नारच्याङको छेम्दीमा सडक पुग्यो
बेसी गाउँदेखि करिब तीन किलोमिटर सडकको ट्रयाक खोलेसँगै छेम्दीको वस्तीमा सडक पुगेको हो ।
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर
स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ ।
झिंझरी खोला कटान क्षेत्रमा तटबन्धन निर्माण
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित झिंझरी खोलामा तटबन्धन निर्माण गरिएको छ ।
नेकपा एस महाधिवेशनः मतदाता नामावली आज प्रकाशन हुँदै
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ ।
सिम्रिक एयरको हेलिकप्टर बेनीमा आकस्मिक अवतरण
खराब मौसमका कारणले गर्दा मुक्तिनाथदेखि काठमाडौँका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर म्याग्दीको बेनीमा आकस्मिक अवतरण गरिएको छ ।
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । ऋषिङ–१ र व्यास–५ को सीमाना सेतीनदीमा बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ ।
फुस्रो चैते चरा
रोल्पा सुनछहरी गाउँपालिका–३ स्थित बहिरीगामको जङ्गलमा समुद्री सतहदेखी दुई हजार आठ सय ५० मीटरको उचाइमा देखिएको फुस्रो चैते चरा ।
इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण
अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासि अवतरण गराउनुपरेको हो ।
ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने
सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ ।
‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन
यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।
‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
मेलम्ची खानेपानी विकास समितिले ठुलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ ।
राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
मकवानपुरको राक्सिराङमा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहान ४ः३० बजे चट्याङ लागेर राक्सिराङ गाउँपालिका वडा नं. २ थुम्की बस्ने ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
छ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ मूलका नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।
बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड तीन दिन बन्द
उत्तरी गोरखाको धार्चे गाउँपालिकामाभित्र पर्ने बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड तीन दिनसम्म बन्द हुने भएको छ ।
डुबानमा परेको निर्माण उपकरण
दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेको तीन वटा ठुला उपकरण डुबानमा परेको छ ।
सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ ।
१३२ केभीए प्रसारण लाइन : आयोजना सम्पन्न गर्न ९ महिना म्याद थप
कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार कार्य सम्पन्न गर्न निर्माण कम्पनीसगँको सम्झौता म्याद थप गरिएको छ ।
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद ९इद उल अजहा०’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बकर इद पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायमः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर इदको शुभकामना
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले विविधतामा एकता नेपालीको मौलिक पहिचान र विशेषता रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अज्हा) को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “सही बलिदान त्यही हो, जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ,” उहाँको सन्देशमा उल्लेख छ । यस पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्दै सभ्य र समृद्ध समाज निर्माणका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन पर्वले सहयोग पुग्ने विश्वास गर्नुभएको छ ।
बढ्दै सर्पदंशका बिरामी : सर्पदंश केन्द्रमा जान सुझाव
गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो
कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ ।
बेरुजु दुई अर्ब ६८ करोड नाघ्यो
सुदूरपश्चिम प्रदेशको बेरुजु अढाई अर्बभन्दा बढी पुगेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८१ अनुसार यो प्रदेशको जम्मा बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख रुपियाँ पुगेको हो । महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को ३९ अर्ब ४३ करोड ९८ लाख ९९ हजार रुपियाँ लेखापरीक्षण गरेको थियो । सो परीक्षणबाट ३७ करोड ६३ लाख ९१ हजार रुपियाँ (लेखापरीक्षण अङ्कको ०.९५ प्रतिशत) नयाँ बेरुजु देखिएको छ ।