गाउँपालिका पुग्न दुई जिल्लाको बाटो
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्रमा पुग्न कतिपय स्थानीयलाई दुईवटा जिल्ला पार गर्नुपर्ने बाध्यता छ । अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटा सडक अवरुद्ध हुँदा स्थानीयले यस्तो सास्ती भोग्नुपरेको हो ।यही असार १६ गतेदेखि माथिबाट खसेको ठूलो ढुङ्गोका कारण सडक अवरुद्ध भएको छ । गाउँपालिका केन्द्र पुर्तिघाट पुग्न स्याङ्जाको सेतीबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै जानुपर्ने हुन्छ ।
निःशुल्क स्वास्थ्य शिविर
नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट गएर खर्कमा बस्दै आएकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।खर्कालुमा बसेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक विधिबाट निःशुल्क उपचार गरिएको छ ।
बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन
हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भन्नुभयो । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उहाँले भन्नुभयो ।
गुल्मी कारागारमा तेब्बर कैदीबन्दी, दरबन्दी भए पनि स्वास्थ्यकर्मी छैन
२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा झन्डै तेब्बर कैदी बन्दीहरु बस्न बाध्य छन् । २५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ७३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका जेलर अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
केयूको शैक्षिक कार्यक्रम विस्तार
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले सिन्धुली र विराटनगरमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि यी दुई स्थानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
बढ्दो छ पाठेघर खस्ने समस्या
भोक्राहा नरसिंह गाउँपालिकाको गाउँ टोलमा महिलाको पाठेघर खस्ने अर्थात् आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।गाउँमा महिलाको शरीरको गतिविधि र अङ्गस्थिति व्यस्तताका कारणले आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका हुन् ।
६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।
प्रतिकक्षा एक शिक्षक
लहान नगरपालिकाले आगामी साउनदेखि स्वयंसेवक शिक्षक भर्ना गर्ने भएको छ । शैक्षिक अवस्थामा सुधार गर्न आधारभूत तहमा प्रतिकक्षा एक जना शिक्षक भर्ना कार्यक्रमअन्तर्गत १२५ जना शिक्षक भर्ना गर्न लागिएको हो ।
‘योजना छनोटमा आर्थिक चलखेल’
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताउनुभएको छ । प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले प्रश्न उठाएका थिए । अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित कार्यालय प्रमुख र पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले भन्नुभयो, “म यहाँबाट गएर स्पष्टीकरण सोध्ने वा सचेत गराउने कुरा गर्छु ।”