• ८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्रीका पिताको स्वास्थ्यमा समस्या

blog

पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ, मङ्सिर ८  गते। प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका पिता मोहनप्रसादको अवस्थाबारे प्रधानमन्त्री ओलीले जानकारी लिनुभएको छ।  

पिताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ। 

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ।”