• ५ जेठ २०८१, शनिबार

ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकियो नेपाल

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २२ गते । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पहिलो मैत्रीपूर्ण खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएका छ ।

अल्सडरसट टाउन फुटबल क्लबको मैदान घरेलु मैदान इबिबी रङ्गशालामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ । 

नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायतमा पुगेको हो ।

विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघिनै बाहिरिइसकेको छ ।