• २ असार २०८१, आइतबार

नेपाल जिम्बावे ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै

blog

टस गर्दै नेपाल र जिम्बावेका कप्तान । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख १८ गते । जिम्बावे  ‘ए’ विरुद्ध टी–२० सिरजिको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा अहिले टस जितेर जिम्बावेले फिल्डिङ रोजेपनि नेपालले ब्याटिङ गर्न लागेको हो । १ः०० बजे सुरु हुने खेलमा नेपाल सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । 

पाहुना टोली जिम्बावे पनि नेपाललाई हराउने योजनामा छ ।  शनिबार एकदिवसीयका लागि तय भएको पहिलो खेल बर्षाका कारण स्थगित भएको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजको खेल तालिका नै परिवर्तन गरेर पहिला टी-२० खेलाउन लागेको हो ।

तालिका अनुसार अब नेपाललले आइतबार, सोमबार र बुधबार टी-२० सिरिज तथा २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ । क्यानले टी-२० सिरिजको लागि शनिबार नै नेपाली टोलीको घोषणा गरेको थियो । एकदिवसीयका लागि यसअघि नै खेलाडी टोलीको घोषणा भइसकेको छ । 

जिम्बावेविरुद्ध नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख,आदील अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी र अविनाश बोहरा ।