पुल संरचना भाँचियो
दोलखाको बिगु गाउँपालिका–४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ । पुल निर्माणका लागि खोलामा राखिएको ग्याबिन बाढीले बगाउँदा पुल संरचना भाँचिएको हो । पालिकाका सबइन्जिनियर सरोज खड्काले भन्नुभयो, ग्याबियन जाली भासिएर लगाएका टेकाले ठाउँ छोडेपछि पुल भाँचिएको हो ।
जनताको चाहनाअनुसार विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल
। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
चितवनका सात पालिकाको बजेट ११ अर्ब ६४ करोड
जिल्लाका साता पालिकाको नगरसभा तथा गाउँसभा सुरु भएको छ । सभामा जिल्लाका सात पालिकाले रु ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार बजेट विनियोजन गरेका छन् ।
बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति
शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।
क्षतिपूर्ति नदिएपछि कारबाही
सिफारिस नै नभएको बीउ बिक्री वितरण गरेर उत्पादनमा क्षति पु-याएको कम्पनीलाई सरकारले कारबाही गरेको छ । सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड चीनबाट उत्पादित ‘डीवाई २८’ हाइब्रिड जातको धानको बीउ लगाएपछि उपत्यकाका १२ वटा नगरपालिकामा सात हजार ८०० रोपनीमा लगाइएको धानमा बाला लागेको थिएन । सरकारले उक्त बीउ बिक्री वितरण गर्ने काष्ठमण्डप ट्रेड प्वाइन्टलाई बीउबिजन ऐनअनुसार दुई महिनाअघि कारबाही गरेको हो ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि बागमती प्रदेशका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने व्यवस्था भएअनुसार आगामी आव २०७९/८० का लागि शुक्रबार भएको नगर तथा गाउँ सभामा नीति तथा कार्यक्रम र बजेट पेस गरेका हुन् ।
सीसीटीभी मर्मत नहुँदा चोरीडकैती बढ्दै
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा राखिएका सीसीटीभी बिग्रिएपछि चोरीडकैतीमा वृद्धि भएको जनाइएको छ । बाह्रबिसे नगर क्षेत्रभर भएका १६ मध्ये १४ वटा नै सीसीटीभी बिग्रिएको छ महिना पुग्दा पनि मर्मत हुन सकेको छैन । बाह्रबिसे नगर स्थानीय सभाका संयोजक उद्धवबहादुर तिवारीले बाह्रबिसे नगरको राम्चे बजार चोक, साधी खोल्सा, चण्डेश्वरी होटेल चोक, बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र बसपार्क, राम्चे अस्थायी प्रहरी पोस्ट, ट्वाके टोल, बीच बजार, सुनकोसी चोक, राम्चे पेटोल पम्प, नगरपालिका सडकलगायतका स्थानमा सीसीटीभी जडान गरिएको थियो ।
काठमाडौं महानगको बजेट दोब्बर बढ्यो : प्राथमिकतामा सम्पदा संरक्षण
महानगर उपप्रमुख सुनिता डंगोलले भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित नगरको ११ औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।
तारकेश्वर नपाको बजेट दुई अर्ब छ करोड : सम्पत्ति कर ६ ले प्रतिशत घट्ने
काठमाडौंको तारकेश्वर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब छ करोड ४६ लाख १४ हजार बराबरको बजेट प्रस्तुत भएको छ ।