• २१ पुस २०८१, आइतबार

राजनीतिक स्थायित्वले विकास खर्च बढ्यो : महासचिव पोखरेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै महासचिव शङ्कर पोखरेल । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल

तुलसीपुर, असोज ३० गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल एमाले र नेपाली काङ्ग्रेस सरकार गठन भएसँगै विकास खर्च बढेको बताउनुभएको छ । महासचिव पोखरेलले नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रमा आएको सुधारका कारण विकास खर्च बढेको बताउनुभएको हो । 

उहाँले  जनतामा छाएको निराशालाई हटाउँदै विकास र समृद्धिका लागि दुई ठुला दल मिलेर सरकार सञ्चालन गरेको बताउनुभयो । नेकपा (एमाले) बङ्गलाचुली गाउँपालिका कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले २०८४ निर्वाचनमा एमाले र काङ्ग्रेस  एक्लाएक्लै निर्वाचनमा होमिने बताउनुभयो ।

महासचिव पोखरेलले कार्यकर्ताहरूलाई व्यावसायिक उत्पादनमा लाग्न निर्देशन दिनुभयो । उहाँले एमालेले अघि सारेको स्मार्ट एग्रिकल्चरलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

गाउँपालिका कमिटी अध्यक्ष लीलाबहादुर पाटा मगरको अध्यक्षता एवम् महासचिव पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भए मात्र दिगोपन आउने बताउनुभयो ।