खतरा पैदा हुन्छ । नेपालका ग्रामीण क्षेत्रमा वा मोफसलमा बसेर पत्रकारिता गर्ने पत्रकारमा आचारसंहितासम्बन्धी जानकारी र प्रशिक्षणको अभाव छ, यसलाई बेला बेला सम्बोधन गर्न सकियो भने सुधारको अपेक्षा गर्न सकिन्छ । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यममा भएका आचारसंहिता उल्लङ्घनका उजुरीहरू हेर्ने, आचारसंहिता उल्लङ्घन भएको ठहरेमा चेतावनी दिने, नियमित अनुगमन गर्ने जस्ता काम गर्छ । प्रेस काउन्सिल नेपालको सिफारिस कार्यान्वयन बाध्यकारी नभइदिँदा यसको प्रभाव सीमित भएको देखिन्छ । अलिनो पनि नखाने नुन ढिकी पनि नफोर्ने हो भने पत्रकारिता क्षेत्रमा सुधार सम्भव नहुनाले सत्य, तथ्य, निष्पक्ष, स्वतन्त्र, उत्तरदायी, सबल र सन्तुलित आमसञ्चार माध्यमको समुचित विकास गर्न प्रेस काउन्सिलको अधिकार र पहुँच थप सुदृढ बनाउन सरकारको ध्यान जानु आवश्यक देखिन्छ । पत्रकारहरूको निरन्तर पेसागत तालिम र कार्यशाला सञ्चालन, स्वतन्त्र सम्पादकीय बोर्डको गठन र सशक्तीकरण, डिजिटल पत्रकारिता नियमनको स्पष्ट नीति निर्माण, प्रेस काउन्सिललाई अर्धन्यायिक अधिकार प्रदान, पत्रकार सङ्गठनहरूको नैतिक प्रतिबद्धता अभिवृद्धि गर्नु आवश्यक देखिएको छ । नेपालमा पत्रकारिताको लिखित इतिहास सुरु भएको १२५ वर्ष भइसक्दा पनि हाम्रो देशमा पत्रकार आचारसंहिताको परिपालनामा सुधारको खाँचो देखिन्छ । लोकतन्त्रलाई जगैदेखि बलियो बनाएर समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्ने हो भने अन्य क्षेत्रमा जस्तै पत्रकारिताका क्षेत्रमा पनि स्वतन्त्र मात्र होइन, उत्तरदायी समृद्ध पत्रकारिता आवश्यक हुन्छ । यसका लागि पत्रकार आचारसंहितालाई केवल दस्ताबेजमा सीमित नराखी सशक्त रूपमा अभ्यासमा उतार्न आवश्यक छ । नियामक निकायको सुदृढीकरण, आमसञ्चार माध्यमको आत्मस्वनियमन अनि आमसञ्चार माध्यमका सशक्त पार्टपुर्जाका रूपमा रहेका पत्रकारहरूको दरिलो नैतिक प्रतिबद्धताले नेपालमा पत्रकारिताको गुणस्तरीय र सुनौलो भविष्यको अपेक्षा गर्न सकिन्छ ।
संरचनागत परिवर्तनमा बजेट
औद्योगिक विकासको आधार तयार गर्न राज्यले गर्नुपर्ने महत्त्वपूर्ण काम भनेको दक्ष जनशक्ति उत्पादनमा लगानी हो । यसो गरेर मात्र वैदेशिक लगानी लिएर आउनेले प्रतिफल सुनिश्चित हुने वातावरण पाउने हुन् । शिक्षा, खास गरी प्राविधिक शिक्षा हासिल गरेको जनशक्तिले मात्र यस्तो खाँचो पूरा गर्छ ।