अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा
गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बागलुङ फाइनमा प्रवेश गरेका छन् ।
आइसिसी लिग-२ : ओपनर कुशल चम्किएपछि नेपालको सुखद सुरुवात
ओपनर ब्याट्सम्यान कुशल भुर्तेल चम्किएपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ ।
नेपाललाई नामिबियाको दुई सय ८६ रनको लक्ष्य
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई नामिबियाले जितका लागि दुई सउ ८६ रनको लक्ष्य दिएको छ ।
तिलोत्तमामा चौथो राष्ट्रपति रनिङ शिल्ड
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रनिङ शिल्डको नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो। वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा जारी प्रतियोगितामा ३६ विद्यालयको सहभागिता छ।
सिटी र युनाइटेडको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले सहज जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–१ गोलले हरायो ।
बार्सिलोनाको कठिन जित
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले भिल्लारियलमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा १–० गोलले हरायो ।
पुरस्कार बहिष्कार गरेको टिमलाई आयोजकद्वारा बहिष्कार
पाँचथरको अर्थे युवा क्लबले पुरस्कार बहिस्कार गर्ने पाथिभरा याङवरक भलिबल टिमलाई तीन वर्ष खेलमा सहभागी नगराउने भएको छ ।
पहिलो पटक ‘फुटबल एक्पो’ गर्दै एन्फा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो ।
गोर्खालीको सुखद सुरुवात
तेस्रो फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले सुखद सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आइतबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा गोर्खालीले हिमालयन टाइगर रग्बी क्लबलाई ६७–१७ ले हरायो ।
उपाधि दौडमा रहेको पीएसजीलाई मोनाकोको झट्का
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई मोनाकोको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा मोनाकोले शीर्षटोली पीएसजीलाई ३–१ गोलले हरायो ।
केपी ओली कप : उद्घाटन खेलमा पुलिस र सातदोबाटोबीच भिडन्त
फागुन ११ गतेदेखि सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
रियललाई क्लब विश्वकप उपाधि
फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । मोरक्कोमा शनिबार राति भएको फाइनल खेलमा साउदी अरबको अल हिलाल क्लबलाई ५–३ गोलले हराउँदै रियल म्याम्पियन बनेको हो ।
सचिन स्मृति खुला दौड प्रतियोगिता हुने
सचिन श्रेष्ठको स्मृतिमा दमौलीमा खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। रोट्याक्ट क्लब अफ दमौलीले २०औं स्वर्गीय सचिन स्मृतिमा फागुन ७ गते दौड प्रतियोगिता गर्न लागेको हो ।
महिला फुटबल टोलीको बिदाइ
भारतसँग मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार महिला टोलीको विदाइ गरेको हो ।
लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने
कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।
आरएनजीसीको अध्यक्षमा याक्थुम्बा
नेपाली गल्फ खेलको इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को अध्यक्षमा मधुकर याक्थुम्बा निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न चुनावी साधारण सभाले याक्थुम्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
राजेन्द्र र पार्वतीलाई स्वर्ण
नेपाल टेलिकमका राजेन्द्रसिंह कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जित्नुभएको छ ।
करातेमा पुलिसलाई सर्वाधिक १० स्वर्ण
विभागीय टोली नेपाल पुलिस क्लबले कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा सर्वाधिक १० स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार पुलिसकी सुनिता महर्जनले ६८ केजी मुनि तौल समूह र र नवीन रसाइलीले ६७ केजी तौल समूहमा शनिबार स्वर्ण जित्नुभयो ।
महिला हक्कीमा आर्मी च्याम्पियन
लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाल आर्मीले पाचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको नकटाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले हरायो ।
प्रिन्स र जेशिकालाई मुख्यमन्त्री ब्याडमिन्टन उपाधि
प्रथम मुख्यमन्त्री राष्ट्रिय याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले जित्नुभएको छ ।
रुम्जाटार गोल्ड कपको उपाधि युनाइटेडलाई
‘घुमिफिरी रुम्जाटार’ पूर्वी पहाडकै प्रसिद्धस्थल रुम्जाटारमा आयोजना गरिएको रुम्जाटार गोल्ड कपको उपाधि आयोजक रुम्जाटार युनाइटेडले जितेको छ। शनिबार भएको फाइनल खेलमा रक्तमाला ज्ञानमाला क्लब सिद्धिचरण नगरपालिका–५ लाई ४–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो।
मेस्सी, एमबाप्पे र बेन्जेमा ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम तीनमा
विश्व फुटबल महासंघ (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जेमा पर्नुभएको छ ।
वालिङमा मुख्यमन्त्री कप भलिबल
गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ महिला तथा पुरुष भलिबल प्रतियोगिता स्याङ्जाको वालिङमा हुने भएको छ ।
राजनलाई प्रधानसेनापति म्याराथन उपाधि
आठौँ प्रधानसेनापति खुला म्याराथन उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जित्नुभएको छ । शनिबार भएको म्याराथनमा पुरुषतर्फ राजनले निर्धारित दुरी दुई घण्टा ३० मिनेट आठ सेकेन्डमा पूरा गर्नुभयो ।