दल, अभियन्ता, प्राज्ञिक र बौद्धिक व्यक्ति कोही कतै पनि सुसंस्कृति निर्माणमा लागेको, गलत मानक भत्काएर असल मानक बनाउन देखिएका छैनन् । दृष्टान्त नै सिद्धान्त बनाएर हिँड्ने र पथप्रदर्शन गर्ने अगुवाको कमी देखिन्छ । समाज यस्तै हो, समाजभन्दा भिन्न किन हुनु प¥यो र भनेर केही आशालाग्दा अनुहार पनि सैद्धान्तिक विचलनतिर गएको देखिन्छ । तथ्य, सत्य र निष्ठाको बाटो दुरूह, कहालीलाग्दो र पट्यारलाग्दो हुन्छ ।
निराशा, अवसाद र विषादको कुरा गर्ने मान्छे संसारमा थुप्रै छन् । सामान्य असहमतिमा पनि मान्छेहरू उदासीन बन्छन् र नकारात्मक विचार प्रकट गर्छन् । सामान्य इस्युलाई ‘जनरलाइज्ड’ गरेर प्रतिव्रिmयात्मक हुने आममान्छेको प्रवृत्ति बनेको पाइन्छ । ‘ब्याड न्युज इज गुड न्युज’ भन्ने वैचारिकी अब पनि तोड्न सकिएन र ‘गुड न्युज इज गुड न्युज’ को भाष्य हाम्रा पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल र समाजमा बनाउन सकिएन भने भोलिको पुस्ताले हामीले बनाएको गलत भाष्य र वैचारिकीको कारण हामीलाई धिक्कार गर्ने छ । दुत्कार गर्ने छ । भ्रम र बेइमानीको व्यापार गर्ने पुस्ता र दस्ताका रूपमा मूल्याङ्कन गर्ने छ ।
असल संस्कृति बसाउन नसकेको पठनपाठनको आदत नबनाएको र सार्वजनिक सञ्चार माध्यममा आएका विषय र कुराको सत्यापन नगरी प्रचार प्रसार गर्ने अभ्यास गरे गराएकोमा भाबी पुस्ताले हाम्रो योग्यता, क्षमता, आचरण र अभ्यासमा नैतिक र धारिलो प्रश्न गर्ने छन् । गलत प्रवृत्ति र परिपाटीका लागि साहसी भएर आफ्नो धारणा, विचार र ट्रेन्ड बनाउन नसकेको भन्दै आपत्ति गर्ने छन् । सम्बन्धित निकाय र सरोकारवालालाई खबरदारी गरेर सच्याउन नसकेकोमा खेद प्रकट गर्ने छन् । निकम्मा पुस्ताको दज्र्यानी चिह्न प्रदान गर्ने छन् ।
स्वतन्त्रता र लोकतन्त्र गणतन्त्रको दुहाई दिएर जे पनि भने, जे पनि (जायज नाजायज, अराजक, अश्लील र अनैतिक) बोलिने सामाजिक सञ्जालमा जे पनि राखिने वृत्ति र प्रवृत्तिको कारण समाज मनोरोगी बन्दै गएको कुरा छर्लङ्ङ छ । यसतर्फ खतरा आउँदै छ भनेर विज्ञहरूले भनिरहेका पनि छन् । बालबच्चा, युवा, वृद्धा सबै जना सामाजिक सञ्जालमा आएका खराब कुराको सिकार बनेका र लतमा परेका कुरा पनि सर्वविदितै छ । सामाजिक सञ्जाल प्रयोगलाई सिर्जनात्मक बनाउन र लतलाई छोड्न धेरै कुरा गर्नुपर्ने छ । सामाजिक सञ्जालका कारण पारिवारिक विगठन, आत्महत्या दुरुत्साहन, ‘ब्ल्याक मेलिङ,’ सामाजिक नैतिक चरित्र ध्वस्त, बिजनेस व्यापार चौपट मानसिक समस्या, मानसिक यातना थ्रेट, गोप्यता भङ्ग, समयको बरबादी आदि जस्ता विकृति सर्वत्र देखिएका छन् ।
