भाग्यमानी नोबेल विजेता
नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो ।छ विधामा दिइने यस वर्षको नोबेल पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कारमा उत्तर अमेरिकी महादेशको वर्चस्व छ । यस पटक नौ जना अमेरिकी नागरिकले यो पुरस्कार पाउने भएका छन् । अर्का एक जना क्यानडेली नागरिकले पनि यो पुरस्कार पाउँदै छन् । त्यसै गरी एसिया महादेशमा एक व्यक्ति र एक संस्थालाई नोबेल पुरस्कार प्राप्त हुने भएको छ । दक्षिण अमेरिका, युरोप, अफ्रिका र अस्ट्रेलिया महादेशबाट यस पटक कसैलाई पनि यो पुरस्कार प्राप्त नहुने भएको छ । नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमासमेत यो पुरस्कार दिन थालियो । यी पुरस्कारस्वरूप विजेतालाई स्वर्णपदक, प्रमाणपत्र र १० लाख डलर प्रदान गरिन्छ । नोबेलले जीवनकालमा ३५५ वटा आविष्कार गर्नुभयो, जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यसप्रकारका विज्ञानका विध्वंसक शक्तिबारे पूरै ज्ञान थियो । विज्ञानको दुरुपयोग हुन्छ कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्थ्यो । मर्ने बेला उहाँले विज्ञानकोे दुरुपयोग नहोस् भनी यो पुरस्कार स्थापना गर्नुभयो । सन् १८९६ को डिसेम्बर १० मा उहाँको निधन भयो । सन् १८९५ मा उहाँले इच्छापत्र तयार पार्न लगाई आफ्नो सम्पत्तिबाट अक्षयकोष खडा गर्नुभयो । उहाँको इच्छा अनुसार यस अक्षयकोषको ब्याजले प्रत्येक वर्ष मानवजातिको कल्याणका निम्ति कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गरिन्छ । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडव्रmसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो ।नोबेल शान्ति पुरस्कार देशहरूबिच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र द्वन्द्व निवारण गर्ने उद्देश्यले शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ । विगत १२ महिनामा मानवजातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्ति वा संस्था ती पुरस्कारबाट सम्मानित हुन्छन् ।सन् १९०१ देखि गत वर्षसम्म ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थालाई नोबेल पुरस्कार प्रदान गरिएको छ । केहीले एकभन्दा बढी पटक नोबेल पुरस्कार पाएका छन् । त्यस हिसाबमा कुल ९५४ व्यक्ति र २७ संस्थाले नोबेल पुरस्कार पाइसकेका छन् । यो पुरस्कार पाउने महिलाको सङ्ख्या ६३ पुगेको छ ।फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ । उहाँले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यो पुरस्कार पाउनुभयो । नोबेल पुरस्कार पाउने व्यक्ति वा संस्था कतिपयले पाएको पुरस्कार राशि मानवीय सहयोगको क्षेत्रमा खर्च गरेका छन् भने कतिपयले निजी प्रयोजनका लागि पनि खर्च गरेको पाइएको छ । नोबेल बिजेता कतिपयले भने पुरस्कार लिन अस्वीकार पनि गरेका छन् । मरी क्युरीले सन् १९०३ मा भौतिकशास्त्रतर्फ पाएको नोबेल पुरस्कार रकम थप वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्नुभयो । सन् २००६ मा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका जोन माथरले उक्त रकम आफ्नो फाउन्डेसनलाई दान दिनुभयो । सन् १९९३ मा बेलायतका वैज्ञानिक रिचर्ड रोबर्ट्सले चिकित्साशास्त्रमा पाएको रकम ‘व्रmोके लन’ का लागि खर्च गर्नुभयो भने उहाँसँगै पुरस्कार पाएका फिलिप सार्पले सय वर्ष पुरानो घर किन्नुभयो । सन् २००१ मा चिकित्साशास्त्रतर्फ पुरस्कार हात पारेका सर पोल नर्सले आफ्ना लागि एउटा महँगो मोटरसाइकल किन्नुभयो । सन् २००६ मा साहित्यतर्फका विजेता ओर्हान पामुकले इस्तानबुलमा एउटा सङ्ग्रहालय स्थापना गर्नुभयो । स्वतन्त्र रुसी पत्रिका नोभया गजेटाका प्रधान सम्पादक दिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कारको पदकलाई लिलाम गरी त्यसबाट प्राप्त रकम युद्धबाट विस्थापित युव्रmेनी बालबालिकालाई सहयोग गर्नुभयो ।भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनको स्टकहोममा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ ।चर्चित विजेतासन् १९०१ मा रेडव्रmसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसी (सन् १९०१), पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा (सन् २००९) र जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र तत्कालीन महासचिव कोफी अन्नान (सन् २००१) मदर टेरेसा (सन् १९७९), मलाला युसुफलाई (सन् २०१४) लाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मलाला यो पुरस्कार पाउँदा १७ वर्षकी हुनुहुन्थ्यो ।यस वर्षका नोबेल विजेता चिकित्साशास्त्रयस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ‘माइव्रmोआरएनए’ पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई संयुक्त रूपमा यो पुरस्कार दिने घोषणा गरेको हो । उहाँहरूलाई माइव्रmोआरएनएको आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।अहिलेसम्म ११४ जनाले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् । गत वर्ष यो पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिक काटालिन कारिको र ड्रु भाइस्मानले पाउनुुभएको थियो । भौतिकशास्त्रयस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिस क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई ‘आर्टिफिसिएल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा’ उक्त पुरस्कार दिने निर्णय गरिएको हो । भौतिकशास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन् ।हप्फिल्ड अमेरिकको प्रिन्स्टन युनिभर्सिटीमा र हिन्टन क्यानडास्थित युनिभर्सिटी अफ टोरन्टोमा प्राध्यापन गर्नुहुन्छ । गत वर्ष सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स व्रmाउस र एन लहुलिएले पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रव्रिmया पत्ता लगाउनुभएको हो । ‘क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो ।रसायनशास्त्रयस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । वासिङ्टन विश्वविद्यालयका डेभिड बेकरलाई ‘कम्प्युटेसनल प्रोटिन डिजाइन’ का निम्ति र गुगल डिप माइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई ‘प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन’ का निम्ति पुरस्कार दिइने भएको हो । रसायनशास्त्रतर्फ अहिलेसम्म ११६ पटक नोबेल पुरस्कार दिइएकोमा सन् १९०१ देखि २०२४ सम्ममा १९७ जनाले यो पुरस्कार पाएका छन् । दुई जना वैज्ञानिक दुई÷दुई पटक पुरस्कृत भएका छन् । गत वर्ष यो पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिइएको थियोनोबेल पुरस्कार समितिले वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको थियो । बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) सँग आबद्ध हुनुहुन्छ भने ब्रुस कोलम्बिया विश्वविद्यालयसँग र एकिमोभ न्यानोव्रिmस्टल टेक्नोलोजी इन्क न्युयोर्कमा आबद्ध हुनुहुन्छ । उहाँहरूले धेरै चम्किलो रङ्गीन प्रकाश उत्सर्जन गर्ने साना कणमा अनुसन्धान गर्नुभएको छ । क्वान्टम डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ ।साहित्ययस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी साहित्यकार हान काङलाई प्रदान गरिने भएको छ । उहाँ साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८ औँ महिला बन्नुभएको छ । नोबेल पुरस्कार समितिका अनुसार ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उहाँका चरम काव्यात्मक गद्यका लागि’ उहाँलाई पुरस्कार दिइएको हो ।