सरकारको नीति तथा कार्यव्रmम संसदबाट पारित भएसँगै बजेटमाथि चासो र छलफल सुरु भएको छ । अनेक सङ्घ संस्था र व्यक्तिहरू आफ्ना हित अनुरूप बजेट आउनुपर्ने मागपत्र बोकेर अर्थमन्त्री र मन्त्रालयहरूमा पुगिरहेका छन् । उद्योगी, व्यापारी व्यवसायी, ठेक्का पट्टा गर्नेहरू, आयात निर्यात गर्नेहरू, कर्मचारी र प्रतिनिधि सभाका सदस्य यस्तो दबाब समूहमा अग्रपङ्क्तिमा पर्छन् जसका कुरा सरकारले यो वा त्यो ढङ्गले सुन्छ र सम्बोधन गर्छ । अनि ठुला र शक्तिशाली नेताका निर्वाचन क्षेत्रमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न राज्यकोषको भरपूर प्रयोग गर्ने विषय सबैभन्दा माथि पर्ने गरेको छ । प्रतिनिधि सभा सदस्य रहेका सांसदलाई निर्वाचन क्षेत्रका जनताको मत प्रभावित गरिरहन राज्यकोषबाट करोडौँ उपलब्ध गराउने आर्थिक अपराधमा त सिङ्गो संसद् र राजनीतिक दलहरूको एकमतो हुने गरेको छ । कतिपय करका दर निर्धारण हुनु अगाडि व्यापारीलाई सूचित गरिन्छ । तिनले कर बढ्ने सम्भावित वस्तुको आयात बजेट पेस हुनुअघि नै गर्छन् र अकुत नाफा कमाउँछन् जसको सानो लित्को पित्को हिस्सा पाएर राजनीतिक नेतृत्व मक्ख परिरहन्छ । यी यस्ता कुरा हुन् जसले हाम्रो अर्थतन्त्रको प्राथमिकतालाई गोलमाल गरिरहेका छन् र राज्यकोष सक्नेले चुस्ने पलाँसको फुलको रस जस्तो बनेको छ । जनसङ्ख्याको ठुलो हिस्साको प्रतिनिधित्व गर्ने साना तथा मझौला किसान, कृषि श्रमिक, अनौपचारिक क्षेत्रमा काम गरिरहेका सबैभन्दा पिँधका जनताका आवाज भने प्रायः बजेटमा प्रतिध्वनित हुँदैन । यसै गरी मानव विकास सूचकमा अत्यन्त पछि परेका क्षेत्रका जनसमुदायलाई शिक्षा, स्वास्थ्य सेवा, पोषणयुक्त खाना र सुरक्षित आवासका कार्यव्रmममा भने अड्कलेर बजेट छुट्याइन्छ, छुट्याए जस्तो गरिन्छ । उनीहरू सङ्गठित छैनन्, तिनका आवाज केवल सुस्केराका रूपमा उनीहरूका कार्यथलो र बासहरूमा मात्र सुनिन्छन्, सत्ता र शक्तिको केन्द्रसम्म हैन । आर्थिक रूपमा सबैभन्दा तल्लो तहमा पर्ने जनसङ्ख्याको ठुलो हिस्सा ओगट्ने समूहको ससाना मागलाई सत्तामा बस्नेहरूले दयाका रूपमा हेरिदिनुपर्ने विषयमा लिन्छन् । यस्तै हुँदै आएको छ । राज्यमा उपलब्ध स्रोत तथा साधनको वितरण उत्पादनमुखी क्षेत्रमा पुग्न भन्दा स्वार्थ समूहका हित रक्षा गर्नमा लक्षित हुन्छन् । पञ्चायतकालदेखि रहेको यो सनातन परम्पारका कारण हाम्रो अर्थतन्त्रमा जुन रफ्तारमा संरचनागत परिवर्तन हुनुपर्ने हो त्यस्तो भएको छैन । जसले अर्थतन्त्रको उत्थानका संरचनागत अवरोध हटाउनभन्दा जोगाइराख्न मद्दत गरेका छन् ।