• ३ जेठ २०८२, शनिबार

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुँदै नेपालमा रहनुभएका जापानका उपविदेशमन्त्री इक्युना आकिका । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहनुभएका जापानका उपविदेशमन्त्री इक्युना आकिकाले शनिबार शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधाननमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिनुभयो ।


प्रधानमन्त्री ओलीले अनुकुल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताउनुुभयो ।

भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुुन्थ्यो ।