नियोजित रूपमा बढाइयो खानेतेलको भाउ
नेपाली बजारमा खानेतेलको भाउ अस्वाभाविक रूपमा भाउ बढेको छ । खानेतेल उत्पादक उद्योगीहरूले पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा प्रतिलिटर ४० देखि ५० रुपियाँसम्म भाउ बढाएका छन् ।
खेतमै बढ्यो तोरीको मूल्य
विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल) का सञ्चालक विजय बरालले गत वर्ष चार हजार पाँच सय रुपियाँ प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गर्नुभयो । आफ्नै मिलमा तोरी पेलेर निकालेको तेल चार सय रुपियाँ प्रतिलिटरमा बिक्री भएको थियो ।
उपचारमा लापर्बाही गर्दा कारबाही
नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ । काउन्सिलको पूर्ण बैठकले गुप्तालाई छ महिनाका लागि कारबाही गरेको हो ।
यातायात जाँचबुझ आयोगले प्रतिवेदन बुझायो
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्दै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तत्काल उपलब्ध गराउने गरी सर्वोच्च अदालतका आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।
धरहरा क्षेत्रमा निःशुल्क पार्किङ
काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका लागि निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो ।
गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान
एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्बाध रूपमा आवतजावत तथा व्यापार गर्न सकिने अवधारणासहितको पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गे–चन्द्रौटा खण्ड विस्तार गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । एसियन राजमार्ग निर्माण कार्यक्रम अन्तर्गत नै अहिले पूर्वपश्चिम राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरी विस्तार भइरहेको छ ।
प्रतिनिधि सभामा सत्र जना दलित
प्रतिनिधि सभामा समानुपातिकबाट १६ जना दलितको प्रतिनिधित्व भएको छ । प्रत्यक्षमा निर्वाचित एकसहित अब संसद्मा १७ जना अर्थात् ६.१८ प्रतिशत दलित निर्वाचित भएका छन् ।
मनाइयो घोडेजात्रा
चैत्र कृष्ण औँसीका अवसरमा मनाइने घोडेजात्रा पर्व बुधबार काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी भव्य रूपमा सम्पन्न भयो । नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा विशेष समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । उक्त समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत स्वदेशी र विदेशी पाहुनाको उल्लेख्य सहभागिता रहेको थियो ।
निर्वाचनको नतिजा राष्ट्रपतिलाई आज बुझाइँदै
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो ।
विकासले नचिनेको गाउँ
राज्यको आँखा नपुग्दा यहाँको एक वडाका सात वटा गाउँमा अहिलेसम्म बाटोघाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा र सञ्चार जस्ता आधारभूत सेवा नपुग्दा गाँवै बिरानो बनेको छ ।
सडक फुटपाथ खाली गराउन अभियान सञ्चालन
मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेशको राजधानी जनकपुरधामको सडक फुटपाथ खाली गराउन बुधबारदेखि अभियान सञ्चालन गर्नुभएको छ ।
ब्राउनसुगर ल्याउँदै गर्दा दुई पक्राउ
बर्दियामा भारतबाट ब्राउनसुगर लिएर नेपालतर्फ आउँदै गर्दा दुई युवा पक्राउ परेका छन् भारतीय सिमावर्ती बजार बलै बजारबाट नेपालतर्फ पैदल आउँदैगरेका युवाहरू बढैयाताल गाउँपालिका –७ कण्ठपुर चेकपोष्टमा पक्राउ परेका हुन् ।
हिउँदे बालीमा बँदेलको उपद्रो
जिल्लामा जंगली जनावरको आतंक बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन् । वर्षायाममा मुख्य अन्नबाली मकै खेतीमा ठुलो क्षति पुर्याउँदैआएको बँदेलले अहिले हिउँदयाममा समेत उत्तिकै क्षति गर्न थालेपछि किसानहरु थप मारमा परेका हुन् ।
बीपी राजमार्गबाट ब्राउन सुगरसहित चार पक्राउ
बर्दिबास नगरपालिका –३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
बूढीगंगामा आगलागीबाट मुसहर बस्तीको एघार घर जलेर नष्ट
मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो ।
निर्वाचनमा भूमिका निर्वाह गर्ने सुरक्षा अधिकारी सम्मानित
रुकुमपश्चिमस्थित सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख दिनेशप्रसाद थानीले विभिन्न चार सुरक्षा निकायका प्रमुखहरुलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।
ग्यास अभाव टार्न अनुदानमा विद्युतीय चुलो
हाल देखिएको ग्यासको चरम अभाव कम गर्नका लागि बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतीय चुलो वितरण सुरु गरेको छ ।
ताप्लेजुङमा मालपोतद्वारा ४० लाख राजस्व सङ्कलन
मालपोत कार्यालय ताप्लेजुङले ४० लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ मा ४० लाख ५ हजार १६३ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।
बाजुराका महिलालाई आलु लगाउने चटारो
बाजुराका किसानलाई आलु लगाउने चटारो परेको छ । यहाँ चैत महिनामा आफू लगाउने गर्छन् । बाजुरामा कात्तिकमा र चैत गरी दुई पटक आलु खेती गर्ने गर्छन् ।
पेट्रोलियम आपूर्ति असहजताबारे विचलित नहुन आग्रह
मध्यपूर्वी देशमा भइरहेको युद्धका कारण नेपालमा हाल कुनै पनि पेट्रोलियम पदार्थहरु र अन्य अत्यावश्यकीय वस्तुहरुको बजार आपूर्तिमा असहजता नरहेको हुँदा विचलित नहुन आग्रह गरिएको छ ।
हेलिकाेप्टर दुर्घटना : चालकसहित ५ सवार, एक घाइते
खोटाङमा भएको हेलिकाेप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकप्टमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।
बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
कालीकोटको रास्कोट नगरपालिका–१ का एक १३ वर्षीया किशोरी आफन्तबाटै बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेपछि एक जना पक्राउ परेका छन् ।
विपन्न परिवारलाई सुरक्षित आवास
पहिरोले घरवासबिहीन बनेको परिवारले सुरक्षित घर पाएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–४, बौरीडाँडाका ६ विपन्न परिवारले सुरक्षित घर पाएका हुन् ।
रिडीमा व्यवस्थित घाट निर्माण हुने
गुल्मीको रिडीमा व्यवस्थित घाट निर्माण गरिने भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीका अनुसार यस क्षेत्रमा धेरै गुल्मी लगायत अन्य जिल्लाबाट पनि अन्त्यष्टि गर्न आउने भएकाले वर्षा र हिँउदमा पनि १२ महिना सञ्चालनका लागि मलामीलाई विश्राम स्थलसहितको घाट निर्माण गर्न लागिएको हो ।