मध्य र पश्चिम तराईमा तीन दिन तातो हावा चल्ने
आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिको गणना सुरु
जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु गरिएको छ ।
यता हेर्यो सिक्लेस, उता हेर्यो ताङतिङ
हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ ।
रत्नेचौरमा फूलेको सूर्यमुखीले पर्यटक आकर्षित
म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा गरिएको सूर्यमुखी फूलको खेतीले पर्यटक आकर्षित गरेको छ । स्थानीय किसानले रत्नेचौरको फाँटमा लगाएको सूर्यमुखी फूलको खेतीले फाँटको सौन्दर्य बढाएको छ ।
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।
सडक कालोपत्रे भएपछि कृषक उत्साहित
सडक कालोपत्रे भएसँगै बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका युवा कृषक टेकनारायण आचार्यलाई ताजा तरकारी बेनी बजार पुर्याउन सहज भएको छ ।
नारायणघाट–बुटवल सडकमा अवरोध भए एक घण्टाभित्र समाधान गर्नुपर्ने
बर्खाको समयमा नारायणघाट बुटवल सडकखण्डमा अवरोध भएमा एक घण्टाभित्र खुलाई सक्नुपर्ने भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरूले सडक निर्माणसँग सम्बन्धित पक्षहरूसँग विनयी त्रिवेणी गाउँपालिकाको बर्दघाटमा छलफल गरी यस्तो निर्देशन दिएका हुन् ।
नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख
दाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको जग्गा कहाँकहाँ कति छ भन्ने अद्यावधिक अभिलेख निजी गुठी सञ्चालकसँग नै नरहेको पाइएको छ । निजी गुठी सञ्चालकको समिति त छ तर समितिसँग गुठीको नाममा कहाँकहाँ कति कति जग्गा छ भन्ने अभिलेख नै छैन ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेको माग
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।
पोखरामा करिब एक करोडको चोरी गर्ने पक्राउ
पोखरामा एक करोडभन्दा बढीको धनमाल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीलाई कास्की प्रहरीले सार्वजनिक गरेको हो ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजमाथि छलफल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल सम्पन्न गरेको छ ।
प्रकाशमानको स्वास्थ्य अवस्था बुझ्न नेता महर भारतमा
भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत कांग्रेस नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता नैनसिंह महरले अस्पताल पुग्नु भएको छ ।
निःशुल्क हुने बिमासमेत गर्दैनन् किसान
भागेश्वर गाउँपालिका–४, बगरकोटका भीम सार्कीले ४५ वटा बाख्रा पाल्नुभएको थियो । गएको जेठ २ गते उहाँका ११ वटा बाख्रा एकै पटक मरे । पेट फुल्ने, नाक, मुखबाट पातलो तरल पदार्थ निस्कने, सिँगान बग्ने, सास फेर्न कठिनाइ हुने जस्ता लक्षण देखिएसँगै बाख्रा मरेका हुन् । गाउँपालिकाका पशु सेवा शाखा संयोजक नायब पशु सेवा प्राविधिक मोहन सार्कीका अनुसार जेठ ४ गतेसम्म उहाँका ३१ वटा बाख्रा मरे । उहाँले बाख्राको बिमा गर्नुभएको थिएन । निःशुल्क हुने बिमा नगर्दा सार्कीले ठुलो क्षति बेहोर्नु प¥यो ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको दुई दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ ।
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो ।
गर्मी बढेपछि हरिवनका विद्यालय चार दिन बिदा
गर्मी अत्यधिक बढेपछि सर्लाहीको हरिवन नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ ।
बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड ६ दिन बन्द
उत्तरी गोरखाको धार्चे गाउँपालिकामाभित्र पर्ने बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड ६ दिनसम्म बन्द हुने भएको छ ।
सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुबेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार दिउँसो फेला पारेको छ ।
रघुगंगामा पाँच वटा जलविद्युत आयोजना निर्माण धमाधम
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँच वटा जलविद्युत आयोजनाहरू निर्माणको अन्तिम चरणमा प्रवेश गरेका छन् ।
जलवायुजन्य क्षतिपूर्तिका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड
राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले जलवायुजन्य क्षतिपूर्तिका लागि आन्तर्राष्ट्रिय रुपमा पहल कदमी गरिनुपर्ने सुझाव दिनुभएको छ ।
दिजगाउँ
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर काठैकाठले बनेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ ।
ठोरीको मनोरम दृश्य
पर्साको ठोरी गाउँपालिका–१ स्थित रातो डाँडाबाट देखिएको ठोरीको मनोरम दृश्य । सूर्य उदय र अस्ताएको सूर्य हेर्नका लागि पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
भारतमा उष्ण लहर अझै बढ्ने
भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।