वन्यजन्तु नियन्त्रण गर्न स्थानीयवासीको माग
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई पश्चिम चितवनवासी मतदाताले वन्यजन्तुको आक्रमण रोक्ने स्थायी योजना ल्याउन माग गरेका छन् । घरदैलोका क्रममा घरघर पुगेका उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्ज आसपासका स्थानीयवासीले वन्यजन्तुको त्रासले जीवन गुजार्नु परेको भन्दै आउँदा दिनमा जनताको जिउधनको सुरक्षाका लागि गम्भीर हुन आग्रह गरेका हुन् ।
महेन्द्र र राजेन्द्रबीच कडा प्रतिस्पर्धा
“दशक बित्यो तर सर्लाहीमा हुलाकी राजमार्गको ४२ किलोमिटर खण्ड निर्माण भएन, हुलाकी सडक निर्माणमा किन उदासीनता ?” सर्लाही कौडेना–७ का विजयकुमार यादवले प्रश्न गर्नुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको उपलब्धिमा ‘प्रत्येक दिन पाँच किलोमिटर कालोपत्रे सडक’ प्रचार सामग्री साझा गर्नुभएको छ । उक्त प्रसङ्ग कोट्याउँदै यादवले थप्नुभयो, “महिनामा एक किलोमिटर कालोपत्रे गरेको भए तीन वर्षमा बनिसक्थ्यो तर अहिले पनि हामी धुलो र हिलोमा नै छौँ ।”
गठबन्धन दलको चुनावी सभा, अन्य दलको घरदैलो
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित रुकुम पश्चिमका विभिन्न दल तथा उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । जिल्लामा रहेको वाम लोकतान्त्रिक गठबन्धनले मात्र जिल्लाका विभिन्न स्थानमा चुनावी सभा गरिरहेको छ भने अन्य दल तथा उम्मेदवारहरू घरदैलो अभियानमै व्यस्त रहेका छन् ।
स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँ एक स्थायी सहिन दुई सय मतदानस्थल मध्ये ६१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।
चुनावले होटेलको व्यापार बढ्यो
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार तीव्र भएपछि बारा, पर्सालगायतका जिल्लाहरूमा रक्सी र मासुको व्यापार फस्टाएको छ। उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र बनेपछि सहरदेखि ग्रामीण क्षेत्रमा रहेका मदिरा पसलहरूको व्यापार फस्टाएको हो।
पूरा भएनन् नागरिकका अपेक्षा
स्थानीय तहमा दोस्रो पटक जनप्रतिनिधि निर्वाचित भएर आए पनि सर्लाहीको दक्षिणी भेगको अवस्था भने सुधार हुन सकेको छैन। उत्तरी भेगमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएका ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको तुलनामा दक्षिणी भेगका पालिकामा विकासका काम न्यून मात्र हुने गरेको स्थानीय बताउँछन्।
स्थानीयले गरे सडक अवरोध
जिल्ला अस्पताल दोर्पा दुम्ली सडक खण्डअन्तर्गत थर्पुचोकस्थित सडकको बीचमा बार लगाएर शनिबार स्थानीयले सडक बन्द गरेका छन्। बीच सडकमा ढल फुट्दा सवारीसाधन आवतजावतसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन्।
नेपाल एयरलाइन्सले उडान सुरु गर्दै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले उडान गर्ने तयारी गरेको छ । विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो । विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम साताबाट उडान भर्ने गरी तयारी अगाडि बढेको छ ।
हुम्लामा खाद्यान्न मौज्दात न्यून
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून रहेको छ । ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो । खाद्य कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात निकै कम रहेको जानकारी दिनुभयो । मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढेको हो ।