कारागारको प्रशासनिक भवन तयार
पाँच महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको जिल्ला कारागार कार्यालय काभ्रेको प्रशासनिक भवन १७ महिनापछि निर्माण सम्पन्न भएको छ । दुईतले प्रशासनिक भवनको सोमबार काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्घाटन गर्नुभएको हो ।
तुम्चमा जोखिमपूर्ण यात्रा
कर्णाली कोरिडोरको हुम्ला सडक खण्डको दोमुखदेखि तुम्चसम्म वर्षात्मा हिलाम्मे सडकमा चालकलाई गाडी गुडाउन मुस्किल छ । उक्त सडकखण्डमा ट्र्याक खोल्ने काम मात्र भएको तर ग्राभेल नगरिएको कारण यो समस्या भएको हो ।
हुम्लामा ४५ प्रतिशत मात्र पुुँजीगत खर्च
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८-०७९ मा पुँजीगत (बिकासे) खर्च ४५ प्रतिशत मात्र भएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुुँजीगत खर्च हालसम्म कै कम भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास खर्च एक अर्ब
कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपियाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ । सो रकम पक्की पुल, झोलुङ्गे पुल, सडक कालेपत्रे, सडक ग्राभेल, कल्भर्ट निर्माण, तटबन्धन निर्माण, खानेपानी, सामुदायिक भवन, मन्दिर निर्माण, पार्क निर्माण, डिप बोरिङ निर्माण, पक्की नाली निर्माण, पक्की पर्खाल निर्माण, गेट निर्माण, सार्वजनिक शौचालय र खेल मैदान निर्माणमा खर्च भएको हो ।
सबै विद्यालयमा नर्सको व्यवस्था गरिने
बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले प्रदेशभित्रका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिने बताउनुभएको छ । आइतबार धुलिखेल अस्पतालको २५औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत आयोजना गरिएको ‘बेसिक लाइफ सपोर्ट डे’ कार्यक्रममा मन्त्री लामाले प्रदेशभित्रका सबै माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरिने बताउनुभएको हो । मन्त्री लामाले प्रदेश सरकारले हालस
कपिलबस्तुका शिवालयमा भक्तजनको भिड
साउन महिनाको पहिलो सोमबार कपिलबस्तुकोे शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । कपिलबस्तु सदरमुकाम तौलिहवास्थित रहेको तौलेश्वरनाथ मन्दिर, बाणगंगाको लक्ष्मणघाट, शिवराजको धानखोलास्थित शिव मन्दिरमा विशेष पूजा गरिन्छ ।
करारका कर्मचारी हटाएकोमा आपत्ति
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगर कमिटिले ईनरुवा नगरपालिकाबाट करार सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण तरिकाले अवकाश दिइएको भन्दै आपत्ति जनाएको छ । नगर अध्यक्ष तोया गिरी र सचिव मो. मोख्खतार आलमले संयुक्त विज्ञप्ति जारीगर्दै निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।
गाउँपालिकालाई निश्पक्ष काम गर्न अनुरोध
रिब्दिकोट गाँउपालिका कार्यपालिकाको बैठकबाट ९२ जना कर्मचारीमध्ये ८२ जना कर्मचारीको म्याद थप गरेको छ । म्याद थप नभएका कर्मचारीले आफुहरु प्रतिपक्षी दलसँग सम्बन्धित भएकाकारण म्याद थप नभएको आरोप लगाउनुभएको छ ।
गोरखामा करिब २७ किलोमिटर सडक कालोपत्रे
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार बिकास कार्यालयमार्फत जिल्लामा झण्डै २७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कार्यालयले अहिलेसम्म कुल २६.५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरेको हो ।