जनता रिझाउने प्रयत्नमा पालिका
लुम्बिनी प्रदेशका नवनिर्वाचित पालिका प्रतिनिधिहरूले धमाधम लोकप्रिय निर्णय गर्दै आएका छन् । आफ्नो पहिलो निर्णयलाई महत्त्व दिएका प्रमुखले पहिलो निर्णयमा जनतालाई प्रत्यक्ष राहत तथा सुविधा दिने निर्णय गरेका हुन् ।
ठडिए द्वन्द्वमा जलेका अदालत भवन
जुम्लामा द्वन्द्वकालमा जलेर नस्ट भएका सुर्खेत उच्च अदालतको जुम्ला इजलास र जिल्ला अदालत जुम्लाका दुई भवन उद्घाटन गरिएका छन् । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार ती भवनको उद्घाटन गर्नुभएको हो । वि.सं २०५९ कात्तिक २८ गते माओवादी सशस्त्र युद्धका समयमा जुम्ला आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत (हालको सुर्खेत जुम्ला उच्च अदालत इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित आधुनिक भवनहरू उद्घाटन गरिएका हुन् ।
पाँच महिला वडाध्यक्ष
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका ७३४ वडामध्ये पाँचवटा वडामा महिलाले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन । स्थानीय तहको निर्वाचनबाट पाँच महिलाले सो जिम्मेवारी प्राप्त गर्नुभएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा चार जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार बझाङमा एक जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । यद्यपि बाँकी सात जिल्लाका वडाध्यक्षमा महिला प्रतिनिधित्व छैन ।
समन्वय समिति अछाममा गठबन्धन र एमालेको उम्मेदवारी
अछाममा प्रमुखसहित सदस्यमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) ले प्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
लेक लागेर प्रहरीको मृत्यु
नविन शाहीसुर्खेत, जेठ १८ गते । यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ । दैलेखको महाबु गाउँपालिका –४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका –११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका –२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिनुभएको थियो । ड्युटिका क्रममा मंगलबार विहानदेखि टाउको दुख्ने र स्वास प्रश्वासमा समस्या भएपछि बुधबार हेलिकप्टरमार्फत उहाँलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो ।उपचारकोक्रममा दिउँसो २ बजे उहाँलाई चिकित्सकले मृत घोषणा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत हुनुहुन्थ्यो ।
३५० केजी गाँजा बरामद
भोटराज राईउदयपुर, जेठ १८ गते । उदयपुरको बेलका नगरपालिकास्थित सशस्त्र प्रहरी बल रामपुर बेस क्याम्पले आज ठूलो मात्रामा गाँजा बरामद गरेको छ । सप्तकोशीको किनारमा बालुवाभित्र लुकाई राखेको अबस्थामा ३५० केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक लिगम राईले बताउनुभयो । उहाँकाअनुसार सुनसरीको बराहा नगरपालिका –२ चतराको खयरटप्पु भन्ने ठाउँमा लुकाई राखिएको गाँजा फेलापरेको हो । मानिस हिडेको पाईतलाको गोहोबाट शंकास्पद देखिएपछि खोजी गर्दैजाँदा पुरेको अबस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीको गस्तिटोलीले विहान ९ः०० बजेतिर शंकास्पद अबस्था देखेर बालुवा खोतल्दा गाँजा फेला परेको जनाएको छ । गाँजा तस्करले भारततर्फ लैजान पहाडि क्षेत्रबाट ल्याएर त्यहाँ गाँजा लुकाएको हुनसक्ने सशसत्र प्रहरीको अनुमान रहेको छ । बरामद गाँजा थप अनुसन्धानको लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा पठाईने प्रनि राईले बताउनुभयो ।
नदीमा डुबेर बालकको मृत्यु
जानु पाण्डेकपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको वाणगंगा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका २ पडेरीयाका १० वर्षीय बालक अहमद रजा रहेका छन् । नदीमा नुहाउन गएकोबेला रजाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । मृतक वालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
नगरप्रमुख तथा उपप्रमुखबाट पदभार ग्रहण
उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख वसन्तकुमार वस्नेत तथा उपप्रमुख महेश्वरी राईले बुधवार पदभार ग्रहण गर्नुभएको छ । नवनिर्बाचित नगर प्रमुख वस्नेतले उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालबाट पद तथा गोपनियताको सफथ लिएपछि नगरपालिकामा गएर पद वहाली गर्नुभएको हो ।
रेसुङ्गामा आवधिक योजनासम्बन्धी छलफल
गुल्मीमा पहिलो पटक रेसुङ्गा नगरपालिकामा आवधिक योजनासम्बन्धी छलफल गरिएको छ । रेसुङ्गा नगरपालिकाको सभाहलमा यस नगरपालिकाको आवधिक योजनाको अन्तिम मस्यौदासम्बन्धी अन्तरक्रिया गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।