• ४ जेठ २०८१, शुक्रबार

एक दिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १६ गते। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक दिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।  जिम्बावे ‘ए’ विरुद्ध घरेलु मैदानमा हुने खेलका लागि शुक्रबार क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। 

नेपालले जिम्बाबे ‘ए’सँग तीन खेल एक दिवसीय सिरिज खेल्नेछ।  पहिलो खेल शनिबार हुँदैछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ। 

नेपाली टोलीमा कप्तान लामिछाने, आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौड्याल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी छन्।