गाउँमै सरकारको अनुभूति दिन प्रयत्नरत छौँ
कास्कीको उत्तरी भूभागमा पर्ने माछापुच्छ्रे गाउँपालिकाको नाम पोखरा उपत्यकाबाट माछाको पुच्छर जस्तो देखिने सुन्दर हिमाल माछापुच्छ्रेको नामबाट राखिएको हो । साबिकका माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङ घलेल गाउँ विकास समिति समेटेर माछापुच्छ्रे गाउँपालिका बनेको हो । अन्नपूर्ण तेस्रो, चौथो, गङ्गापूर्ण, माछापुच्छ्रे र मर्दी हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएका नदीनाला सेती, मर्दी र मोदीबाट साना तथा मझौला क्षमतामा विद्युत् उत्पादनका साथै सिँचाइ र पोखरा क्षेत्रमा खानेपानी आपूर्ति गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी पालिका अध्यक्ष निर्वाचित हुनुभएका मीनबहादुर गुरुङसँग गोरखापत्रका पत्रकार फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :
चैते धान रोप्दै किसान
प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपल्लो भिङ्ग्रीमा चैते धान रोप्दै किसान । पछिल्लो समय प्युठान जिल्लामा चैते धानप्रति आकर्षण बढ्दो छ ।
अछामको तुल्तागाउँ
दैलेखको आठविस नगरपालिका–२ टुनिबगरबाट देखिएको कर्णाली किनारमा अवस्थित अछामको तुर्माखाद गाउँपालिका वडा नं ६ रानीवन तुल्तागाउँ ।
च्याङ्ग्राको पाठापाठी
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नेचुङमा च्याङग्राको पाठापाठी चराउँदै स्थानीय कृषक । उपल्लो मुस्ताङका बासिन्दाले च्याङ्ग्रापालनलाई आम्दानीको स्रोत बनाएका छन् ।
अझै घोडा यातायातका साधन
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित वयरबटुवाका स्थानीय किसान मङ्गलबार बिहान घोडामा राखेर घोराही बजारमा चामल बिक्री गर्न आउँदै ।
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न सूचना जारी गर्नुभएको हो ।
लामो समयपछि वर्षा भएपछि किसानलाई राहत
अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला बुधबार बाँके बर्दिया लगायतका जिल्लामा पानी परेसँगै सर्वसाधारणलाई ठुलो राहत भएको छ ।
चालक दलका सदस्य एकाएक बिरामी, एयर इन्डियाका ७० उडान रद्द
बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् ।
समस्या समाधान गर्न गुठी विधेयक आवश्यक : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले गुठीपीडित किसानको समस्या समाधानका लागि जेठ महिनाभित्र गुठी विधेयक संसदमा पेस गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।
चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल
ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।
बढी भाडा लिने सात वटा ट्याक्सी कारबाहीमा
सार्वजनिक यातायातमध्येको चार पाङ्ग्रे सवारी साधनमा यात्रुहरु ठगिएको जनगुनासो बढ्दै गएपछि रूपन्देही जिल्लामा सञ्चालन भएका ट्याक्सीको भाडादर कायम गरिएको छ ।
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ । नियमन क्षेत्राधिकार अन्तर्गतका प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ ।
हचुवाको आयोजना बन्यो सुरुङमार्ग
तीनै तहको सरकारमा हचुवाका भरमा विकास आयोजनाको निर्णय हुने गरेको पाइएको छ । यसको पछिल्लो उदाहरण बागमती प्रदेशको गौरवको योजनामध्येको एक भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना बनेको छ ।
राष्ट्रसेवकका कर्तव्य
