एमाले अध्यक्ष ओलीद्वारा मतदान
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । शुक्रबार ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो ।
भरतपुर महानगरका दुई प्रतिस्पर्धीले गर्नुभयो मतदान
छ वटा महानगरपालिका मध्ये सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाकी उम्मेद्वार रेनु दाहाल र प्रतिस्पर्धी उम्मेद्वार बिजय सुवेदीले शुक्रबार बिहान भरतपुर महानगरपालिकाको स्थानीय तह सदस्य निर्वाचनको लागि मतदान गर्नु भएको छ ।
काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ केन्द्र
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ मतदान केन्द्रबाट जनप्रतिनिधि चुनिँदै छन् । तीन लाख २४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् ।
मतदान केन्द्रको तयारी : प्रशासनद्वारा सेवा प्रवाह बन्द
शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मकवानपुरका दसवटै पालिकामा मतदान केन्द्रको व्यवस्थापनमा कर्मचारी जुटेका छन् । जिल्लाका १६५ मतदान स्थलमा रहेका ३५६ मतदान केन्द्रमा कर्मचारी पुगेसँगै सर्वदलीय बैठक बसेर मतदानका लागि मतदान केन्द्रको व्यवस्थापन कार्य सुरु गरिएको हो ।
काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक
शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो ।
उम्मेदवार गाउँतिर, मतदाता गढीतिर
राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्तालाई यतिखेर स्थानीय तह निर्वाचनको चटारोमा भए पनि सर्वसाधारण मतदाता भने गर्मी छल्न भन्दै सिन्धुलीगढीतिर जान थालेका छन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा गर्मी बढेसँगै चिसो हावापानी र मनोरम दृश्य रहेको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा यतिखेर मानिसको चहलपहल बढ्दै गएको छ ।
गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ।
'आमाको प्रेरणाले सहयोग गर्ने भावना जाग्यो'
काठमाडौं, वैशाख २८ गते। गोरखापत्र संस्थानका कर्मचारी रामकुमार बस्नेतले आफूले पाएको पुरस्कारको रकम आमाको घरलाई हस्तान्तरण गर्नुभएको छ। गोरखापत्र प्रकाशनको १२२ औं वर्ष प्रवेशको अवसरमा गोरखापत्र संस्थानले उहाँलाई उत्कृष्ट कर्मचारी घोषित गर्दै २५ हजार नगदसहित सम्मान पत्रबाट सम्मानित र पुरस्कृत गरेको थियो। बस्नेतले सोही रकम आमा घरका सञ्चालक दिलशोभा श्रेष्ठलाई बुधबार हस्तान्तरण गर्नुभएको हो। विगत २९ वर्षदेखि आश्रम चलाउँदै आउनुभएकी श्रेष्ठले दाताकै कारण आजसम्म आमा घर चलेको बताउँदै सहयोग प्राप्त भएकोमा खुशी प्रकट गर्नुभयो। गोरखापत्रमा २७ वर्षदेखि कार्यरत बस्नेतले आमाको प्रेरणाले नै सहयोग गर्ने भावना जागेको बताउनुभयो। बस्नेतले भन्नुभयो, “आमा शब्द आफैंमा व्यापक छ, आमाको घरलाई मैले पनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावना पहिलेदेखि नै थियो, आमाले धेरै आमा पाल्नुभएको छ, आमाको प्रेरणाले नै मैले सहयोग गर्ने उत्प्रेरणा पाएँ।” काठमाडौंको रवि भवनमा रहेको आमा घरमा हाल ३० जना आमा आश्रित हुनुहुन्छ। अन्य ५ वटा स्थानमा पनि आमा घरका आश्रम छन्।
नयाँ मतदाता परिचयपत्र वितरण गरिँदै
काठमाडौंस्थित सङ्कटा मन्दिर परिसरमा रहेको वडा कार्यालय अगाडि स्थानीय तह निर्वाचनका लागि नयाँ मतदाता परिचयपत्र वितरण गरिँदैछ । निर्वाचन आयोगले नयाँ मतदाताहरुका लागि बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण गर्दै आएको छ ।