• ३० फागुन २०८१, शुक्रबार

हेटौँडामा शङ्कास्पद वस्तु फेला

blog

हेटौँडामा शङ्कास्पद रूपमा फेला परेको प्रेसर कुकर । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन २९ गते । बागमती प्रदेशको राजधानी हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका –४ मा सितलमहलचोक नजिक गरुडपथ जाने भित्रीसडक खण्डमा शङ्कास्पद वस्तु फेला परेको हो ।

गरुडपथ जाने भित्रीसडक खण्डको स्थानीय सिर्जना पौडेलको घर अगाडि शङ्कास्पद रूपमा प्रेसरकुकर रहेको भन्ने सूचना प्राप्त भएको र प्रहरी घटनास्थल पुगेको मकवानपुर प्रहरीले जनाएको छ । घटनास्थललाई सुरक्षित राखेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जनाइएको छ ।