गलत मनोविज्ञानका कारण देश बर्बादीको खाडलमा जाँदा पुस्तौँपुस्ताले आजको पढेलेखेको र प्राज्ञिक वर्गलाई तिनले प्राप्त गरेको शिक्षा, समझ र विवेकप्रति धारिलो व्यङ्ग्य गर्ने छन् ।
विरासतमा गर्व गर्नुपर्ने पुस्ताले नफरत ग¥यो भने हाम्रो ज्ञानको उपहास हुने छ । ज्ञान एउटा महìवपूर्ण शक्ति र सत्ता हो । सही ज्ञान र शक्तिले संसार हल्लाउन सक्छ तर ज्ञानको रूपमा गलत ज्ञान र स्वच्छन्द ज्ञान वितरण गरियो, प्रचारप्रसार गरियो भने त्यसले समाज राष्ट्र र विश्वलाई पार्ने प्रभाव दीर्घकालीन हुन्छ । गलत ज्ञानका कारण समाजमा आएको र बनेको मनोवृत्तिले गर्ने हानिले देशको अस्तित्व र मनोविज्ञानमाथि नै प्रहार गर्ने छ ।
अतः सकारात्मक मनोविज्ञान र नवीन ऊर्जाका लागि अबको ज्ञान, विज्ञान, साहित्य, कला, सङ्गीत र राजनीतिले काम गर्नु पर्छ, त्यतातिर आमबौद्धिक प्राज्ञिक र विवेकशील मान्छेहरू किन घोत्लिएका छैनन् ? खराब संस्कृति उत्पादन प्रसारण र प्रयोग गर्ने काममा हामी जानेर नजानेर दुरुपयोग भएको कुरा अब बिर्सन मिल्दैन । सार्वजनिक भएका कुनै पनि विषयको फ्याक्ट चेक नगरी विषयलाई हाइलाइट गरिदिने काम तथाकथित बौद्धिक र प्राधिकारपूर्ण व्यक्तिहरू प्राडामार्फत भएका छन् । विश्व त्यस्तो युग र समयमा छ, जहाँ लाखौँ सन्देश र विचारहरू क्षणभरमा प्रवाहित भइरहेका हुन्छन् । दुर्भाग्यवश सबै सन्देश र विचार सधैँ सत्य विवेक र निष्ठामा आधारित भएर आउँदैनन् । अनेक अफवाह र भ्रमका भाष्यहरू बनेर समाजलाई तरङ्गित गर्न आइपुगेका हुन्छन् । यस्तो विषम समयमा बौद्धिक र प्राज्ञिकहरूको धर्म हुन्छ सत्य र असत्यबारे समाजलाई सुसूचित गरिदिनु ।
के हामी निराशातर्फ मात्र उन्मुख छौँ ? आशाको उज्यालो बाँकी छैन ? विदेश जानेहरू नेपाल फर्केर आफ्नै माटो खोस्रेर पसिनाले सिञ्चित गरिरहेका छैनन् ? स्वदेशमै बसेर देशको लागि मात्र काम गर्नेहरू नभएका हुन् ? आशावादिताको कुनै सूचकाङ्क हामीसँग बाँकी छैन ? गलत न्यारेटिभ रोक्ने कुनै विधि र पद्धति छैनन् । स्वतन्त्रता भनेको निर्बाध र अकन्टक हुन्छ ? स्वतन्त्रताका सीमा परिधि र मानकहरू हुँदैनन् ? विधि पद्धति प्रव्रिmया नियम र नैतिकताबिनाको स्वतन्त्रता कस्तो हुन्छ ? अधिकार र कर्तव्य स्वतन्त्रतासँग हिँड्ने र कहिल्यै छुटाउन नमिल्ने विषय होइनन् ? स्वतन्त्रता समता र न्यायिक आवाज सत्ता र शक्तिको आसन अनुकूल र प्रतिकूल हुन्छ र ? दोहोरो मापदण्ड अपनाएर गरिने व्यवहार स्वतन्त्रताको हकमा न्यायको हकमा कति उचित कति अनुचित ? बोली व्यवहार र सिद्धान्त पानी रङको मात्र हुने हो ? जुन रङ भेट्यो त्यसैमा रङ्गिने ? खै विश्वसनीयता ? खै सिद्धान्त ? खै निष्ठा ? खै नैतिकता ?