रूपमा पूरा भएको क्रान्तिनेपाल आमरूपमा पुँजीवादी प्रकृतिको समाज, उदारवादी राजनीतिक प्रणाली र पुँजीवादी अर्थतन्त्र भएको मुलुक हो । राजनीतिमा बाहेक पुँजीवादी विकास अपूर्ण र कट्मिरो खालको छ । पाकी नसकेको तर अलिकति गुलियो पसेको बेलौँती जस्तो । यस्तो कट्मिरोपन अर्थतन्त्रका हरेक क्षेत्रमा विद्यमान छन् । उन्नत कृषि यन्त्रबाट उत्पादन गरिरहेका कृषि फर्म पनि छन् । सयौँ वर्ष पहिले विकास भएका हलो, कुटो र कोदालोमा आधारित श्रम प्रधान खेती पनि चलिरहेकै छ । बिव्रmीका लागि उत्पादन गर्ने व्यावसायिक कृषि पनि छ र निर्वाहका लागि गरिने खेती पनि । घरेलु उद्योग मासिएर गएका छन् । जुद्धशमशेरका समयदेखि चलेका आधुनिक उद्योगले अझै अर्थतन्त्रलाई जम्मा चार प्रतिशतभन्दा कम योगदान गर्छन् । जम्मा २४ प्रतिशत योगदान गर्ने कृषिमा ५५ प्रतिशतभन्दा बढी श्रमशक्ति संलग्न छन् । अनि त्यो ५५ प्रतिशत श्रमशक्तिले गरेको उत्पादनले देशलाई पूरै आत्मनिर्भर बनाउन सकेको छैन जबकि उच्चस्तरका आधुनिक अर्थतन्त्रमा पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या संलग्न कृषिले देशलाई आवश्यक खाद्यान्न मात्र उत्पादन गर्दैन निर्यात पनि गर्न सक्छ । हामीकहाँ कृषि अर्थतन्त्रबाट सेवा प्रधान अर्थतन्त्रमा फड्को मार्दा उद्योग क्षेत्रको विकास छुटेको छ र यसले परनिर्भर उपभोगमुखी अर्थतन्त्रको विकास गरेको छ । अर्थतन्त्रको संरचनागत समस्या यहीँनिर छ ।हामीकहाँ २००७ सालदेखि २०६३ सम्मका सबै व्रmान्तिकारी हस्तक्षेप समाजलाई पुँजीवादी बाटोमा हिँडाउन भएका बुर्जुवा व्रmान्ति हुन् । अर्थात् पुँजीपति वर्गलाई उत्थान गर्न र सामन्तवादी अर्थतन्त्र, संस्कृति र राजनीतिलाई ध्वंस गर्ने उद्देश्यले भएका व्रmान्ति । तिनले व्रmान्तिपछि स्वतन्त्र र प्रगतिशील चरित्रको पुँजीवाद विकास गर्न सकेनन् । सस्तो मूल्यमा श्रम निर्यात गर्ने र सस्तै मूल्यको उत्पादित वस्तु आयात गरेर निर्वाह गर्ने । यसैबाट राज्यको ढुकुटीमा पनि पैसा व्यवस्थापन गर्ने आमजनताको उपभोगको स्तर पनि वृद्धि गर्ने । आफूले उत्पादन नगर्ने या ज्यादै कम गर्ने । अर्थतन्त्रको यही चरित्रले हो देशभित्र रोजगारी सिर्जना गर्न नसकेको, अर्थतन्त्र उकासिन र जिडिपी र प्रतिव्यक्ति आयस्तामा उल्लेख्य प्रगति हुन नसकेको । अर्थतन्त्रको यो संरचनागत अवरोध जहिलेसम्म रहन्छ, तहिलेसम्म जति बजेट आए पनि त्यसले आमजनतालाई ललिपपको काम त गर्छ तर गरिबी र व्यथा बदल्दैन । एउटा दुष्चव्रmमा फसिरहन्छ । यसले नेपालको पुँजी, व्यवस्थापकीय क्षमता र श्रमशक्तिको उत्पादक शक्तिको फुक्काफाल विकास हुन अवरोध गर्छ र २०६३ को पुँजीवादी व्रmान्तिको कार्यभार अधुरो नै रहन्छ । बजेटले जोड दिनुपर्ने क्षेत्रबजेटले समात्नुपर्ने लक्ष्य भनेकै यस्तो संरचनागत अवरोध छिनाल्नु हो । उत्पादक शक्तिलाई पूर्ण स्वतन्त्र बनाउनु, समग्र साधन र स्रोतको वितरणलाई अधिकतम उत्पादनमुखी क्षेत्रतिर