• २ असार २०८१, आइतबार

नेपाल आज जिम्बावेसँग टी-२० खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १८ गते । नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीच टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ः०० बजे सुरु हुनेछ ।

यसअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले सुरुमा एक दिवसीय सिरिज खेलाउने तय गरेको थियो । शनिबार एकदिवसीयको पहिलो खेल बर्षाका कारण स्थगित भएको थियो । त्यसपछि क्यानले सिरिजको खेल तालिका नै परिवर्तन गरेर पहिला टी-२० खेलाउन लागेको हो ।

तालिका अनुसार अब नेपाललले आइतबार, सोमबार र बुधबार टी-२० सिरिज तथा २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ । क्यानले टी-२० सिरिजको लागि शनिबार नै नेपाली टोलीको घोषणा गरेको छ । एकदिवसीयको लागि यसअघिनै खेलाडी टोलीको घोषणा भइसकेको छ । 

नेपाली टी-२० टोली : 

सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदील अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, शाहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमेद, लोकेश बम र भिम सार्की ।