• ३० फागुन २०८१, शुक्रबार

करेन्ट लागेर एकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, फागुन २९ गते । मकवानपुरको मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ मनहरी गाउँपालिका –६ नयाँबस्ती बस्ने ३१ वर्षीय इन्द्रलाल मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो । 

घरमा मोबाइल चार्ज गर्ने क्रममा उहाँलाई करेन्ट लागेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गम्भीर घाइते मोक्तानको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।