• २७ पुस २०८१, शनिबार

एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की

blog

एयर न्यूजील्याण्ड

सिड्नी, कात्तिक ४ गते । सिड्नी एयरपोर्टमा एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

स्काई न्यूज अस्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका लागि प्रस्थान गरेको एयर न्युजिल्याण्डको उडानमा शनिबार यस्ता धम्की प्राप्त भएको थियो ।

फ्लाइट एनजेड–२४७ बेलुका ५ः४० बजे वेलिङ्गटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ । रिपोर्टका अनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्यूजिल्याण्डले सुरक्षा खतराको सम्भाव्यताको बारेमा सचेत रहेको पुष्टि गर्‍यो ।

“हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौं” एयरलाइनका सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्तिमार्फत उल्लेख गर्नुभयो । रासस/सिन्ह्वा