• २९ फागुन २०८१, बिहिबार

फुटकर व्यापारीको उत्साहपूर्ण रङको व्यापार (फोटो फिचर)

blog

वसन्तपुर क्षेत्रमा रङ बेचिरहेका व्यापारी । तस्बिर– मनोजरत्न शाही

काठमाडौँ, फागुन २९ गते । रङको पर्वमा होलीमा रङको व्यापार निकै बढेको देखिएको छ । वसन्तपुरमा रङ बेच्न बसेका दोलखाका गोपाल खत्रीले ३ हजार रुपियाँको रङ ल्याएको यसबाट ५ हजार जति नाफाहुने बताउनुभयो । त्यसैगरी सर्लाहीका नबिन कुशवाहाले भने भाइटीकाको व्यापारबाट बचेका सप्तरङगी टीका ल्याएर व्यापार गरिरहेको बताउनुभयो ।

वसन्तपुरमा होली खेल्नेको सङ्ख्या बाक्लो हुने भएपछि रङ अबिरको व्यापार राम्रो हुनेगरेको फुटकर व्यापारीहरूको भनाइ छ । होली खेल्दै रमाउँदै व्यापार पनि हुने भएपछि रमाइलो हुनेगरेको खत्रीले जानकारी दिनुभयो । वसन्तपुरमा होलीका दिन हजारौं युवा युवतीहरू होली खेल्न आउने गर्छन् । आजभोलि विदेशी पर्यटकहरू समेत वसन्तुपरमा होली खेलेर रमाउने गरेका छन् । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।