जेनेभा, जेठ २३ गते । चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको छ । विश्लेषणमा यो प्रतिशत फेब्रुअरीको तुलनामा तीन गुणा वृद्धि भई मे महिनाको सुरुमा ४.७ प्रतिशत पुगेको छ ।
यसले बच्चाहरूमा गम्भीर कुपोषणका घटनाहरूमा वृद्धि भएकाले प्रतिरक्षा प्रणाली कमजोर भई जीवनलाई जोखिममा पार्ने अवस्था आउने प्रतिवेदनमा उल्लेख छ । उत्तरी र दक्षिणी गाजा पट्टीको रफाहमा इजरायली आक्रमणका कारण गम्भीर अवस्था सिर्जना भएको र यहाँ स्वास्थ्य केन्द्रहरू बन्द गर्न बाध्य पारिएपछि चिकित्सा जटिलता देखिएको र बच्चाहरू उपचार प्राप्त गर्नबाट बञ्चित बनेको देखिएको छ । रासस/क्यूएनए