आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
गरिबको गाई सानन बाख्रा !
सपक्क परेका सेता रौँ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङका साथै झपक्क दारी तथा माउको विकसित ठुलो कल्चौँडो । यो पहिचान हो सानन बाख्राको । दुध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाईसमेत भन्ने गरिएको छ । बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार गाई, भैँसी पाल्न नसक्ने र सानो क्षेत्र, घाँसको अभाव भएका किसानले दुधका लागि सानन बाख्रा नै उपयुक्त हुन्छ ।
पर्वतारोहीहरुलाई एमालेले गर्यो सम्मान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गर्नुभएको हो ।
माओवादी केन्द्रको कारबाहीविरुद्ध गण्डकीका सांसदद्वारा सर्वोच्चमा रिट
नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
लागूऔषध कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ
नेपाल प्रहरीले लागूऔषध कोकिन चार किलो पाँच सय चार ग्रामसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
अवरुद्ध सडक खुलाउन हटाइँदै ढुङ्गा
जिल्लाको चामे सडक खण्डअन्तर्गत रहेको बेँसीसहर नगरपालिका –६ खरखरेभिरमा अविरल वर्षाका कारण बुधबार राति खसेको पहिरोले अवरुद्ध सडक खुलाइने प्रयास गरिएको छ ।
श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान
श्री एयरलाइन्सले आज काठमाडौँ-भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो ।
लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको जनाएको छ ।
फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ।
रासायनिक मलको अभाव हुँदैनः मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कानुन व्यवसायीलाई अभिमुखीकरण
काठमाडौँ महानगरपालिकाले सूचीकृत कानुन व्यवसायीका लागि अभिमुखीकरण सम्पन्न गरेको छ ।
डुडुवाका ३० घर जलेर नष्ट
स्थानीय पप्पु यादवले दिनुभएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासी आएको भिषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० घर जलेर खरानी भएको हो ।
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली
आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् ।
विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
कांग्रेसकै बिचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बिचमा गठबन्धन भए अन्य राजनीतिक दलले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ ।
जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सम्पन्न
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ ।
संविधान संशोधन गर्न आवश्यक : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
भानुमार्गको अवरोध हट्यो
बुधबार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाएपछि अवरुद्ध भनेको भानुमार्गको अवरोध बिहीबार बिहान ११ बजेबाट हटेको छ ।
‘भलमनसा प्रथा मौलिक संस्कृति’
थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको भलमनसा प्रथालाई जोगाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । परम्परागत प्रथा संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले भलमनसाका लागि आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । सहभागीले भलमनसा प्रथालाई कानुनी मान्यता दिएर प्रदेश सरकार र स्थानीय तहले संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका बिनाविभागीयमन्त्री अक्कलबहादुर रावलले प्रदेश सरकारले यो प्रथालाई सम्पत्तिका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार यो प्रथा संरक्षणका लागि गम्भीर छ ।
बजेट कार्यान्वयनका जटिलता
आर्थिक वर्ष ८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट व्यवस्थापिका संसद्को संयुक्त सदनमा पेस भइसकेको छ । अहिले बजेटबारे विभिन्न टीकाटिप्पणी पनि आई नै रहेका छन् । यो स्वाभाविक पनि हो किनभने बजेट कस्तो आयो, कति आयो र बजेटले कस्ता कस्ता आयोजना तथा कार्यक्रम समेटेको छ भन्ने सन्दर्भमा सर्वसाधारणमा चासो जोडिएको हुन्छ । यस कारण बजेट साधारण दस्ताबेज मात्र नभएर जनजीविकासँग सरोकार राख्ने भएकाले सबैका लागि महत्वपूर्ण हुने गर्छ ।
एआई कानुनमा ढिलाइ
युरोपेली सङ्घ (इयु) सदस्य राष्ट्रहरूका मन्त्रीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ऐनलाई अन्तिम स्वीकृति दिएको युरोपेली परिषद्ले घोषणा गरेको छ । एआई ऐनले जोखिममा आधारित दृष्टिकोण अपनाएको छ । उच्च जोखिममा रहेका एआई अनुप्रयोगहरूलाई कडा नियमन गर्न यस्तो गरिएको हो । ऐनले इयुभित्र संज्ञानात्मक व्यवहार हेरफेर र सामाजिक स्कोरिङमा संलग्न एआई प्रणालीहरूलाई प्रतिबन्धित गर्छ । यसले प्रोफाइलिङ र प्रणालीहरूमा आधारित भविष्यवाणी गर्ने प्रहरीका लागि एआईको प्रयोगलाई पनि निषेध गर्छ । जसले जाति, धर्म वा यौन झुकाव जस्ता विशिष्ट वर्गहरू अनुसार मानिसलाई वर्गीकरण गर्न बायोमेट्रिक डेटा प्रयोग गर्छ ।
वाम आन्दोलनको कोसेढुङ्गा
नेकपा (एकीकृत समाजवादी) पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन आगामी २०८१ असार १६–२० गते काठमाडौँमा हुँदै छ । एमालेबाट २०७८ असोजमा छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीको पहिलो पटक महाधिवेशन हुने भए पनि कम्युनिस्ट आन्दोलनकै निरन्तरता स्वरूप दसौँ महाधिवेशन आयोजना हुन लागेको हो । नयाँ पार्टी निर्माण गरेपछि य