• १२ असोज २०८१, शनिबार

नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो

blog

दुर्घटनामा परेको एयर डाइनेस्टीको (९एन एजेडी) हेलिकप्टर । फाइल तस्बिर ।

गाेरखापत्र अनलाइन

नुवाकोट, साउन २३ गते । नुवाकोटको शिवपुरी ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ । 

हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको (९एन एजेडी) दुर्घटनाग्रस्त भएको हो । चार जना पुरुष र एक जना महिलाको जलेको अवस्थामा उद्धार भएको नुवाकोटाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।