नेकपा एसको कार्यकर्ता भेला आजबाट सुरु
काठमाडौँ, चैत १ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुने भएको छ । पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा भेला आयोजना गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।पार्टी निकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुनेछ । शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् ।पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर सङ्गठित सदस्य विस्तार तथा सङ्गठन थप सुदृढीकरण गर्ने राजनीतिक अभियान सञ्चालन गरिने छ । बाँकी रहेका वडा, क्षेत्र, जिल्ला, प्रदेशका अधिवेशन गरी कमिटी गठन गरिने जनाइएको छ । पार्टीले तल्लो कमिटीदेखि माथिल्लो तहका कमिटीका सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज साथै साङ्गठनिकलगायत अन्य दस्तावेज टुङ्ग्याउने उहाँले जानकारी दिनुभयो ।दस्तावेज टुङ्गो लगाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदलसमेत गठन गरेको पार्टीले आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने जनाइएको छ ।
‘हिमवत्खण्ड ऋषिमुनिको पवित्र तपोभूमि हो’
चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदै छ ।
मनाइयो होली
‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला...’ भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होलीपर्व बिहीबार मनाइएको हो ।
पर्खाल नहुँदा सुरक्षा चुनौती
हेटौँडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड पर्खाल निर्माण हुन नसक्दा निजी क्षेत्रको अर्बौं रुपियाँको लगानी जोखिममा परेको छ ।
राजस्वको स्रोत खोज्दै प्रदेश सरकार
बागमती प्रदेश सरकारले राजस्वमा सुधार गर्न स्रोतको खोजी गर्न थालेको छ । देश सङ्घीयतामा गएर प्रदेश संरचना निर्माण भएको सात वर्षपछि प्रदेश सरकारले राजस्वमा सुधार गर्न स्रोतको खोजी गर्न थालेको हो ।
राजनीतिक दलको आय,चन्दा रकम अपारदर्शी
राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ ।
ग्वार्को ‘ओभरपास’ मा लापरबाही
ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ को सातदोबाटोतर्फको पर्खाल भत्काइएको छ । सम्बन्धित निकायको आवश्यक सुपरिवेक्षण अभाव र ठेकेदार कम्पनीको लापरबाहीका कारण पर्खाल भत्काउनुपरेको हो ।
मिर्गौला रोगबाट बच्न जनचेतनामा लगानी
स्वास्थ्यमा जटिल अवस्था भएपछि मात्रै स्वास्थ्य संस्था जाने गर्दा नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला फेल हुने गरेको छ ।
हेटौँडामा शङ्कास्पद वस्तु फेला
बागमती प्रदेशको राजधानी हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका –४ मा सितलमहलचोक नजिक गरुडपथ जाने भित्रीसडक खण्डमा शङ्कास्पद वस्तु फेला परेको हो ।
करेन्ट लागेर एकको मृत्यु
मकवानपुरको मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ मनहरी गाउँपालिका –६ नयाँबस्ती बस्ने ३१ वर्षीय इन्द्रलाल मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो ।
होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना पक्राउ
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ।
तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारीको दर्ता खारेज हुने
बागमती प्रदेशभित्रका सहकारीका समस्या समाधानका लागि तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाहरूको दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने भएको छ ।
वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ। काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठुलो उत्सव छ।
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् ।
जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र
नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो । काठमाडौँमा तत्कालीन राणा शासनकालमा जुद्धशमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसँगै भक्तपुरमा पनि २००१ सालमा स्थापना गरिएको थियो ।
स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
हिमवतखण्ड कला साहित्य संस्कृति सम्मिलनको तयारी
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले तीन दिने हिमवतखण्ड कला, साहित्य संस्कृति सम्मिलन २०८१ आयोजना गर्दैछ । कार्यक्रमको उदघाटन चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभागृहमा गर्नुहुने आयोजकले जनाएको छ ।
फुटकर व्यापारीको उत्साहपूर्ण रङको व्यापार (फोटो फिचर)
रङको पर्वमा होलीमा रङको व्यापार निकै बढेको देखिएको छ । वसन्तपुरमा रङ बेच्न बसेका दोलखाका गोपाल खत्रीले ३ हजार रुपियाँको रङ ल्याएको यसबाट ५ हजार जति नाफाहुने बताउनुभयो ।
होलीमा रङसँगै रङ्गिए विदेशी पर्यटक (फोटो फिचर)
काठमाडौं वसन्तपुर क्षेत्रमा बिहानैदेखि होलीको उत्सव सुरु भएको छ । विदेशी पर्यटकदेखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।
होली पर्व मेलमिलापको प्रतीक : प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतीक भएको बताउनुभएको छ । रङहरूको विशेष पर्व होलीको अवसरमा बिहीबार शुभकामना सन्दशे जारी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
होलीमा काठमाडौँका ९० स्थानमा चेकजाँच
काठमाडौँ, फागुन २९ गते । होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरू उश्रृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौँका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
पूर्वराष्ट्रपतिद्वारा होलीको शुभकामना
काठमाडौँ, फागुन २९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहनुभएका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उहाँले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बढाउने बताउनुभको छ । “वसन्त ऋतुको मौसममा मनाइने रङहरूको पर्व फागुपूर्णिमा [होली]को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ”, एक्समा उहाँले लेख्नुभएको छ ।
अपराध अनुसन्धानमा चुनौती
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विश्व प्रविधिमा आएको विकास तथा कृतिम बौद्धिकताका कारण अपराध अनुसन्धानमा चुनौती थपिएको बताउनुभएको छ ।