• १२ असार २०८१, बुधबार

पहिलो पटक ‘फुटबल एक्पो’ गर्दै एन्फा

blog

फुटबल एक्स्पोबारे जानकारी दिँदै आयोजक । तस्बिर : एन्फा

काठमाडौं, माघ २९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो । 

एन्फाले आइतबार पत्रकार सम्मेलन गरी फुटबल एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो । फुटबललाई व्यावसायिक बनाउन र एक्पोमा व्यावसायिक घराना (कर्पोरेट हाउस) हरूलाई जोड्न एन्फा मुख्यालय सातदोबाटोमा फुटबल एक्स्पो आयोजना गरिन लागिएको एन्फाल जनाएको छ ।

एक्पोमा ‘ए’,  ‘बी’ र ‘सी’ डिभिजन क्लबका स्टल तथा सेलीब्रेटी कलाकार र फुटबल सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिने छ ।