• १२ असोज २०८१, शनिबार

जलथललाई फुटबल उपाधि

blog

उपाधिसहित जलथल फुटबल क्लब झापा । तस्बिर : गोरखापत्र

लीलाराज खड्का

बिर्तामोड, पुस १० गते । झापाको कनकाई नगरपालिका २ जामुनखाडी सिमसार रङ्गशालामा भएको प्रथम हर्क राई स्मृति कप फुटबलको उपाधि जलथल फुटबल क्लब झापाले जितेको छ । उपाधि सगै जलथलले नगद एक लाख ११ हजार रुपियाँ पुरस्कार पायो ।

दोस्रो भएको सशस्त्र प्रहरी बल पकलीले ५५ हजार रुपियाँ प्राप्त गरेको छ । खेल अवधिभर १-१ गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो । ट्राइब्रेकारमा जलथल ५-४ गोलले विजयी भयो । खेलमा म्यान अफ दि म्याच साथैं प्लेयर अफ दि टुर्नामेन्टको उपाधि जलथलका गोलरक्षक समीर लिम्बूले जित्नुभयो । सर्वाधिक गोलकर्ताको पुरस्कार एपीएफका अरविन्द चौंधरीले पाउनुभयो ।

उहाँले ११ हजार एक सय ११ रुपियाँ प्राप्त गर्नुभयो । विजेतालाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा प्रदेश नम्बर एकका आठ टिमको सहभागिता थियो ।  

सुरुङ्गामा भेट्रान कप फुटबल सुरु बिर्तामोड

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेल मैदानमा आइतबारदेखि दोस्रो प्रदेशस्तरीय कनकाई भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । उदघाटन खेलमा आयोजक कनकाई भेट्रान फुटबल क्लबले बिर्तामोडलाई ४–० गोलले हरायो ।

कनकाई भेट्रान क्लबको जितमा सजित राईले ह्याट्रिक गर्नुभयो । मिलन राईले एक गोल गर्नुभयो । प्रदेश नम्बर एकका ४० वर्षमाथिका आठ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले एक लाख एक हजार र उपविजेताले ६१ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।