५३ वर्षीय आख्यानकार हानले ‘दी भेजिटेरिअन’ नामक उपन्यासका निम्ति सन् २००७ मा ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गर्नुभएको थियो । सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ भने यसबाट १२१ जना साहित्यकार पुरस्कृत भएका छन् ।गत वर्ष यो पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिएको थियो । पुरस्कार समितिका अनुसार ‘व्यक्त गर्न नसकिने कुरालाई उहाँले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ फोसालाई पुरस्कार दिइएको थियो । फोसाले आफ्नै शैलीमा उपन्यास लेख्ने गर्नुहुन्छ । उहाँको शैलीलाई ‘फोसा मिनिमलिजम’ को संज्ञा दिइएको छ । उहाँका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवाद प्रकाशित छन् ।शान्तियस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निहन हिडन्क्यो’ लाई प्रदान गरिने भएको छ । ‘निहन हिडन्क्यो’ दोस्रो विश्वयुद्धका व्रmममा जापानको हिरोसिमा र नागासाकीमा खसालिएका आणविक बमका पीडितको संस्था हो । नोबेल पुरस्कार समितिले ‘विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने प्रदर्शन गरेकाले’ उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको बताएको छ । सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकामा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा १९ जना महिला छन् । गत वर्ष यो पुरस्कार इरानी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको थियो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकार प्रवर्धनमा लागेको भन्दै उहाँलाई यो पुरस्कार दिइएको हो । अर्थशास्त्रअर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिच्युटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उहाँहरूलाई ‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ पुरस्कृत गर्न लागिएको समितिले जनाएको छ । यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन जना महिला छन् । सन् १९६८ देखि यस विधामा पुरस्कार दिन थालिएको हो । गत वर्ष यो पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई श्रम बजारमा महिलाले पु¥याएको योगदानबारे विशिष्ट अध्ययन गरेकामा प्रदान गरिएको थियो, उहाँ हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।
आहतमा राहत व्यवस्थापन
सरकारले जग्गा किनेर बस्ती स्थानान्तरण गर्नका लागि प्रतिपरिवार तीन लाख रुपियाँ दिएको र सो सुविधा एक हजारभन्दा बढी परिवारले लिइसकेको जनाइएको छ । यो कदम प्रशंसनीय छ तर त्यसका निम्ति सर्वप्रथम सरकारले व्यवस्थित बस्ती विकासको निम्ति भूउपयोगसम्बन्धी नीति र योजना बनाउनु पर्छ । त्यसपछि भूउपयोग नक्सा बनाएर भूवर्गीकरण गरी सोहीबमोजिम बस्ती स्थानान्तरण गर्नु पर्छ ।हाम्रो मुलुक बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छ । भिरालो जमिन, कमजोर धरातल आदिका कारण नदी किनारमा रहेका अधिकांश बस्ती प्राकृतिक प्रकोपका दृष्टिले जोखिममा छन् । प्राकृतिक प्रकोपका कारण बाटो, विद्यालय, बस्ती तथा जग्गा डुबानमा पर्ने, पुरिने, बगाएर लैजाने आदि क्षति हुने गरेको छ । जस अन्तर्गत एकातर्फ मृत्यु हुने, घाइते हुने, बेपत्ता हुने जस्ता मानवीय क्षति हुने गरेको पाइन्छ भने अर्कातर्फ पुलपुलेसा, सडक, विद्यालय, खानेपानी आदि भौतिक पूर्वाधारमा क्षति पुगेको पाइन्छ । जोखिमको पूर्वानुमान र सतर्कता नअपनाउँदा विपन्न जनताले सालबसाली यस्ता प्रकोपको सामना गर्नु परिरहेको छ । प्राकृतिक विपत्तिबाट प्रभावित व्यक्ति तथा परिवारको यस्तो विकराल परिस्थिति (आहत) का बेला आर्थिक तथा उपकरण सहयोगमार्फत राहत प्रदान गर्न र उद्धार कार्यमा यथाशीघ्र पहलकदमी लिन जरुरी देखिएको छ ।