• १० जेठ २०८१, बिहिबार

लामखुट्टेबाट बच्न खानेपानीका उपभोक्तालाई झुल वितरण

blog

झुल वितरण गरिँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, वैशाख २२ गते ।
 धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासस्थित जमुनिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लामखुट्टेबाट बच्न आफ्ना उपभोक्तालाई किटनाशकयुक्त झुल वितरण गरेको छ । शनिबार बिहान खानेपानीको कार्यालय परिसरमा एक अनौपचारिक कार्यक्रमबिच २२३ जना उपभोक्तालाई सो झुल वितरण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर श्रेष्ठले झुल वितरण गर्दै गर्मीयाम बढेसँग लामखुट्टेको प्रकोप बढेकाले त्यसको टोकाइबाट बच्न आफ्ना उपभोक्तालाई झुल वितरण गरिएको बताउनुभयो । लामखुट्टेको टोकाइबाट औलो, डेंगुलगायत प्राणघातक रोग सार्ने हुँदा त्यस्ता रोगबाट बच्न विशेष सावधानी अपनाउनु पर्ने बताउँदै उहाँले स्वास्थ्य तथा सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

समितिका वरिष्ठ सल्लाहकार मनिष जर्घामगरले संस्थाको सामाजिक दायित्व कार्यक्रमअन्तर्गत उपभोक्तालाई झुल वितरण गरिएको बताउनुभयो । लामखुट्टे लाग्ने मौसम सुरु भएकाले औलो, डेङ्गु, मलेरियालगायतका रोगबाट बच्न झुल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।