सुशासन र नैतिकता एकआपसमा जोडिएका विषय हुन् । सार्वजनिक जीवनमा बढिरहेको भ्रष्टाचार र त्यसविरुद्ध कारबाहीको कमी, राजनीतिक हस्तक्षेप, जवाफदेहितामा कमी, पारदर्शिताको कमी तथा गरिब, सीमान्तकृत जाति, जनजाति, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिप्रति संवेदनशीलताको कमी जस्ता नैतिक मुद्दाहरू सार्वजनिक सेवाप्रवाहमा रहेका छन् ।
माता सबैकी पूज्य
प्रत्येक वर्ष वैशाखकृष्ण औँसीको दिनलाई मातृऔँसी अर्थात् आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । यस दिन आमालाई श्रद्धा, भक्ति, सम्मान र आदरका साथ मिठो मिठो खानेकुरा, मनपर्ने लुगाफाटोलगायत उपहार दिएर कृतज्ञता अर्पण गरिन्छ र आमाबाट आशीर्वाद लिने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावपूर्ण सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी, मातृऔँसी, मातृदिवस भनेर पुकारिन्छ । यस दिन आमाले हाम्रा लागि गरेको कष्टपूर्ण र महान् कार्यको सम्झना गरिन्छ । आमाले हामीलाई नौ महिनासम्म गर्भमा राखेर जन्माएको, संसार देखाएको, धरतीमा पाइला चाल्न सिकाएको, काख
सुनीललाई नौ वर्ष कैद सजाय
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडललाई नौ वर्ष कैद सजाय सुनाएको छ । वैशाख ७ गते दोषी ठहर भएका पौडेलको मङ्गलबार सजाय निर्धारण भएको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अदालतले नौमध्ये आठ जनालाई भने सफाइ दिएको थियो ।
सहकारीको बेथिति समस्या सातै प्रदेशमा
सङ्घीय सरकार मातहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको कारबाही प्रक्रिया अघि बढाइरहँदा सातै प्रदेशमा दर्ता भएका सहकारीमा झन् ठुलो सङ्कट देखिएको छ । सातै प्रदेशमा दर्ता भएका सयौँ सहकारी सञ्चालकले कमजोर आर्थिक अवस्था रहेका हजारौँ नागरिकको बचत अपचलन गरेर फरार भएका छन् ।
दिवा खाजा खाँदै विद्यार्थीहरु
दाङको राप्ती गाउँपालिका १ स्थित राप्ती गंगा प्राथमिक विद्यालयका विद्यार्थीलाई दिवा खाजामा मकै दिँदै विद्यालयकी कर्मचारी विष्णु पाण्डे ।
ढकमक्क फुलेका ज्याकाराण्डा
काठमाडौँको सुन्धारास्थित सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल।
सित्ताके च्याऊ खेती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् ।
अरुण नदी तर्न अझै फेरीकै भर
उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै । वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ ।
खिरट्टेमा मौरीका घार
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित खिरट्टेमा भाडाको जग्गामा दिपककुमार श्रेष्ठले वर्षायाममा मौरीलाई सुरक्षित राख्न तयार पार्नुभएको मौरिको घार ।
विकासमा नीतिगत समस्या
नेपालमा प्रत्येक वर्ष केही नयाँ नीति तथा कार्यक्रम लागु गर्ने गरिएको छ । गठबन्धनमा सरकार निर्माण गर्नुपर्ने बाध्यताले प्रायः दलका नीति अर्को दलको भन्दा फरक खालको समेत देखिने गरेको छ । सरकारको नेतृत्व जसको छ, उसले आफ्नो दलको नीति कार्यान्वयन गर्न खोजेको देखिन्छ । गठबन्धनमा सहभागी सबै दलको आआफ्नै नीति तथा कार्यक्रम हुने भएकाले पनि कतिपय अवस्थामा चयनात्मक (सेलेक्टिभ) हुने गरेको छ । विशेष हित समूहका लागि मात्र भनेर छुट्याइएको बजेट या स्रोतको सघन विश्लेषण नगरिकन प्रतिपादन गरिएका महत्वपूर्ण नीति पनि सफलतापूर्वक कार्यान्वयनमा आउन सक्दैनन् । सार्वजनिक धन या वि
गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेका छन् : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेको भन्दै खुशी व्यक्त गर्नुभएको छ।