• ११ जेठ २०८१, शुक्रबार

लेक लागेर प्रहरीको मृत्यु

blog

नविन शाही

सुर्खेत, जेठ १८ गते । यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ । दैलेखको महाबु गाउँपालिका –४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका –११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । 

मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका –२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिनुभएको थियो । ड्युटिका क्रममा मंगलबार विहानदेखि टाउको दुख्ने र स्वास प्रश्वासमा समस्या भएपछि बुधबार हेलिकप्टरमार्फत उहाँलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

उपचारकोक्रममा दिउँसो २ बजे उहाँलाई चिकित्सकले मृत घोषणा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत हुनुहुन्थ्यो ।