सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।
तामाङ र सेर्पालाई मिनि म्याराथन उपाधि
पाँचथरको फिदिममा जारी चासोक मेलाका अवसरमा आयोजित सुम्हात्लुङ मिनि म्याराथन प्रतियोगितामा पुरुष तर्फ धरानका प्रसान्त तामाङ र महिला तर्फ ताप्लेजुङकी समपाल्मुु सेर्पाले जित्नु भएको छ ।
विराटनगरको सानदार जित
विराटनगर सुपर किंग्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा रेन्जर्सलाई आठ विकेटले हरायो । लिगमा विराटनगरको यो दोस्रो जित हो ।
युनाइटेड र चेल्सीको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा मनचेस्टर युनाइटेड र चेल्सीले सहज जित निकालेका छन् । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले स्तब्ध बनायो ।
सन्दीपविरुद्धको मुद्दामा प्रमाण बुझाउन आदेश
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा अदालतले मंगलबार प्रमाण बुझाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।
बागमतीमाथि हङकङ विजयी
बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट सिरिज अन्तर्गत टी–२० को पहिलो खेलमा पाहुना टोली हङकङ क्रिकेट क्लब विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले आयोजक बागमती प्रदेशलाई ५७ रनले हरायो ।
इन्द्र र सुलभको जित
थाइल्यान्डमा जनवरी १६ देखि २८ तारिखसम्म आयोजना हुनेयू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा शुलभ माली र ईन्द्र सुनारले जित निकाल्नु भएको छ ।
काठमाडौं नाइट्सको दोस्रो जित
काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाडौंले दिएको दुई सय नौ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा उक सय ५५ रन मात्र बनाएको थियो ।
क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिममा
सातौं संस्करणको एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिम साता हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
स्पेनिस पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास नेपालमा
स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रिपूर्ण खेलका लागि मङ्गलबार नेपाल आइपुग्नुभएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ हुँदैछ । मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।
लुम्बिनीसँग पोखरा पराजित
लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो ।
महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)
दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
आर्सनल र लिभरपुल विजयी
कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् ।
यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा
तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा हुने भएको छ ।
यू–२२ बक्सिङ छनोटमा सुस्मा विजयी
यही जनवरी १६ देखि २८ तारिखसम्म थाईल्याण्डको बैङककमा हुने एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा सुस्मा तामाङ छनोट हुनुभएको छ ।
हङकङविरुद्धको सिरिजमा बागमती विजयी
हङकङ क्रिकेट क्लबविरुद्धको आमन्त्रण क्रिकेट बागमती प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा बागमतीले हङकङलाई चार विकेटले हरायो ।
जनकपुरको लगातार दोस्रो जित
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई पाँच विकेटले हरायो ।
काभा यू–२३ पुरुष भलिबल : नेपाल चौथो स्थानमा
नेपाल बंगलादशेमा जारी काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा चौथो भएको छ ।
नेपाल टी–२० क्रिकेट : फार वेस्ट विजयी
फार पेस्ट युनाइटेडले नेपाल टी–२० क्रिकेट लिगमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हरायो । ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
फिदिममा सुम्हात्लुङ मिनि म्याराथन हुने
पाँचथरमा उधौली पर्वको अवसरमा चौथो सस्करणको सुम्हात्लुङ मिनि म्याराथन पुस १४ गते हुने भएको छ । प्रतियोगिता साढे नौ किलोमिटर दुरीको हुने आयोजक सस्थाले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
जलथललाई फुटबल उपाधि
झापाको कनकाई नगरपालिका २ जामुनखाडी सिमसार रङ्गशालामा भएको प्रथम हर्क राई स्मृति कप फुटबलको उपाधि जलथल फुटबल क्लब झापाले जितेको छ । उपाधि सगै जलथलले नगद एक लाख ११ हजार रुपियाँ पुरस्कार पायो ।
जनकपुरको विजयी सुरुवात
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको दोस्रो खेलमा जनकपुरले पोखरा रेन्जर्सलाई पाँच विकेटले हरायो ।
सुर्खेतमा ‘ए’ डिभिजन फुटबल कप हुने
सुर्खेतमा आगामी पुस २३ देखि सुर्खेत ‘ए’ डिभिजन फुटबल कप प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल सङ्घ सुर्खेतको आयोजनामा प्रतियोगिता हुने भएको हो ।