प्राकृतिक प्रकोपपीडित परिवारको अवस्था दयनीय छ । प्रकोपका कारण विस्थापित भएका कैयौँ परिवारको घर फर्कने परिस्थिति अझै बनेको छैन । उनीहरू विद्यालय र सार्वजनिक स्थानमा पाल टाँगेर जीवन गुजारा गरिरहेका छन् । तिनका लागि खाद्य सामग्री, लगाउने लत्ताकपडाको अभाव छ । आफन्त र इष्टमित्रको सहारामा बाँचिरहेका छन् । प्रकोपबाट प्रभावित परिवारका निम्ति सरकारी निकाय तथा रेडव्रmस र अन्य सहयोगी हातहाट केही राहतका सामग्री वितरण गरिएको र पुनस्र्थापनाको काम गरिएको भए पनि उनीहरू व्यवस्थित रूपले दिन बिताउन पाइरहेका छैनन् । ठाउँ ठाउँमा सडकलाई पहिरोले पुरेको र नदीले कटान गरी सडक अवरुद्ध भएको हुँदा अझै पनि आवागमनमा असुविधा भोगिरहनु परेको छ ।अहिलेसम्म क्षतिको यकिन र पूर्ण विवरण आइसकेको छैन । बाढीपहिरोले गरेको क्षतिको पहिचान र मूल्याङ्कन बृहत् रूपमा भएको छैन । प्रारम्भिक अनुमानकै आधारमा तथ्याङ्क सम्प्रेषित गरिएका छन् । हामीकहाँ २०८० असोज ११ र १२ गते आएको ३६ घण्टाको अविरल वर्षाले निकै मात्रामा जनधनको क्षति पु¥याएको छ । सरकारी तथ्याङ्क अनुसार भारी वर्षाले २३६ जनाको मृत्यु, १९ जना अझै बेपत्ता, १६५ जना घाइते, चार हजार ६६७ घर पूर्ण रूपमा क्षति, पाँच हजार ३१० घर आंशिक रूपमा क्षति, १० हजार ८०७ घरपरिवार विस्थापित र १६ हजार २४३ घरपरिवार प्रभावित भएको भन्ने जानकारी प्राप्त भएको छ । त्यसै गरी एक हजार ६१६ खानेपानी आयोजना, ९६ विद्यालय, ६६ स्वास्थ्य संस्था, ११ जलविद्युत् आयोजना, छ सिँचाइ आयोजना, १० राजमार्ग र ४४ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारीमा आएको छ । बाढीपहिरोको प्रकोपबाट यस मनसुन अवधिमा २१ जिल्ला धेरै प्रभावित भएका छन् । जसमध्ये बागमती प्रदेशका धादिङ, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर जिल्लामा मानवीय क्षति बढी भएको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशमा मानवीय र भौतिक क्षति बढी भएको छ । क्षति विवरणलाई मूल्यमा रूपान्तरण गर्दा बाढीपहिरो र डुबानबाट खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक पूर्वाधारतर्फ दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब, सिँचाइतर्फ दुई अर्ब र कृषि तथा पशुपन्छीतर्फ छ अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । यसै वर्ष यसअघिको वर्षाबाट सृजित विपत्तिका कारण ८३ जनाको मृत्यु भएको, ८५ घरधुरी बाढीबाट र ४३९ घरधुरी पहिरोबाट जोखिममा परी कुल तीन हजार परिवार प्रभावित भएको तथ्याङ्क प्रकाशमा आएको थियो । जसबाट १० करोड १८ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ । अरब सागर तथा बङ्गालको खाडीबाट आउने जलवायुयुक्त हावा मिसिएर वर्षा हुने गर्छ । वायुको न्यून चापीय रेखा सव्रिmय भएपछि वर्षा हुन्छ र दक्षिण पूर्वी वायु बिस्तारै नेपाल प्रवेश गरेसँगै नेपालमा वर्षा सुरु हुन्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन सिजन २०८१ जेठ १९ गते सुरु भई असोज १४ सम्म रहने र अघिल्ला वर्षभन्दा ३५–५५ प्रतिशतले बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । जबकि सामान्यतया नेपालमा जेठ २८ देखि असोज ७ सम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने र हिउँदमा वर्षाको चार प्रतिशत तथा प्रिमनसुन सिजनमा १२ प्रतिशत पानी पर्ने बताइएको छ । २० प्रतिशतभन्दा कम वर्षा भएमा चरम सुक्खा अवस्था मानिन्छ । सामान्यतया ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई भारी वर्षा भएको मानिन्छ । नेपालमा यस वर्ष निकै लामो अवधिसम्म वायुमण्डलको तापव्रmममा वृद्धि भएको थियो । नेपाली आकाशमा वायु प्रणालीले अधिक चापीय क्षेत्र बनाएको थियो । यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा अधिकतम तापव्रmम सरदरभन्दा ३५–६५ प्रतिशतले बढी हुने सम्भावना रहेको मौसमविद्ले बताएका थिए । यसै सूचनालाई आधार मानेर यस वर्ष चरम मौसमी घटना हुने आकलन गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वसतर्कता अपनाउन आवश्यक रहेको बताएको थियो । मौसमविद्ले बताए अनुसार नै मनसुन अवधि औसतभन्दा लम्बिँदै गएको र वर्षा पनि अस्वाभाविक किसिमले वृद्धि भएको छ । यसो हुनुलाई मौसमविद्ले जलवायु परिवर्तनको मुख्य कारण मानेका छन् ।