गोपीचन्द्र र राजपुरालाई उपाधि
एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमानसिंह स्मृति १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जित्नुभएको छ । वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले शनिबार आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ पार्कीले निर्धारित दूरी ३१ मिनेट ११.४ सकेन्डमा पार गर्नुभयो
नेपाल र जिम्बावेबीचको पहिलो खेल स्थगित
नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल बर्षाका कारण स्थगित भएको हो ।
रुविना र सिताको विदाई
युएईमा यही वैशाख १८ देखि जेठ १ गतेसम्म अयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री र सिता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विदाई गरेको छ ।
१७ खेलाडी थपेर फुटबल टोलीको प्रशिक्षण सुरु
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुदार ब्यवहार गरेको भन्दै टोलीका सिनियर खेलाडी रोहित चन्द सहित नौ खेलाडीले विद्रोह गर्दै बन्द प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिनुभएको छ ।
एसियाडका लागि एथलेटिक्स, कराते र बक्सिङ खेलाडी छनोट
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि, एथलेटिक्स, कराते र बक्सिङ खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।
नेपाल आज जिम्बावेसँग भिड्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ सँगको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज (शनिबार) खेल्दैछ ।
एक दिवसीय सिरिजका लागि नेपाली टोली घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक दिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।
प्रशिक्षकको कारण क्याम्प छाड्यौँ : खेलाडी
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण क्याप छाडेका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुदार ब्यवहार भएको बताएका छन् ।
ब्याडमिन्टनको छनोट सुरु
नेपाल ब्याडमिन्टन संघले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरी बिहीबार देखि ब्याडमिन्टन खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।