नवौं राष्ट्रियमा कर्णालीले २७ खेलमा भाग लिने
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट पाँच सय ६० जनाको सहभागिता रहने कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
नेपाल जिम्बावे ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै
जिम्बावे ‘ए’ विरुद्ध टी–२० सिरजिको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा अहिले टस जितेर जिम्बावेले फिल्डिङ रोजेपनि नेपालले ब्याटिङ गर्न लागेको हो ।
नेपाल आज जिम्बावेसँग टी-२० खेल्दै
नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीच टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ः०० बजे सुरु हुनेछ ।
शीर्षटोली सिटीको सानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको सिटीले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्सलाई उसैको मैदानमा ४–० गोलले हरायो ।
रियल स्पेनिस ला लिगा च्याम्पियन
स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पान्योललाई ४–० गोलले हराउँदै रियल चार खेल अगावै च्याम्पियन बनेको हो ।
एसियाडका लागि ब्याडमिन्टनमा १४ खेलाडी छनोट
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पुरुष र महितातर्फ सात-सात जना खेलाडी छनोट भएका छन् ।
नेपाल र जिम्बावेबीच पहिला टी-२० हुने
नेपाल र पाहुना टोली जिम्बावे एु बीचको टी-२० र एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग पहिला टी-२० सिरिज खेल्नेछ ।
जिम्बाबे ‘ए’ विरुद्ध खेल्ने टी-२० सिरिजका लागि टिम घोषणा
काठमाडौं, वैशाख १७ गते। नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। शनिबार क्यानले जिम्बावे ‘ए’ विरुद्ध खेल्ने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो।नेपालले जिम्बाबे ‘ए’सँग घरेलु मैदानमा टी-२० र एक दिवसीय सिरिज खेल्दैछ। क्यानले शुक्रबार मात्र एकदिवसीय टोलीको घोषणा गरेको थियो। सन्दीप लामिछानेको कप्तानीमा घोषणा भएको नेपाली टोलीमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदील अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, शाहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमेद, लोकेश बम, भीम सार्की समेटिनुभएको छ।
भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट
एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।