जलाशययुक्त आयोजनामा इयुको चासो
युरोपियन युनियनले नेपालका ठुला जलाशययुक्त आयोजनामा लगानी गर्न तयार रहेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको शिष्टाचार भेटमा नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले यस्तो बताउनुभएको हो ।
भन्सारमै बिग्रन थाल्यो तेह्र सय मेट्रिक टन मल
करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ ।
कृषि अनुदान व्यवस्थित गरिने
सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ ।
आमसञ्चार परिषद् विधेयक समितिमा
प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ ।
‘सार्वभौम जनता फेरि रैती बन्दैनन्’
प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती बन्छन् भन्ने सोच्नु भ्रम हुने बताउनुभएको छ ।
जग्गा प्राप्तिको समस्याले संरचना निर्माण अलपत्र
सार्वजनिक जग्गा प्राप्त नहुँदा स्थानीय तहमा निर्माणाधीन प्रशासनिक भवन, वडा कार्यालयका भवन, गाउँ तथा नगरस्तरीय आधारभूत अस्पतालका भवन, सामुदायिक भवनलगायत कैयौँ स्थायी प्रकृतिका परियोजना अलपत्र परेका छन् ।
होलीले तान्यो चीनका फोटोग्राफर
हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ उपत्यका नेपाल भाषाका गीतले गुञ्जयमान हुन्छ ।
उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने
उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नुहुँदै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिनुभयो ।
सरकारका काम प्रभावकारी बनाउन आग्रह
प्रतिनिधिसभाको बैठक आज विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन : सांसद विष्ट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताउनुभएको छ ।
लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव
सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताउनुभयो ।
शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मुक्ताकुमारी यादवले एसइई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याको सामाधान छिटा गरिनुपर्ने बताउनुभयो ।
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी सेवा सुरु
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ उपचार सेवाको शुभारम्भ गरिएको छ । सेवाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मङ्गलबार एक कार्यक्रमकाबिच शुभारम्भ गर्नुभएको हो ।
स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल प्रहरी अस्पतालमा पिजी अध्ययन गर्ने चिकित्सकको कोटा थपिने
नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पिजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबिच यससम्बन्धमा सम्झौता भएको छ ।
प्रतिनिधिसभा बैठक : ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राख्नुभयो । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबिच भेटर्वार्ता
खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबिच मङ्गलबार मन्त्रालयमा भेट भएको छ । सोक्रममा उहाँहरूबिच लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।
उपत्यकामा सेफ्टी ट्याङ्क अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।
स्ववियु चुनावमा दुई विद्यार्थी सङ्गठनबिच भागबन्डा
चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सिन्धुपाल्चोकमा दुई विद्यार्थी सङ्गठनबिच भागबन्डा मिलेको छ ।
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्नुहुने छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
४६.५ प्रतिशतले निर्यात वृद्धि
कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो ।
वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।