• २ असार २०८१, आइतबार

नवौं राष्ट्रियमा कर्णालीले २७ खेलमा भाग लिने

blog

नवौं राष्ट्रिय खेलकुद हुने पोखरा रंगशाला । फाइन तस्बिर

काठमाडौं, वैशाख १८ गते । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट पाँच सय ६० जनाको सहभागिता रहने कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई एक करोड रुपियाँ उपलब्ध  गराउने भएको छ । खेलाडीसहितको टोलीलाई आवश्यक पर्ने खेल सामग्री, पोसाक र किट खरिदका लागि सार्वजनिक सूचनासमेत आह्वान भइसकेको छ ।

खेलाडीको बन्द प्रशिक्षण जेठ २ गतेबाट सुरु हुने बताइएको छ । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म पोखरा र गण्डकी प्रदशेका ११ वटै जिल्लामा हुनेछ ।