काठमाडौं, वैशाख २९ गते । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ मतदान केन्द्रबाट जनप्रतिनिधि चुनिँदै छन् । तीन लाख २४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् । वडा नं. ३२ धेरै मतदाता हुने दोस्रो वडामा पर्छ । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । यसैगरी, वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । यो धेरै मतदाता हुने तेस्रो वडामा पर्छ ।
वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा तीन हजार ७२९ जना मतदाता छन् । यसैगरी, वडा १८ दोस्रो थोरै मतदाता हुने वडा हो । यसमा तीा हजार ९३९ जना मतदाता छन् । वडा नं. २३ मा चार हजार ४७७ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडामा तेस्रोमा पर्छ । वडा २० मा चार हजार ६१४ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडाका क्रममा चौथोमा पर्छ ।
यसैगरी, वडा ३१ मा ११ वटा केन्द्र छन् । वडा १६ मा १० वटा केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडाहरुमध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा नौ/नौ वटा केन्द्र छन् । यी वडाहरु तेस्रोमा पर्छन् ।
यसैगरी, वडा नम्बर २३ मा एउटा मात्र केन्द्र छ । वडा नम्बर १९, २० र २४ मा दुई/दुई वटा र वडा नम्बर १, ५, ८, १२, १८ र २९ मा तीन/तीन वटा मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै केन्द्र भएको वडा १६ हो । यस वडामा २३ वटा केन्द्र छन् । वडा ३१ र ३२ मा २२/२२ वटा केन्द्र छन् । धेरै बुथ भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा बुथ छन् ।
हेरौँ विवरण
स्थानीय तह निर्वाचन २०७९
मतदान केन्द
काठमाडौं महानगरपालिका
क्र. सं. वडा नं. मतदान स्थल मतदान केन्द्र मतदाता सङ्ख्या
०१. १ ३ ५ ३,७२९
०२. २ ४ ८ ५,३८२
०३. ३ ४ १२ १०,१५३
०४. ४ ६ १७ १५,५५३
०५. ५ ३ ७ ५,९९९
०६. ६ ७ १८ १४,९६६
०७. ७ ९ १८ १४,५३७
०८. ८ ३ ७ ५,३५८
०९. ९ ९ १६ १२,१३२
१०. १० ४ १३ ११,५०३
११. ११ ४ ८ ५,९५१
१२. १२ ३ ६ ५,६९९
१३. १३ ६ १४ १२,१५९
१४. १४ ६ २१ १७,७१९
१५. १५ ६ १६ १३,०७१
१६. १६ १० २३ २०,१७५
१७. १७ ४ ९ ८,१९९
१८. १८ ३ ६ ३,९३९
१९. १९ २ ६ ५,०७४
२०. २० २ ५ ४,६१४
२१. २१ ४ ८ ६,६१५
२२. २२ ४ ९ ६,३०२
२३. २३ १ ५ ४,४७७
२४. २४ २ ६ ५,१४९
२५. २५ ४ ८ ६,६७२
२६ २६ ७ १५ ११,७५४
२७. २७ ४ ८ ५,४२१
२८. २८ ४ ६ ४,५२०
२९. २९ ३ ९ ८,२६१
३०. ३० ५ १० ८,१३९
३१. ३१ ११ २२ १८,१०७
३२. ३२ ९ २२ १८,९१३
जम्मा १५६ ३६३ ३,००,२४२