प्रवाहित गर्नु हो । यसका लागि आन्तरिक पुँजी र प्रविधिले मात्र पुग्दैन । प्रत्यक्ष वैदेशिक लगानी र ऋणको उपयोग अनिवार्य बन्न जान्छ । यस्तो ऋण सरकारी क्षेत्रले पूर्वाधार विकासमा लिने मात्र होइन निजी क्षेत्रलाई पनि वैदेशिक ऋण लिन अनुकूल वातावरण सिर्जना गर्नु आवश्यक छ । यसै गरी कृषि क्षेत्रमा प्रत्यक्ष या पोर्टफोलियो दुवै तरिकाको वैदेशिक लगानीलाई बाटो खुला गर्नु आवश्यक छ । कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिन दिँदा कति क्षेत्रफल या कुन मात्रको उत्पादन गर्ने, के केमा लगानी गर्ने, उत्पादित वस्तु आन्तरिक बजारमा कति आपूर्ति गर्ने र कति प्रतिशत निर्यात गर्नुपर्ने भन्ने पहिले नै तय गरिनु पर्छ । यस्तो लगानीले नेपालमा प्रविधि र ज्ञानको हस्तान्तरण सुनिश्चित गरेको हुनु पर्छ । वैदेशिक लगानी ठुलो स्केलको फार्ममा मात्र ल्याउने निश्चित गर्नु पर्छ । यसै गरी विश्व आपूर्ति शृङ्खलासँग जोडिएका पार्टपुर्जा उत्पादन र ‘एसेम्बलिङ’ उद्योगको स्थापना र विकासलाई प्रोत्साहन गर्नु जरुरी छ र यस्तो उत्पादनमा वैदेशिक लगानीलाई सहज बनाउनु पर्छ । कर छुट, बाहिर लान पाउने मुनाफाको दर र सेयर बिव्रmी वितरणलाई पारदर्शी हुने गरी कानुनी व्यवस्था गर्नु पर्छ ।ठुला व्यवसायी कर छल्ने, सरकारलाई दबाब दिएर या घुस दिएर कम कर तिर्ने, आयात गरिने सामानमा कम भन्सार मूल्याङ्कन गराएर उपभोक्ताबाट अत्यधिक नाफा लिने अवस्थामा नियन्त्रण गर्नु पर्छ । करका दर बढाउनेतिरभन्दा करको दायरामा धेरैलाई समेट्ने उपाय अवलम्बन गर्नु पर्छ । यसरी मात्रै कानुनका अगाडि सबै समान छन् भन्ने सन्देश जान्छ र स्वच्छ रूपमा व्यवसाय गर्नेहरू प्रोत्साहित हुन्छन् । यो सजिलो उपायबाट धन कमाउन मात्र होइन मेहनत गरेर र जोखिम मोलेर दीर्घकालीन रूपमा काम गर्नेहरूका लागि प्रोत्साहित गर्ने एक मात्र उपाय हो । ठुला कृषि फर्मको अर्थ पनि यसैमा खुल्नु पर्छ । ठुला कृषि फर्मले प्रशोधन उद्योगहरूका लागि कच्चा पदार्थको निरन्तर र सहज आपूर्ति सुनिश्चित गर्न सके भने ठुला फर्म आफँैले प्रशोधन उद्योग पनि सञ्चालन गर्न सके भने मात्रै आन्तरिक सर्कुलेसनको एउटा चव्रm निर्माण हुन्छ । यसले आन्तरिक स्रोतमा आधारित दिगो र राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्ने अर्थतन्त्र निर्माणमा सहयोग पुग्छ । अर्थतन्त्रको संरचनागत अवरोध हटाउने यो नै अर्थपूर्ण उपाय हो ।