• ७ जेठ २०८१, सोमबार

नेपाल आज जिम्बावेसँग भिड्दै

blog

खेलअघि आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेपाल तथा जिम्बावे टोलीका प्रशिक्षक र कप्तान । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे  ‘ए’ सँगको तीन खेलको एकदिवसीय सिरिज अन्तर्ग पहिलो खेल आज (शनिबार) खेल्दैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा ९:३० बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रले नेपाली टोलीका मुख्य प्रशिक्षक पुवुदु दसानायकेले बताउनुभएको छ । 

टेस्ट टोली जिम्बावे पनि नपालमाथि सहज जित निकाल्ने लक्ष्यमा छ । टोलीका प्रशिक्षक डोगलास होन्डोले पनि घरेलु टोली नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो । नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि जिम्बावेसँग तीन वटा एकदिवसीय र तीन वटा लिग–२ सिरिज खेल्न लागेको हो । यस सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मान्यता भने दिएको छैन । 

नेपालले जिम्बावेसँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा  वैशाख २३, २४ र २६ गते टी–२० सिरिज खेल्नेछ । लिग–२ अन्तर्ग अमेरिकामा खेलिने त्रिदेशीय सिरिजमा भने नेपालले पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।  

लिग–२ मा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

जिम्बावे विरुद्ध नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।

जिम्बावे टोली :

टोनी मुन्योंगा (कप्तान), क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा ।