एनभीए भलिबल लिगलाई जनरल इन्स्योरेन्सको साथ
छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगलाई जनरल इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले खेलाडीको बीमाका लागि सहयोग गरेको हो ।
कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।
क्यानद्वारा नेपाल टी–२० लिगको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग क्रिकेट लिगको घोषणा गरेको छ । क्यानले सोमबार विज्ञप्ति निकाल्दै टी–२० लिगको घोषणा गरेको हो ।
आशिष र अकीको विजयी सुरुवात
आशिष खड्का र अकी जुवेन रावतले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी सुरुवात गर्नुभएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५, ६–१ तथा अकीले कुमार तामाङलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्नुभयो ।
खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
लिभरपुलको उपाधि दौड कायम
एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड कायम राखेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोलले हरायो ।
सिरी ‘ए’ उपाधि होड रोचक
इटालियन सिरी ‘ए’ लिग फुटबलको उपाधि होड रोचक बनेको छ । आइतबार राति भएको खेलमा लाजियोलाई उसैको मैदानमा २–१ गोलले हराउँदै एसी मिलान शीर्षस्थानमा उक्लिएको छ ।
बार्सिलोनालाई रायो भालेकानोको धक्का
स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोनालाई रायो भालेकानोको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोलले पराजित भयो ।
टेनिसमा राजुको विजयी सुरुवात
राजु श्रेष्ठले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गर्नुभएको छ ।