औद्योगिक विकासको आधार तयार गर्न राज्यले गर्नुपर्ने महत्त्वपूर्ण काम भनेको दक्ष जनशक्ति उत्पादनमा लगानी हो । यसो गरेर मात्र वैदेशिक लगानी लिएर आउनेले प्रतिफल सुनिश्चित हुने वातावरण पाउने हुन् । शिक्षा, खास गरी प्राविधिक शिक्षा हासिल गरेको जनशक्तिले मात्र यस्तो खाँचो पूरा गर्छ । अहिले नै चीनबाट बाहिरिन चाहने कतिपय अमेरिकी कम्पनी भियतनाम गएका छन् तर भारत आउन सकेका छैनन् । त्यसको खास कारण नै श्रमको उत्पादकत्व चीनका तुलनामा भारतमा कम भएर हो ।विकास र जनताका आर्थिक वृद्धि र गरिबी घटाउने कुरा अन्तरसम्बन्धित छन् । आर्थिक वृद्धिबिना त गरिबी हटाउन सक्ने कुरा भएन । आर्थिक वृद्धिका लागि सम्पूर्ण श्रमशक्तिको उच्चतम प्रयोगको सम्भावना प्रयोग हुनु पर्छ । त्यसका लागि हाम्रो जस्तो समाजमा उत्पादकत्व पूर्ण उपयोग हुन नदिइएका दलित, महिला समेतलाई पूर्ण र उन्मुक्त रूपमा श्रम र आर्थिक कारोबारमा संलग्न हुन पाउने अवस्था सिर्जना हुनु पर्छ । अध्ययनका अवसर, आफ्नो वैयक्तिक क्षमताको पूर्ण विकास र उपयोग गर्ने वातावरण सिर्जना हुनु पर्छ । राज्यले त्यसमा लगानी गर्नु पर्छ ।यसै गरी मानव विकास सूचक कमजोर भएका जिल्ला र स्थानीय तहमा विशेष कार्यव्रmम लागु गरेर उक्त समूहको जीवनस्तर उकास्ने, साक्षर र शिक्षित बनाउने, अब हुर्कने कोही पनि बालबालिकाले कमसेकम १२ कक्षासम्मको शिक्षा पाओस, त्यसपछि कम्तीमा प्राविधिक विषयको एउटा विधामा दक्ष बनोस्, कुपोषण हटाउने कार्यव्रmम लागु होस् । महिला सशक्तीकरणका कार्यव्रmम लागु होउन् । सामाजिक विभेदका सबै परम्परामाथि राज्यले हस्तक्षेप गरेर सबैलाई समान नागरिकका रूपमा समाजमा उचो शिर गरेर हिँड्ने अवस्था सिर्जना गरियोस् । यति भयो भने उसको उत्पादन क्षमताको पूर्ण प्रयोग हुन्छ । परिवार सुखी हुन्छ र समाज पनि धनी र सम्पन्न हुने आधार बन्छ । आउने बजेटले सबै लोलोपोतो छाडेर यति मात्र कुरा गरे पनि समाजले ऐतिहासिक ‘डिपार्चर’ लिने छ । साना साना योजनामा सङ्घीय बजेट छर्ने, सांसदलाई भोट किन्न पैसा वितरण गर्ने, मुख्य र ठुला नेतालाई खुसी पार्न बजेट उनीहरूको जिल्लामा केन्द्रित गरिदिने, कुनै एउटा व्यापारीबाट प्राप्त हुने लाभका लागि करका दर घटबढ गर्ने सनातन परम्पराबाट बजेट मुक्त हुनै पर्छ । अन्यथा यो बजेट पनि सरकार भएकाले पेस गरेर कर्मकाण्ड पूरा गर्ने तहबाट माथि उठ्न सक्ने छैन ।
प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
मृत भेटिएका अरविन्दको हत्या भएको परिवारको दाबी
उखु खेतमा मृत भेटिएका सर्लाहीको किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको हत्या भएको परिवारले दाबी गरेको छ । चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २६ वर्षीय अरविन्द ईश्वरपुर नगरपालिका ८ स्थित उखु खेतमा मङ्गलबार मृत भेटिनुुभएको थियो ।