सरकारले घटना घट्नुअगावै जोखिमयुक्त क्षेत्रको पहिचान गरी सम्भावित घटनाबाट हुने क्षतिको आकलन गर्नु पर्छ । एक अध्ययनले बस्ती बसिरहेका सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप जस्ता जिल्लाका ७६ ठाउँ जोखिममा रहेको र तिनलाई स्थानान्तरण गर्न सुझाव दिएको थियो । त्यस्तो सुझाव दिए पनि अझैसम्म सारिएको छैन । नदी तटीय क्षेत्र र सो वरपरका सर्वसाधारणसामु बाढीपहिरो र डुबानबाट हुन सक्ने सम्भावित क्षतिप्रति सचेत एवं सतर्क रहन सरकारले आग्रह गरेको थियो । त्यसै गरी मनसुनसम्बन्धी आपत्कालीन योजना बनाएर सम्भावित जोखिम क्षेत्रमा उद्धारका उपकरण पु¥याएको, गोताखोर परिचालन गरेको, सशस्त्र प्रहरीलाई स्टान्डबाई राखिएको र उपकरण एवं जनशक्ति परिचालन गरिएको आदि कार्यको जानकारी गराइएको थियो । विपत्को घडीमा सरकारको उपस्थिति भएन, सरकार संवेदनशील र जिम्मेवार बनेन भन्ने गुनासा पीडित पक्षबाट नआएका होइनन् । सरकारसँग कति प्रतिशत जनता जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छन् भन्ने कुराको यकिन तथ्याङ्क छैन । सुरक्षित आवास मानिएका कतिपय सहरी क्षेत्र पनि डुबानमा परे । यसो हुनुको प्रमुख कारण जोखिमको पूर्वानुमान र नियन्त्रण विषयमा स्पष्ट नीति र योजना नबनाउनु हो । विकासका काम र प्रव्रिmया पनि हाफाजाड्ली किसिमले अपनाइएका छन् । हामीकहाँ ग्रामीण क्षेत्रमा बिनाडिजाइन, बिनासर्भे, बिनाएलाइन्मेन्ट डोजरे इन्जिनियरिङको भरमा मनपरी किसिमले सडक निर्माण गरिएका छन् । वर्तमानको विपत्ति आउनुको प्रमुख कारण जथाभाबी किसिमले पूर्वाधार निर्माण गर्नु हो । सरकारले सर्वप्रथम देशभरका विपत्का घटनाको पूर्ण रूपमा पहिचान गरी त्यसको उचित व्यवस्थापन गर्नु पर्छ । नागरिक अझै पनि सुरक्षित बसोबासबाट वञ्चित रहेका छन् । सरकारले जग्गा किनेर बस्ती स्थानान्तरण गर्नका लागि प्रतिपरिवार तीन लाख रुपियाँ दिएको र सो सुविधा एक हजारभन्दा बढी परिवारले लिइसकेको जनाइएको छ । यो कदम प्रशंसनीय छ तर त्यसका निम्ति सर्वप्रथम सरकारले व्यवस्थित बस्ती विकासको निम्ति भूउपयोगसम्बन्धी नीति र योजना बनाउनु पर्छ । त्यसपछि भूउपयोग नक्सा बनाएर भूवर्गीकरण गरी सोहीबमोजिम बस्ती स्थानान्तरण गर्नु पर्छ ।बिचल्लीको अवस्थामा रहेका जनताको पुनस्र्थापना गरी राहत प्रदान गर्ने मुख्य दायित्व सरकारको नै हो । सुरक्षित किसिमले बसोबास गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । सरकारले हालैको प्रकोप प्रभावित जनताका लागि प्रतिपरिवार खाद्यान्नलगायतका सेवाका लागि २० हजार र अस्थायी बसोबासका निम्ति २५ हजारका दरले राहत सुविधा प्रदान गर्ने निर्णय गरेको छ तर त्यो सुविधा पर्याप्त छैन । सुरक्षित आवाससहितको जीवनयापनका लागि मनग्गे सहयोग गर्नु जरुरी छ र त्यो सहयोगले जनतालाई आहतका बेला राहत पुगेको अनुभूति हुने छ ।
शान्ति सेनाको गरिमा
मध्यपूर्वमा लामो समयदेखि उत्पन्न तनाव बढ्दै गएर ठुलै युद्धको जोखिम छ । इजरायल र गाजामा चलिरहेको सीमित युद्ध बढ्दै गएर इजरायल र हेजबुल्लाह हुँदै लेबनान युद्ध प्रारम्भ भएपछि शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घसहित शक्ति राष्ट्रहरू लागिपरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भगवतीको दर्शन तथा पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।
दुई दलको सहकार्यले राजनीतिक स्थायित्व : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई दलको सहकार्य भएको र मुलुकमा स्थायित्व कायम भएको बताउनुभएको छ ।
बिपी राजमार्गको काभ्रे खण्डमा साँझदेखि बिहानसम्म सवारी चलाउन रोक