दलहरू, अभियन्ताहरू, प्राज्ञिक र बौद्धिक व्यक्तिहरू कोही कतै पनि सुसंस्कृति निर्माणमा लागेको, गलत मानक भत्काएर असल मानक बनाउन देखिएका छैनन् । दृष्टान्त नै सिद्धान्त बनाएर हिँड्ने र पथप्रदर्शन गर्ने अगुवाहरूको कमी देखिन्छ । समाज यस्तै हो, समाजभन्दा भिन्न किन हुनु प¥यो र भनेर केही आशालाग्दा अनुहारहरू पनि सैद्धान्तिक विचलनतिर गएको देखिन्छ । तथ्य, सत्य र निष्ठाको बाटो दुरूह, कहालीलाग्दो र पट्यारलाग्दो हुन्छ । समाजले एक्लै हिँडेको देखेर खिसिट्युरी पनि गर्छ ती सब पचाएर समाजलाई लिड गर्नेले आफू एक्लै र निसाहय हुँदा पनि निष्ठाको बाटो यो हो र यस्तो हुन्छ भनेर दृष्टान्त प्रस्तुत गर्नु पर्छ । त्यसो गर्ने व्यक्तिहरू अपवादको पनि अपवादमा मात्र बाँकी छन् ।
समाज र सोच बदल्ने भाष्य
समाज बदल्न सोच्ने तरिका बदल्नु पर्छ । आमव्यावहारिक जीवनको लय फेर्नु पर्छ । शैली पृथक् र आकर्षक बनाउनु पर्छ । नवीन भाष्यको खोजी गर्नु पर्छ । काम नगरी खाने संस्कृति निरुत्साहित गरी काम गरेर खाने संस्कृतिलाई बढवा दिनु पर्छ । इतिहासको पुनर्लेखन गर्नु पर्छ । इतिहास लेख्न छुटाइएका इतिहासमा योगदान गरेका दलित र जनजाति महिलाको इतिहासको सही व्याख्या आवश्यक छ । समाज र समयलाई यो अध्यायसम्म ल्याइपु¥याउने समुदायको योगदानको चर्चा गरिनु पर्छ । नवीन भाष्य यस्तो सोच दृष्टिकोण र आयाम हो, जसले गलत ज्ञान अवैज्ञानिक र नकारात्मक धारणा, प्रवृत्तिलाई चुनौती दिएर सकारात्मकताको स्थापनार्थ काम गर्छ । स्वास्थ्यमा अन्धविश्वासको बदला वैज्ञानिकता र औषधोपचारमा जोड, जातीय भेदभाव र परम्पराको नाममा हुने विभाजन र छुवाछुतको प्रतिवाद सिकाउनु पर्छ ।
जन्मकै आधारमा श्रेष्ठ हुने र कोही अयोग्य, कोही पवित्र र कोही अपवित्र ठान्ने प्रवृत्तिको विरुद्ध योग्यता तन्त्रका बारेमा विमर्श गर्ने जनमत तयार पार्नु पर्छ । मानव जन्मले होइन, उसको सामाजिक मूल्य उसले गर्ने कर्मले, चेतनाले र विवेकले निर्धारण गर्छ भन्ने भाष्यको निर्माण गर्नु पर्छ । लैङ्गिक असमताविरुद्ध समताको भाव विकास गर्ने र छोरा होस् या छोरी दुवैलाई शिक्षा, स्वतन्त्रता र आत्मनिर्भरताका लागि उत्प्रेरित गर्ने वातावरण सिर्जनाका लागि । महामारी, भूकम्प, बाढी, पहिरो, वर्षात र हिमपात बारेका गलत सूचना अफवाहविरुद्ध वैज्ञानिक अनुसन्धान र तथ्य विश्लेषणमा विश्वास गर्ने बानी र सूचना लिन आग्रह गर्ने ।
सामाजिक सञ्जालमा प्रकट हुने, सामूहिक, सामुदायिक, जातीय र धार्मिक हिंसाका विरुद्ध प्रेम विवेक र न्यायको सन्देश प्रवाह गर्ने । हामी सबै विविधतामा बाँचेका छाँै । समाज विविध रङको छ । यो सत्यलाई स्वीकार गरेर अन्य समुदाय समूहको अस्तित्वको सम्मान गर्दै व्यक्ति दोषी जतासुकै र जो कोही हुन सक्छ तर व्यक्तिको दोषलाई सामुदायिक धार्मिक र सामाजिक दोष भनेर कुनै पनि धर्म सम्प्रदाय र समुदायलाई दोषी देखाउने परिपाटीको सामूहिक प्रतिवाद गर्न सिकाउने । संवाद र समझदारीमा समस्याको समाधान सम्भव छ भन्ने विचारलाई व्यावहारिक रूप दिन प्रयत्न गर्ने । घृणा, उत्तेजना र आवेगलाई विवेकको मलम लगाउने सिद्धान्त निर्माण गर्ने । सामाजिक सन्जालमार्फत प्रेरणा लिएर सत्कर्म गरेका सिर्जनात्मक काममा लागेका र सफल भएका उदाहरण पेस गर्ने । सामाजिक सञ्जालको समुचित प्रयोगलाई अभिप्रेरित गर्ने विषयलाई नीति र निरन्तरता दिने विचारलाई प्रश्रय दिनु पर्छ ।
जागिर मात्र सबै कुरा हो भन्ने मानसिकता त्यागेर जल, जमिन, जङ्गल र जडीबुटीमा काम गर्नु पनि राम्रो र महìवपूर्ण काम हो भन्ने भावनाको विकास गर्नु पर्छ । सर्वप्रथम हामीले पढाउने पाठ्यव्रmमको सामयिक सुधार आवश्यक हुन्छ । भिडमा सच्चाइ देख्ने र भिडको पछि लागेर धारणा बनाउने परिपाटीले सामाजिक नैतिकता ध्वस्त बनाउँछ । भिड हरेक कुराको समाधन होइन भन्ने तìवबोध गर्न ढिलाइ गर्नु हुन्न ।