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलान्चोक क्षेत्रभित्रको सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउन्डेसन जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
राजनीतिक स्थायित्वले विकास खर्च बढ्यो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल एमाले र नेपाली काङ्ग्रेस सरकार गठन भएसँगै विकास खर्च बढेको बताउनुभएको छ ।
नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक भएका छन्।
राष्ट्रिय वाणिज्य बैङ्कको ‘किसान सरल कर्जा’ प्रोडक्ट सुरु
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट सुर गरेको छ । बैङ्कले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपियाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैङ्क कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको सुरु गरेको हो ।
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पन्छीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा ९बर्ड फ्लु० फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ ।
लोप हुँदै ऐतिहासिक सराँय नाच
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची,प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाँच्ने प्रचलन छ ।
जङ्गली हात्तीको समूहद्वारा विद्यालय भवनमा क्षति
झापामा जङ्गली हात्तीहरुको समूहले बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवनमा क्षति पुर्याएको छ ।
कम्प्युटर र मोटरसाइकल चलाउन नजाने जागिर चट्
तनहुँमा कार्यरत हुलाकीले कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन नजानेमा जागिर चट् हुने भएको छ ।
हलको विकल्प खोज्ने निश्चलको चेतावनी
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
डडेलधुरा बस दुर्घटना : मृतक चारजना एकै परिवारका
डडेलधुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ । चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ ।
‘जीवन सारङ्गी रेटेरै चलेको छ’
पातलो दुब्लो शरीर । गालामा झुस्स दाह्री जुङ्गा । पछाडि दुईकाँधे झोला भिरेर सारङ्गी रेट्दै गरेको अवस्थामा भेटिनुभयो, भेरी नगरपालिका वडा नम्बर ८ जाजरकोट स्थायी ठेगाना भई हाल बर्दियामा बस्दै आउनुभएको डम्बर गाइन ।
कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ । बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुःखद् अवस्था रहेको बताउनुभयो ।
नाम फेर्ने कि कार्यशैली
सङ्घीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तह व्यवस्थापनमा विभिन्न अवरोध देखिएका छन् । यस ढिलाइले सङ्घीय एकाइले पाएको कानुन निर्माणको अधिकार क्षेत्रमा समेत समस्या थपेको छ
संयुक्त राष्ट्रसङ्घका उद्देश्य : विषयगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्त उल्लेख गर्दै महासभाले सम्पादन गर्ने कार्यको सूची तयार गर्नुहोस् । के सरकारबाहिरका पात्र संयुक्त राष्ट्रसङ्घमा आबद्ध हुन सक्छन् ? अन्तर्राष्ट्रिय शान्तिसुरक्षा, मानवीय सहयोग र मानव अधिकारको प्रवर्धन गर्न सार्वभौम राज्यले स्थापना गरेको सङ्गठन नै संयुक्त राष्ट्रसङ्घ हो । विश्वका साझा समस्या र जल्दाबल्दा मुद्दामा छलफल गर्ने मञ्चका
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता वैज्ञानिक को हुन् ? अमेरिकी वैज्ञानिकद्वय भिक्टर इम्ब्रोस र म्यारी रभ्कन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।
आज देशभरको मौसम अनुकूल रहने
हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
डडेलधुरामा बस दुर्घटना: चार जनाको मृत्यु, १२ घाइते
महाकाली राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका ७ कस्या नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।